Successfully Copied

केशसम्बन्धी सौन्दर्य प्रसाधनको बजार

सौन्दर्यका ३२ लक्षणमध्ये राम्रो केश पनि एक हो। महिलाहरूलाई केशले निकै सुन्दर देखाउँछ। मिलेको, बाक्लो तथा चम्किलो केशलाई

सौन्दर्यका ३२ लक्षणमध्ये राम्रो केश पनि एक हो। महिलाहरूलाई केशले निकै सुन्दर देखाउँछ। मिलेको, बाक्लो तथा चम्किलो केशलाई हरेक शैलीमा ढाल्न सकिन्छ। नमिलेको, लट्टा परेको तथा रुखो केशले महिलाहरूको व्यक्तित्वमा नकारात्मक प्रभाव पार्छ। केश लामो होस् वा छोटो स्वस्थ तथा मिलेको छ भने त्यसले स्वास्थ्य एवं सौन्दर्य दुवैलाई उजिल्याउँछ।

परापूर्वकालदेखि नै महिलाहरू आफ्नो केशप्रति निकै संवेदनशील देखिँदै आएका छन्। उतिबेलाका महिलाहरू विभिन्न जडीबुटी प्रयोग गरी आफ्नो केशको स्याहार गर्थे। जटामसी, भृंगराज, अमला, रिट्ठाजस्ता जडीबुटी केशमा प्रयोग गरिन्थ्यो। त्यतिबेलाका महिलाहरूको केश निकै स्वस्थ तथा नरम हुन्थ्यो। समयले कोल्टो फेर्दै जाँदा अहिले त्यस्ता जडीबुटीहरूमा जैविक तेल मिश्रण गरी तयार गरिएका हेयर केयरसम्बन्धी उत्पादनहरू उपलब्ध हुन थालेका छन्। यस्ता हरेक उत्पादन आधुनिक तथा पारम्परिक प्रविधिबाट तयार भएका छन्। हेयर केयरमा सबैभन्दा पहिले बजारमा स्याम्पु देखिएको थियो। बिस्तारै कन्डिसनर, हेयर कलर, सेरम, हेयर प्याक, हेयर क्रिम, हेयर लोसन, हेयर भाइटलाइजरजस्ता प्रसाधनहरू आएका छन्। हरेक उत्पादनका आ-आफनै विशेषता छन्। हरेकले केशलाई स्वस्थ तथा सुन्दर बनाउने दाबी गरिरहेका छन्। सस्तादेखि महँगा सबै रेन्ज उपलब्ध हेयर केयर उत्पादनका ब्राण्डहरूबीच चर्को प्रतिस्पर्धा पनि छ।

ओसिया हर्बल

ओसिया हर्बल भारतीय ब्रान्ड हो। नेपाली बजारमा यसले छोटो समयमै लोकप्रियता हासिल  गरेको छ। ओसियाका स्किन केयर मात्र होइन हेयर केयरको पनि उस्तै माग छ। ओसियाका हर्बल प्रसाधनहरू आधुनिक तथा परम्परागत दुवै प्रविधि प्रयोग गरी उत्पादन हुने गरेका छन्।

ओसिया हेयर सिरम

भिटामिन ईयुक्त यो सिरम ननस्टिकी छ। तरल भएकाले यसलाई केशमा सजिलै लगाउन सकिन्छ । यसले हाँगा पलाएको केशको उपचार गरी केशलाई चम्किलो बनाउँछ। यसको नियमित प्रयोगले केश नरम तथा बलियो हुन्छ। यो सिरम सबै प्रकृतिको केशका लागि उपयोगी छ। यसले जुनसुकै केशका सबै खालका समस्यासमाधान गर्छ। यो सिरम केशमा स्याम्पु गरेपछि प्रयोग गर्नुपर्छ।

स्ट्रिक्स

स्ट्रिक्स हेयर केयरको संसारमा लोकप्रिय नाम हो। यसले केशका लागि सबै खालका रेन्ज उत्पादन गरेको छ। यसका सबै उत्पादन गुणस्तरीय छन्। लामो अनुसन्धानपछि यसका उत्पादनहरू बजारमा ल्याइएको हो। यसका उत्पादनहरूको नियमित प्रयोगले केशलाई पोषण प्रदान गर्छ। यसको हेयर कलर प्रयोग गर्न सजिलो छ भने यसको रंग लामो समयसम्म कायम रहन्छ।

स्ट्रिक्स प्रो सेलुन

यो निकै राम्रो मानिएको हेयर कलर हो। गुणस्तरका कारणले यसले उपभोक्ताहरूको विश्वास जितिसकेको छ। यसका रंगहरू प्राकृतिक छन्। यसले केशको रंग मात्र परिवर्तन गर्दैन केशको टेक्स्चर पनि बलियो बनाउँछ। यो क्रिममा उपलब्ध छ। क्रिमी भएकाले यो केशमा सजिलै ब्लेन्ड हुन्छ । राम्रोसँग ब्लेन्ड हुने भएकाले यसले उत्कृष्ट परिणाम दिन्छ। यसले केशमा  कुनै प्रकारको नकारात्मक प्रभाव पार्दैन। यो ६० एमएलको ट्युबमा उपलब्ध छ। बजारमा  यसका १२ सेड्स उपलब्ध छन्।

