स्टाइलिस हाई हिल
हाई हिलले पीडासँगै खुसी पनि दिन्छ ।’ यो भनाइ चर्चित फुटवेयर डिजाइनर क्रिश्चियन लाउबाउटिनको हो । उनी एक प्रतिभाशाली डिजाइनर थिए । उनले फुटवेयरको दुनियाँमा ‘हाई हिल’ को नयाँ आविष्कार गरेका थिए ।
गएको प्रणय दिवसका अवसरमा कायरा बुटिककी डिजाइनर रोजिना श्रेष्ठ तथा बेटर ग्यालेक्सीको आयोजनामा राजधानीस्थित ब्लुबर्ड मलमा एउटा फेसन शो सम्पन्न भयो । जसमा नायिका झरना थापा तथा श्रीमान् सुनीलकुमार थापा, नायक दिलीप रायमाझी तथा श्रीमती मञ्जु रायमाझी, नायिका नीता ढुंगाना एवं नायक आमेश भण्डारी तथा नायक-नायिका दम्पती मुकेश ढकाल मेलिना मानन्धर तथा फेसन डिजाइनर विश्व गौतम दम्पती प्रमुख आकर्षण रहे ।