Successfully Copied

हिजोआज हेयर कलरको फेसन छ ।सौखिनहरू विविध रंगले आफ्नो केश रंगाउँछन् । यसैलाई मध्यनजर गर्दै रिभियाले १५ रंगको सेड्स बजारमा उतारेको छ । रिभियाको कलर लामो समयसम्म टिक्छ । यसले केशलाई कुनै प्रकारको नकारात्मक असर पुर्‍याउँदैन । यो हेयर कलर प्रयोग गरेपछि केश बाक्लो, चम्किलो तथा राम्रो देखिन्छ । यसले केशको पनि रक्षा गर्छ । यसमा रहेको सिल्क प्रोटिनले केशलाई टुक्रिनबाट जोगाउँछ भने केशलाई नरमसमेत बनाउँछ । यसलाई प्रयोग गर्न पनि सजिलो छ । यो जथाभावी चुहिँदैन । यसको प्याक भित्र ५० एमएल कलर ट्युब, ५० एमएल एक्टिभेट, २० एमएल कन्डिसन बाम तथा पन्जा उपलब्ध हुन्छ । 

 Image