सौन्दर्य हर्बल

यो होमियोप्याथिक चिकित्सक डा. एल. पी. सूदको अवधारणामा विकसित ब्रान्ड हो। डा. सूदले नेपालीहरूको सौन्दर्य समस्या हटाउन यो पाइला चालेका हुन्। यो ब्रान्डका स्किन केयरबाहेक हेयर केयर पनि प्रभावकारी छन्। यसको उत्पादनमा प्राकृतिक प्रसाधन मात्र प्रयोग गरिएको छ। लामो अनुसन्धानपछि बजारमा ल्याइएका सौन्दर्य हर्बलका उत्पादन हानिरहित छन्।

हेयर प्याक

डा. सूदको परिकल्पनामा तयार पारिएको सौन्दर्य हर्बलको हेयर प्याक प्राकृतिक छ। यो हेयर प्याक कन्डिसनरयुक्त छ। यसले केशलाई चम्किलो, मुलायम एवं बलियो बनाउँछ। यो हेयर प्याकले केशलाई जरैदेखि मजबुत तुल्याउने हुँदा यसको नियमित प्रयोगले केशको स्वरूपमै परिवर्तन आउँछ। यसले केश बढाउँछ। यो प्याकमा अमला, मेेथी, जटामसी तथा अरू धेरै आयुर्वेदिक औषधि प्रयोग गरिएको छ। यो सबै खालको केशका लागि उपयोगी छ। यसले केश फुल्न दिँदैन र रुखो केशलाई जीवन्त बनाउँछ। यो प्याक महिनामा दुईपटक प्रयोग गर्न सकिन्छ।

लोरियल

लोरियल सौन्दर्य प्रसाधनमा लोकप्रिय ब्रान्ड मानिन्छ। सौन्दर्य प्रसाधनको बजारमा यसले सदैव अग्रणी स्थान ओगटेको छ। यसका स्किन केयर मात्र होइन हेयर केयरका उत्पादनले पनि राम्रो बजार पाएको छ। सौन्दर्यको संसारमा लोरियलले फरक स्थान ओगटेको छ। यसका हेयर केयरका सबै रेन्ज बजारमा उपलब्ध छन्।

कन्डिसनर

कन्डिसनर केशका लागि निकै उपयोगी मानिन्छ। केशमा स्याम्पु प्रयोग गरेपछि कन्डिसनर प्रयोग गर्नुपर्छ। कन्डिसनरले केशलाई मुलायम तथा चम्किलो बनाउँछ। बढ्दै गएको प्रदूषण तथा तनावपूर्ण जीवनशैलीको प्रत्यक्ष प्रभाव केशमा पर्छ। त्यसैले केशलाई पौष्टिकता प्रदान गर्न कन्डिसनर प्रयोग गर्नुपर्छ। लोरियलको कन्डिसनर निकै राम्रो मानिएको छ। यसको नियमित प्रयोगले केश जरैदेखि बलियो हुन्छ। यसले केशमा चायाँ पर्न तथा केश र्झनबाट समेत जोगाउँछ।

गार्नियर

नेपाली बजारमा गार्नियरका उत्पादनको माग बढ्दो क्रममा छ। यसका उत्पादनहरू निकै उत्कृष्ट मानिन्छन्। यो ब्रान्डको प्रयोगले केश तथा छालामा देखिएका समस्याहरू कम भएका छन्। गार्नियरका स्किन केयर मात्र होइन हेयर केयरले पनि नेपालमा समान लोकप्रियता हासिल गरेको छ। यसका स्याम्पु, कन्डिसनर तथा हेयर कलर सबै उपभोक्ताले मन पराएका छन्।

फ्रुटिस एन्टी ड्यान्ड्रफ स्याम्पु

यो स्याम्पु चायाँको समस्या भएकाहरूका लागि निकै उपयोगी छ। यसको नियमित प्रयोगले केशको चायाँ कम हुन्छ र केश चम्किलो हुन्छ। यसले तालुलाई पनि स्वस्थ बनाउँछ। भिटामिनयुक्त यो स्याम्पुले केशलाई पोषण प्रदान गर्छ। यसले केशलाई विभिन्न संक्रमणबाट जोगाउनुका साथै चायाँ कम गरी केश झर्ने क्रममा पनि कमी ल्याउँछ।

