Successfully Copied

आरम्भ कलेक्सन

आरम्भ कलेक्सन हरेक उमेर समूहका महिलाहरूका लागि आकर्षक एवं फेसनेबल पहिरन पाइने उपयुक्त गन्तव्य हो ।

आउटलेट : यट्खा टोल न्यूरोड ।

विशेषता : ट्रेन्डी तथा फेसनेबल पहिरन ।

आरम्भ कलेक्सन हरेक उमेर समूहका महिलाहरूका लागि आकर्षक एवं फेसनेबल पहिरन पाइने उपयुक्त गन्तव्य हो । आरम्भमा अहिलेको फेसन तथा मागबमोजिमका पहिरन सुपथ मूल्यमा उपलब्ध छन् । यहाँ सिजनेबल तथा विवाह पार्टीमा लगाइने कुनै पनि स्टाइलका ट्रेन्डी पहिरन खरिद गर्न सकिन्छ । सिम्पल सिफन, जर्जेट, ब्रासोनेट, सिल्क, वेडिङ पार्टी साडीका साथै स्ट्रेट लङ कुर्ता, अनारकली आउटर सेट, अनस्टिच कुर्ता पिसका साथै जाडोका लागि पस्मिना लेडिजका सुट पाइने आरम्भ फेसन हाउस स्थापनाको छोटो अवधिमै लोकपि्रय भएको छ । आरम्भमा ७ सयदेखि ५० हजारसम्मका पहिरन उपलब्ध हुन्छन् ।

हेल्दी होम

आउटलेट : विन्ध्यवासिनी हेल्दी होम

विशेषता : सिल्म एण्ड ब्युटी केयर सेन्टर

लामो समयदेखि उपत्यकाबाहिर र भित्रका ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको हेल्दी होमले पोखराको विन्ध्यवासिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । धेरैको विश्वास जित्न सफल हेल्दी होमले स्लिम एण्ड ब्युटी केयरको भरपर्दाे काम गर्दै आएको छ । यहाँ बिनासाइडइफेक्ट शरीर स्लिम तथा आकर्षक बनाउनेे प्रविधिमार्फत उपचार गरिन्छ । यहाँ प्रदान गरिने प्रोडक्टको सहायताबाट स्वस्थ एवं तन्दुरुस्त रहन सकिने हेल्दी होमको दाबी छ ।

एस एण्ड एस ब्युटिपार्लर

आउटलेट : भाटभटेनी  ।

विशेषता : सौन्दर्यसम्बन्धी सबै खालका सामग्री उपलब्ध ।

एक दशकअघि संचालनमा आएको एस एण्ड एस ब्युटिपार्लर सौन्दर्य पारखीहरूका लागि उपयुक्त गन्तव्य हो । पार्किङको सुविधा उपलब्ध यो पार्लरमा सेवाका अतिरिक्त सौन्दर्यसम्बन्धी तालिम पनि प्रदान गरिन्छ । यहाँ ब्रान्डेड कस्मेटिक मात्र प्रयोगमा ल्याइन्छ । एस एण्ड एसका फेसियल तथा मेकअप ग्राहकहरूले विशेष मन पराएका छन् । यहाँ फेसियलबाहेक पेडिक्योर, मेनिक्योर, मेहन्दी तथा नेल आर्ट आदि पनि गरिन्छ । गुणस्तरीय सेवामा विश्वास राख्ने यो पार्लरमा सबै सेवाको शुल्क समयोचित तथा सुलभ छ ।

शिवको इन्टरनेसनल

आउटलेट : शिवको इन्टरनेसनल प्रालि, नेपाल

विशेषता : न्यू कलर रस लिप एण्ड नेल कलेक्सन

रिमेलको टिकाउ एवं भरपर्दाे जम्बो लिप कलर पेन्सिल नेपाली बजारमा पनि उपलब्ध छ । लन्डनको ख्यातिप्राप्त ब्रान्ड रिमेलको बाम र नेल सेरिज नेपाल भित्रिएका हुन् । रिमेलको नेपालका लागि आधिकारिक बिक्रेता शिवको इन्टरनेसनलले नेपाली बजारमा उपलब्ध गराउने रिमेलका उत्पादन सहजै खरिद गर्न सकिन्छ । ४० सेकेन्डमै आर्ट गर्न सकिने नेेल आर्ट विशेष गरी युवापुस्ताका लागि लन्च गरिएको बताइन्छ । राम्रो फिनिसिङ तथा लामो समय टिक्ने यो नेल आर्टको कुनै साइडइफेक्ट छैन । लिप बाम पनि लामो समय ओठमा रहनुका साथै यसले फुटेको ओठको उपचार पनि गर्छ । पेन्सिलमा पनि उपलब्ध यो लिपबामले ओठमा नेचुरल रंग तथा चमक प्रदान गर्छ ।

 Image