Successfully Copied

साहित्य एवं कलाको ‘जंक्सन’

न कुनै मञ्च । न भव्य आयोजना । न कुनै प्रमुख वा विशिष्ट अतिथि । न त उमेर, जाति, रंग र लि¨को विभेद । न कुनै गुट र वर्गको विभाजन । न त कसैलाई निम्ता । न कसैप्रति उपेक्षा भाव । फुर्सदमा वा

न कुनै मञ्च । न भव्य आयोजना । न कुनै प्रमुख वा विशिष्ट अतिथि । न त उमेर, जाति, रंग र लि¨को विभेद । न कुनै गुट र वर्गको विभाजन । न त कसैलाई निम्ता । न कसैप्रति उपेक्षा भाव । फुर्सदमा वा समय निकालेर क्याफे वा चिया पसलमा भेला हुन्छन् । अनि कविता, कथा, मुक्तक, गजल, उपन्यास र नाटक आदिका बारेमा छलफल गर्छन् । पूर्वाञ्चलको ट्राञ्जिट मानिने सुनसरीको इटहरी सहर साहित्यिक बहसको ‘जंक्सन’ पनि बनेको छ ।

‘खुला साहित्यिक जमघटको थलो बनेको छ–इटहरी,’ साहित्यकार ६५ वर्षीय बद्र्री भिखारी भन्छन्, ‘सञ्चार जगत् र इन्टरनेटको पहुँचले यो सहरलाई साहित्यको केन्द्र बनाइरहेको छ ।’ मोरङको सुन्दरहरैंचा नगरपालिका–४, दुलारीबाट करिब डेढ दशकअघि इटहरी झरेका उनी मुख्यतः कविता, मुक्तक र निबन्ध लेख्छन् ।

चार दशक बढीदेखि साहित्यमा सक्रिय भिखारीका तीन कृति ‘हत्केलाभरिका रेखाहरू (मुक्तक संग्रह)’ तथा कविता संग्रहहरू ‘माडसाबको झोला’ र ‘समुन्द्र साउती’ प्रकाशित छन् । संवादका जंक्सनहरू इटहरी–२० स्थित तरहरा, इटहरी–५ को पचरुखी र इटहरी चोकमा युवा साहित्यकारसँग उनी पनि सक्रिय भेटिन्छन् ।

‘समसामयिक लेख, कविता र कृतिहरूबारे छलफल गर्छौं,’ भिखारी भन्छन्, ‘यहाँ गुट र वर्ग छैन, पुस्तान्तरको भेद छैन ।’ भर्खरका कवि विकेश कविन र गजलकार सुमन रेग्मीलाई उनी आफ्ना घनिष्ठ मित्र मान्छन् । ‘म १८ वर्षको र उहाँ ६५ को तर संवादको क्रममा कहिल्यै  उमेर बाधक बनेन,’ गजलकार सुमन भन्छन्, ‘साहित्यलाई गोडमेल गर्ने साझा रुचिले यो सम्भव भएको हो ।’

यही जमघटमा रमाइरहेका अर्का गजलकार पनि भेटिन्छन् । उनी हुन्–विद्यार्थी नेता जीबी गजल । वास्तविक नाम गंगाबहादुर खड्का भएका इटहरी–६ उनी भन्छन्, ‘यो कवि र कविताको राजधानी सहर हो, विविधता थप्न गजल लेख्छु र मौका मिलेमा वाचन पनि गर्छु ।’

यहाँ ०५० को दशकमा गजल लेख्न सुरु भएको उनी बताउँछन् । लोकप्रियताको उत्कर्षमा पुगेर ०६४ मा नेपाल गजल प्रतिष्ठान र ०७४ मा यहाँ गजल स्रष्टा मञ्च नै स्थापना भयो । यहाँ पुरानामा टीका आत्रेय र यात्री शेखर तथा नयाँमा विशालजी अनन्त, सुमन रेग्मी र विवेक विवश रेग्मी लोकप्रिय रहेको उनी बताउँछन् ।

