Successfully Copied

प्रतिष्ठा थापा रायमाझी 

काठमाडौंबाट प्राराम्भिक शिक्षा हासिल गरेकी प्रतिष्ठा थापा रायमाझी काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बीबीए, एआईटी थाइल्यान्डबाट एमबीए र हार्वर्ड कलेज अमेरिकाबाट ग्लोबल हेल्थ डेलिभरी विषयमा विशेषज्ञता हासिल गरेकी छन् ।

काठमाडौंबाट प्राराम्भिक शिक्षा हासिल गरेकी प्रतिष्ठा थापा रायमाझी काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बीबीए, एआईटी थाइल्यान्डबाट एमबीए र हार्वर्ड कलेज अमेरिकाबाट ग्लोबल हेल्थ डेलिभरी विषयमा विशेषज्ञता हासिल गरेकी छन् । नेपाल इन्भेस्टमेन्ट बैंकबाट करियर थालेकी उनले सिप्रदी ट्रेडिङमा चार वर्ष काम गरिन् । हुम्लामा स्वास्थ्य र शिक्षामा शोध–अनुसन्धान गरेको अनुभव पनि उनीसँग छ । एक गैरसरकारी संस्थामा आबद्ध भई उनी अछाम, दोलखा र झापामा पाँच वर्ष काम गरिन् । हाल प्रतिष्ठा ह्याम्स अस्पतालको डेपुटी सिईओको जिम्मेवारी सम्हालिरहेकी छन् । 

 

पढाइभन्दा फरक क्षेत्र स्वास्थ्यमा काम गरिरहँदाको तपार्इंको अनुभव बताइदिनुस् न ?

मैले ज्ञान बढाउन एमबीए र सिए पढें । स्वास्थ्यमा भने पहिलेदेखिकै रुचि हो । हुम्लाको अनुभवले यो क्षेत्रमा धेरै कुरा सिकायो । सबै क्षेत्रमा कामको अनुभव र मेरो प्यासनले यो रोल दिलायो भन्ने लाग्छ । रुचि र शिक्षा अनि अनुभवले मलाई काममा सहज छ । यसैमा रमाइरहेकी छु । 

निर्णायक तहमा महिलाले आफूलाई अब्बल साबित गर्न के कुरा आवश्यक ठान्नुहुन्छ ?

शिक्षा, आत्मविश्वास, आर्थिक आत्मनिर्भरताका साथै परिवारको साथ र सहयोग । 

तपाईं आफ्ना सहकर्मी तथा कर्मचारीहरूसँग के अपेक्षा राख्नुहुन्छ ?

मेरा सहकर्मी–कर्मचारी अनुशासनमा बसिदिऊन् जसले मेहनतलाई उजागर गर्छ । एक–अर्कामा समान व्यवहार र इमान्दारिताको अपेक्षा हुन्छ ।

तपाईंलाई आफ्नो अस्पतालको सबैभन्दा गर्व गर्न लायक पक्ष के हो जस्तो लाग्छ ?

बलियो टिम ।

कार्यालयभित्र तपाईंको मूल उद्देश्य के हुन्छ ?

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा । 

तपाईंको विचारमा टिमलाई सफल र सशक्त बनाउन के आवश्यक हुन्छ?

टिमलाई लोयल राख्न सक्नुपर्छ । संस्थाभित्रका निर्णयमा माथिदेखि तलसम्म पारदर्शिता चाहिन्छ । अर्को कुरा सम्मान र संवाद जरुरी छ । 

कर्मचारीलाई संस्थाप्रति बढी उत्तरदायी बनाउन के कुराले सहयोग गर्छ ? उनीहरूलाई खुसी राख्न तपाईंको संस्थाले के गर्ने गरेको छ ?

कर्मचारीको कामलाई सम्मान गर्ने, उनीहरूसँग संवाद गर्ने, तलदेखि माथिसम्मका कर्मचारीलाई संस्थाभित्रको निर्णयबारे कारणसहित जानकारी दिएर आवश्यक सेवा–सुविधामा चासो राख्नुपर्छ । 

स्वास्थ्य क्षेत्रले नेपाली महिलाको स्वास्थ्यका लागि के–कस्तो सेवा–सुविधा दिनुपर्छ जस्तो लाग्छ ?

महिला स्वास्थ्यका लागि सामुदायिक स्वास्थ्य सेवा जरुरी छ । सरकारले तलब दिएरै सामुदायिक स्वास्थ्य स्वयंसेविका राख्नुपर्छ । 

सरकारी र निजी स्वास्थ्य क्षेत्रमा खर्चको ठूलो अन्तर देखिन्छ, निजीलाई कसरी सर्वसुलभ बनाउन सकिन्छ ?

सरकारी अस्पतालको प्रविधि, कर्मचारीलगायतमा हुने खर्च सबै सरकारी ढुकुटीबाटै चलेको हुन्छ । निजीमा सबै खर्च व्यक्तिगत रूपमा भइरहेको हुन्छ । ओपीडी सेवाको मूल्य घटाएर, उपचार सेवा र औषधिमा केही छूट लिएर निजीमा सर्वसाधारणको स्वास्थ्य खर्च सर्वसुलभ बनाउन सकिन्छ । उपचार सेवा र औषधिमा ‘फेमिली कार्ड’ को व्यवस्था गरेर पनि निजी अस्पतालले स्वास्थ्यमा सबैको पहुँच पुग्न सक्ने बनाउन सकिन्छ । हाम्रो अस्पतालले यी कार्यहरू थालिसकेको छ । 

तपाईंलाईं थप प्रेरणा प्रदान गर्ने पक्ष के हो ?

बिरामीको सन्तुष्टि । 

रमाइलो र आफूलाई तरोताजा राख्न के गर्ने गर्नुभएको छ ?

रेगुलर वर्कआउट गर्छु । यात्रा गर्न मन पर्छ । फुर्सदको समय परिवारसंँग बिताउँछु । पाककलामा पनि रूचि छ । 

 Image