Successfully Copied

नेसनल बाथ रोग सेन्टर

नेपालमा ४० लाख बाथ रोगी रहेको वर्तमान परिप्रेक्ष्यमा एउटै छातामा रहेर बाथ तथा बाथ रोगसम्बन्धी सम्पूर्ण उपचार, अनुसन्धान

नेपालमा ४० लाख बाथ रोगी रहेको वर्तमान परिप्रेक्ष्यमा एउटै छातामा रहेर बाथ तथा बाथ रोगसम्बन्धी सम्पूर्ण उपचार, अनुसन्धान एवं सर्वसाधारण जनतामा बाथ रोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेसनल बाथ रोग सेन्टर स्थापना भएको छ । रातोपुलस्थित यो सेन्टरले 'स्वास्थ्य तपाईंको सेवा हाम्रो' मूलमन्त्र बोकेको छ । यो सेन्टरलाई बिस्तारै राष्ट्रिय स्तरमा विस्तार गरिने निर्देशक रोशन कक्षपती बताउँछन् । डा. विनीत वैद्यका अनुसार अझै पनि कतिपयलाई बाथ रोगका बारेमा यथार्थ जानकारी छैन । खुट्टा झमझमाउने, शरीर अररो हुने, जोर्नी दुख्ने जस्ता कारण पनि बाथ रोगको संकेत भएको डा. वैद्य बताउँछन् । नेपालमा बाथ रोगको कतिपय उपचार सम्भव नभएका कारण कतिपय बिरामीले भारत जानुपर्ने बाध्यता थियो । त्यसैले पनि यो सेन्टर स्थापना गरिएको हो । भारतका मेदान्त हस्पिटलका बाथ रोग निर्देशक डा. राजीव गुप्ता नेपालमा यो सेन्टर खुलेकोमा गर्व लागेको बताउँछन् । आफूले मेदान्तमा रहेर पनि यो सेन्टरका बिरामीको अवस्था बुझेर सम्बन्धित चिकित्सकहरूलाई आवश्यक सल्लाह दिने तथा बेलाबेलामा नेपाल आएर बिरामीको उपचार गर्ने उनले जानकारी दिए ।

शंखको आवाजबाट भाग्छ रोग

खोकी, दम, ब्लडप्रेसर तथा मुटुसँग सम्बन्धित रोगका लागि शंख बजाउनु लाभदायक हुन्छ। शंखनादबाट वरपरको नकारात्मक ऊर्जा नाश भएर सकारात्मक ऊर्जा संचार हुन्छ। शंखबाट निस्कने ध्वनिलाई कीटाणु नाशक पनि मानिन्छ।

काठमाडौं नाक, कान, घाँटी अस्पताल

नेपालमा पहिलोपटक नाक, कान, घाँटीसम्बन्धी अस्पताल स्थापना भएको छ। पुरानो बसपार्क नजिकैको यो अस्पतालमा नाक, कान, घाँटीसम्बन्धी रोगका लागि चौबीस घन्टे आकस्मिक सेवा उपलब्ध छ। यसैगरी यहाँ नाक, कान तथा पिनास, मुख तथा घाँटी, स्वरनली, गर्दन तथा थाइरोइड, श्रवण जाँच, स्पिच थेरापी, श्रवण यन्त्र, नाक-घाँटी इन्डोस्कोपी, दन्त ओपीडी, एक्स-रे, भिडियो एक्स-रे एवं ल्याब टेस्टका लागि चौबीस घन्टे सेवा प्रदान गरिन्छ। अन्य अस्पतालमा नाक, कान, घाँटीसम्बन्धी छुट्टै शाखा खोलिए पनि यो नेपालमा खुलेको नाक, कान घाँटीसम्बन्धी पहिलो अस्पताल भएको चिकित्सक जयेन्द्र प्रधानाङ्ग बताउँछन्। २७ जना स्टाफ तथा ८ जना चिकित्सकले सेवा प्रदान गर्ने यो अस्पतालमा बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म ओपीडी सेवा उपलब्ध हुन्छ भने अप्रेसन गर्नुपर्ने बिरामीलाई भर्ना पनि गरिन्छ।

