Successfully Copied

लोप हुँदै गएको खाद्यान्नको प्रवर्द्धन

देशभरि कुन धान वा चामल खरिद गर्दा कुन गुणस्तरको गर्ने भन्ने कुरा संचालक बोर्डले पास गरेको मापदण्ड छ । सोहीअनुसार कम्पनीले खरिद गर्छ । हामी व्यापारी मात्र होइनौं, सरकारको मातहतमा रहेर सेवा प्रदान गरिरहेकाले कम्पनीले गुणस्तरमा सम्झौता गर्दैन ।

कम्पनीमा के–कस्ता खाद्य वस्तु उपलब्ध छन् ?

यहाँ उपभोक्ताको भान्सामा प्रयोग हुने करिब २५ किसिमका खाद्य वस्तु उपलब्ध छन् । त्यसबाहेक ग्यास र इन्डक्सन चुल्हा पनि हामीकहाँ छन् । हुम्लाको सिमी, जुम्लाको मार्सी चामल, राजापुरको स्थानीय गहुँ, जनकपुरको ब्राउन बासमती चामल, मास एवं रहरको दाल आदि हामीसँग उपलब्ध छन् ।

बाहिरी बजारको तुलनामा यहाँका सामग्रीको गुणस्तर कस्तो छ ?

खाद्य प्रविधिमा विशेषज्ञता हासिल गरेका प्राविधिक कर्मचारीहरू हामीकहाँ भएकाले अन्य ठाउँको तुलनामा यहाँ उपलब्ध खाद्य वस्तु गुणस्तरीय छन् ।

परीक्षण कति समयको अन्तरमा र कसरी हुन्छ ?

प्रादेशिक कार्यालयहरूमा स्थानीय उत्पादनहरू खरिद गरिन्छ । खरिद गर्दाकै बखत हामीले बनाएको मापदण्डभित्र परेका वस्तु मात्रै खरिद गर्छौं । कार्यालयमा ल्याउँदा गुणस्तर हेरेर मात्रै ल्याउँछौं । गोदाममा रहेका सामग्रीको साप्ताहिक रूपमा परीक्षण हुन्छ । हरेक साताको गुणस्तर निरीक्षण प्रतिवेदन तयार गर्नुपर्ने हुन्छ ।

दरभाउ के–कस्तो छ ? कत्तिको सुलभ छ ?

नेपाल सरकारको नीति र कम्पनीको उद्देश्यबमोजिम काठमाडौं उपत्यकाका करिब ४० लाख जनतालाई कसरी समेट्ने, कसरी सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउने भन्ने हाम्रो ध्येय हो । स्थानीय बासमती चामल ११० रुपैंयाँ प्रतिकिलो मूल्यमा उपलब्ध गराइरहेका छौं । तुलनात्मक रूपमा यहाँको मूल्य अत्यन्त सुलभ छ ।

कम्पनीले उच्च हिमाली तथा पहाडी क्षेत्रमा फल्ने खाद्य उत्पादनलाई कसरी प्रबर्द्धन गरिरहेको छ ?

अघिल्लो वर्षदेखि कम्पनीले जुम्लाको मार्सी, कर्णालीको सिमी र फापर खरिद गरी बिक्री गर्दै आएको छ । उवा, चिनो, कागुनो आदि रैथाने बाली लोप हुँदै गएकाले अहिले यसको संरक्षणका लागि सिमिकोट गाउँपालिका र कम्पनीबीच खरिद सहमति भएको छ । स्थानीय उत्पादनलाई संबर्द्धन एवं प्रबर्द्धन गर्नका लागि काठमाडौंमा चारवटा आउटेल छन् । त्यसबाहेक कम्पनीकै अनलाइनमार्फत निःशुल्क होम डेलिभरीको व्यवस्था छ । निजी कम्पनी पनि जोडिएका छन् । उच्च हिमाली खाद्यान्न प्रबर्द्धन गर्दा स्थानीय रोजगार सिर्जना हुने, स्थानीय उत्पादन वृद्धि हुने, आयातमा कमी हुने, उपभोक्ताले गुणस्तरीय अर्गानिक खाद्यान्न सहज रूपमा सहुलियत दरमा घरैमा पाउँछन् ।

कम्पनीले खाद्य गुणस्तरको मापदण्ड कसरी निर्धारण गर्छ ?

देशभरि कुन धान वा चामल खरिद गर्दा कुन गुणस्तरको गर्ने भन्ने कुरा संचालक बोर्डले पास गरेको मापदण्ड छ । सोहीअनुसार कम्पनीले खरिद गर्छ । हामी व्यापारी मात्र होइनौं, सरकारको मातहतमा रहेर सेवा प्रदान गरिरहेकाले कम्पनीले गुणस्तरमा सम्झौता गर्दैन ।

1fg' yfkf

k|fb]lzs k|d'v, vfB Joj:yfkg tyf Jofkf/ sDkgL, afUdtL k|b]z

 Image