गोदरेज

सन् १८९७ मा गोदरेज कम्पनीले आफ्नो प्रोडक्ट सार्वजनिक गरेर हेयर प्रोडक्टकोे क्षेत्रमा नयाँ आयाम थपेको थियो। विश्वसनीय तथा गुणस्तरीय प्रोडक्टका रूपमा परिचित गोदरेजले अहिले अन्य थुप्रै उत्पादन पनि बजारमा  ल्याइसकेको छ। एकै दिनमा ५० करोड भारतीयले गोदरेजका उत्पादन प्रयोग गर्ने दाबी कम्पनीको छ। ७ वटा मुख्य शाखाबाट विश्व बजारको मागलाई धान्दै आएको गोदरेज उत्कृष्ट तथा गुणस्तरीय उत्पादनका लागि सुपरिचित छ। धेरैको मन जित्न सफल गोदरेज आज धेरैको केशको सौन्दर्यको रहस्य बनेको छ। महिला तथा पुरुष सबैको रोजाइ बन्न पुगेका गोदरेजका थुप्र्रै उत्पादन बजारमा छाइसकेका छन्, जसमा गोदरेज एक्सपर्ट, रिन्यू, कलर सफ्ट, नुपुर, काली मेहन्दी, अनुप हेयर तेल तथा विभिन्न हेयर स्टाइलिङ सामग्री प्रमुख छन्।

नुपुर : यो नेपाली बजारमा सर्वाधिक बिक्री हुने तथा धेरैले रुचाएको राजस्थानी मेहन्दी हो। यो मेहन्दी प्रयोग गरेर केशको प्राकृतिक सौन्दर्य कायम रहने गरी केश रातो बनाउन सकिन्छ। यो मेहन्दी महिला-पुरुष दुवैका लागि उपयुक्त छ। नुपुर मेहन्दी सिकाकाइ, घिउकुमारी, मेथी, ब्राह्मी, भृंगराज, अमला, निम, जटामसी एवं हिबिकसजस्ता नौ किसिमका जडीबुटी प्रयोग गरी तयार गरिन्छ।

अनुप हेयर तेल : गोदरेज कम्पनीद्वारा उत्पादित यो तेल विभिन्न आयुर्वेदिक जडीबुटीबाट तयार पारिएको छ। भारतको केरलामा उत्पादित यो तेलले केश र्झने तथा टुक्रिने समस्याको राम्रोसँग उपचार गर्छ । अनुप हेयर तेलको नियमित प्रयोगले टाउकाको छालामा देखिएको कुनै पनि समस्या समाधान गर्नसक्छ।

काली मेहन्दी : रिट्ठा, अमला, सिकाकाइ र भंृगराज आदि मिसाएर तयार पारिएको काली मेहन्दीले केशलाई प्राकृतिक सौन्दर्य दिन्छ। यो मेहन्दीले केश कालो बनाउनुका साथै आवश्यक पोषण पनि प्रदान गर्छ।

भीएलसीसी

सन् १९८९ मा भारतमा स्थापित भीएलसीसी दक्षिण एसियामै लोकप्रिय सौन्दर्य प्रसाधन उत्पादक हो। यसले १ सय ९ देशका ३ सय स्थानमा आफ्नो आधिकारिक कार्यालय स्थापना गरी विश्व बजारमा प्रतिस्पर्धा गर्दै आएको छ। वैज्ञानिक ढंगबाट केशसम्बन्धी समस्याको उपचार गर्न तथा प्राकृतिक सौन्दर्य कायम राख्न भीएलसीसीले विशेष ध्यान पुर्‍याउँदै आएको छ। अहिले १० लाख ग्राहकले भीएलसीसीको नियमित सेवा लिँदै आएको कम्पनीको दाबी छ। भीएलसीसीले हिना, कन्डिसनर, हेयर जेल एण्ड क्रिम, हेयर टि्रटमेन्ट, स्याम्पु, हेयर स्टाइलिङ आदि केशको स्याहारमा सघाउने सौन्दर्य प्रसाधनहरू उत्पादन गर्दै आएको छ।

हिना : केशको हेरचाहका लागि विश्वासिलो मानिएको हिना मेहन्दी नेचुरल ब्राउन तथा ब्ल्याक कलरमा उपलब्ध छ। यसले केशलाई मुलायम बनाउनुका साथै प्राकृतिक सौन्दर्य प्रदान गर्छ। वैज्ञानिक विधिबाट उत्पादन हुँदै आएको यो मेहन्दी लोकप्रिय पनि छ। हिना मेहन्दीले केशलाई आवश्यक पोषण पनि प्रदान गर्छ।

कन्डिसनर : भीएलसीसीको कन्डिसनर विभिन्न आकार र तौलमा खरिद गर्न सकिन्छ। यसले केश र्झने र टुक्रिने समस्या समाधान गर्छ। यसले केशको प्राकृतिक तत्वलाई जोगाई त्यसको सौन्दर्यर् र्‍हास हुनबाट जोगाउँछ।

स्याम्पु : भीएलसीसीका स्याम्पु विभिन्न फ्लेभरमा उपलब्ध छन्। जडीबुटीहरूको प्रयोगबाट निर्मित भीएलसीसीका स्याम्पु केशको प्रकृतिअनुसार उत्पादन गरिएका छन्, जसले केश र्झने, सुख्खा तथा चिल्लो हुनेजस्ता समस्याको समाधानमा सहयोग गर्छ।

 Image