मान्छेको बोसोबाट नाक-कान बनाउँदै चिकित्सकहरू

चिकित्सकहरूले मान्छेको शरीरमा रहेको बोसोबाट मानव अंग बनाउने तयारी थालेका छन्। लण्डनको ग्रेट अरमण्ड स्टि्रट अस्पतालका चिकित्सकहरूले मानव शरीरको बोसोबाट स्टेम सेल निकालेर अनुहार विकास गर्ने योजना बनाएका हुन्। चिकित्सकहरूको एक टोलीले प्रयोगशालामा कार्टिलेज अर्थात् नरम हड्डी विकसित गरेका छन्, जुन नाक र कान बनाउन प्रयोग गरिनेछ। चिकित्सकहरू यसमार्फत माइक्रोटियाको उपचार गर्न चाहन्छन् जसमा मानिसको कानको बाहिरी भाग सही रूपमा विकसित भएको हुँदैन। अहिले माइक्रोटियाको उपचारका लागि बच्चाको करङबाट कार्टिलेज लिएर कान बनाएर प्रत्यारोपण गरिन्छ जसका लागि धेरै अप्रेसन गर्नुपर्छ। यसले छातीमा स्थायी दाग बनाउँछ भने करङबाट निकालिएको कार्टिलेजको पूर्ति कहिल्यै हुँदैन।

बीएमआईले गर्छ धेरै काम

दिनानुदिन मानिस मेसिनझै बन्दै गैरहेको अवस्थालाई दृष्टिगत गरी एउटै मेसिनबाट धेरै कुरा जाँच्न सकिने बीएमआई प्रविधि नेपाल भित्रिएको छ। बीएमआई मेसिनको सेवा भाटभटेनीको टंगालस्थित केल्याब तथा बालुवाटारको पवित्र चोकस्थित डाइग्नोटेक सपोर्ट प्राइभेट लिमिटेडमा उपलब्ध छ। बीएमआईमार्फत शरीरको ब्लड प्रेसर, सुगर (डाइबिटिज) को मात्रा, शरीरमा बोसो, पानीको मात्रा, उचाइ, शरीरको तौल, शरीरको तापक्रम आदि विभिन्न कुराको जानकारी एकैपटकमा लिन सकिन्छ। मानिसको शारीरिक अवस्था केलाएर दैनिक शारीरिक क्रियाकलाप एवं शरीरलाई चाहिने क्यालोरीसम्बन्धी रिपोर्टसमेत दिने बीएमआई मेसिन तुलनात्मक रूपमा बढी फाइदाजनक छ।

स्वास्थ्यका लागि आफूलाई राखौं रिल्याक्स

राम्रो स्वास्थ्यका लागि शरीरका साथै मस्तिष्कलाई पनि आराम दिनुपर्छ। यसका लागि आफूले आफैंलाई खास मान्नुपर्छ। जुन काम गर्दा आफूलाई आनन्द आउँछ त्यसका लागि समय निकाल्नुपर्छ। आफूलाई मन परेको चलचित्र हेर्नुका  साथै पुस्तक पढ्नुपर्छ। यसैगरी हाँसो गर्ने र सधै रमाउने खालको मानिसलाई साथी बनाउनुपर्छ। आफू खुसी हुने तथा रमाइलो गर्ने उपाय खोज्नुपर्छ। हाँस्ने वा हँसाउने कुनै मौका छोड्नु हँुदैन। यसो गर्दा भिटामिनले दिनेभन्दा बढी लाभ प्राप्त गर्न सकिन्छ। जसरी शरीरलाई आराम चाहिन्छ उसैगरी दिमागलाई पनि आराम चाहिन्छ। आराम गर्दा मस्तिष्क तन्दुरुस्त रहन्छ। यसका लागि योग तथा ध्यान पनि आवश्यक छ।

 Image