पहाडतिरबाट मधेस झरेका उनले रेडियोबाट साहित्यका कार्यक्रम सुन्दासुन्दै २०६२ देखि गजल लेख्न थाले । ‘त्यतिखेर युवामा गजलप्रति निकै आकर्षण थियो, म पनि यसबाट अछुतो थिइन तर राजनीतिक उथलपुथलले निरन्तरता दिन सकिएन,’ उनी भन्छन्,‘लेख्न पनि छाडेको छैन ।’

यहा“ पुराना पुस्ताका कविमा पीताम्बर भोला लम्साल, मुक्ति पोखरेल, भरत शर्मा गैरी पिपली, जीवी लुगुन र कृष्णविनोद लम्साल, बीचका पुस्तामा मनु मञ्जिल, हेमन्त यात्री र देवान किराती तथा नया“ पुस्तामा प्रज्ज्वल पराजुली, विराट अनुपम, टीका आत्रेय, राजन आशातीत, विनय सरगम, किरण शिवा, विवेक विवश रेग्मी, विकेश कविन, मीरा पोखरेल, नवराज मैनाली, राम खरेल र आलोक खनाल आदि छन् ।

कविताप्रतिको स्थानीयको प्रेम देखेर युवाकवि २९ वर्षीय विराट अनुपमले इटहरीमा चैतदेखि मासिक रूपमा काव्य सन्ध्याको थालनी गरेका छन् । ७ चैतमा सम्पन्न पहिलो शृंखलामा कवि देवान किरातीले प्रस्तुति दिएका छन् भने दोस्रो शृंखलाका लागि विराटनगरका कवि सविता गौतम दाहाल र शुभलक्ष्मी लम्सालको नाम घोषणा गरिएको छ ।

अनुपमले यो काव्य सन्ध्यामा हरेक महिना काठमाडौं बाहिरका जिल्लाहरूका एक÷दुई कविलाई सहभागी गराइने बताउँछन् । ‘काठमाडौंको विकल्प काठमाडौंबाहेकका सबै जिल्ला हुन्,’ अनुपम गर्वका साथ भन्छन् । उनले काव्य सन्ध्याको नारा ‘कवि र कविताको उत्सव मनाऔं’ राखेका छन् । अनुपम ११वर्षदेखि कविता, गजल र नियात्रा लेख्छन् । उनले सय गजल र ६० कविता लेखिसकेका छन् । उनी पेसाले स्थापित सञ्चारकर्मी पनि हुन् ।

कवि ४४ वर्षीय देवान किरातीले कविता इटहरीको सांस्कृतिक पहिचान बनेको बताउँछन् । ‘समग्रमा भन्दा साहित्य इटहरीलाई चिनाउने एउटा सशक्त पाटो हो,’ उनी भन्छन्, ‘मुलुकमै स्वतन्त्र लेखनमा इटहरी अगाडि हो, यहाँको साहित्य क्षेत्रमा दल, गुट, जाति र वर्गको विभेद छैन, फरक विचारको सम्मान हुन्छ, बरिष्ठ वा कनिष्ठको भेद छैन ।’

दिक्तेलको बुइपा पहाड घर भएका उनी २०४९ मा सुनसरीको धरान र २०६८ मा इटहरी झरेका हुन् । उनी २८ वर्षदेखि कविता लेखिरहेका छन् । उनको कविता संग्रह ‘हुरीमा नाचिरहेको ईश्वर (२०६९)’ चर्चित छ ।

यहाँको जमातमा अझै पनि महिला साहित्यकार कम छन् तर जो छन्, सशक्त र सबल छन् । संखुवासभा खाँदबारी मास्तिरबाट मधेस झरेकी ४६ वर्षीया मिश्रा गुरुङले इटहरीको माहोलले आफूलाई कवि र लेखक बनाएको बताउँछिन् ।

 Image