महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।

करुणा के.सी., म्यानेजर, ग्राउन्ड ह्यान्डलिङ बुद्ध इयर
विनोद दास, क्रिकेटर
‘श्रीमतीकै ठाउँमा म बसेर त्यस्तै बोली–व्यवहार गरे सह्य हुन्थ्यो वा हुँदैनथ्यो, यस विषयमा म सधैं सजग छु,’ दाम्पत्य जीवन बलियो बनाउने विषयमा क्रिकेटर विनोद दास भन्छन्, ‘यसरी एकले अर्काको स्थानमा रहेर सोचिदिने हो भने हरेकको वैवाहिक जीवन सफल र खुसी हुन्छ ।’
आफूभन्दा बढी उमेरकी श्रीमती रोजेका विनोद उमेरलाई केवल नम्बर मात्रै मान्छन् । बाराका विनोदले करिब १३ वर्षअघि क्रिकेट कोचिङका बेला नक्सालमा भेटेका थिए करुणा के.सी.लाई । अन्तरजातीय त्यसमा पनि उमेरान्तर, दुवैको समझदार परिवारका कारण यसले कुनै असर पारेन । करुणा भन्छिन्, ‘परिस्थितिलाई ह्यान्डल गर्न सक्ने क्षमता छ भने दाम्पत्य जीवन मात्र होइन, सबै काम सफल हुन्छन् । उहाँ मिहीनेतबाट आफैं बनेको मान्छे, हरेक परिस्थितिमा आफूलाई ढाल्न सक्ने गुण मैले उहाँबाट सिकें ।
हामी आपसमा सिक्दै–सिकाउँदै, सुखदु:ख बाँड्दै यहाँसम्म आइपुगेका छौं ।’ उमेरले सानो भए पनि अनुभव र सिकाइले विनोद परिपक्व देखिन्छन् । ‘प्रकृतिप्रदत्त लैंगिक गुणमा फरक देखिए पनि अन्य क्षमता आफैंले वृद्धि गर्दै लैजाने कुरा हुन्’, विनोद भन्छन्, ‘आज महिला जहाज हाँक्छन्, खेलमा अब्बल छन् । यसमा दुवैको प्रेरणा र हौसला चाहिन्छ, जुन हामी समान रूपमा गरिरहेका छौं ।’
दुवैजना परिपक्व जीवन बाँचिरहेको यो जोडीलाई महसुस हुन्छ । फ्रेन्ड्स वा बेस्ट फ्रेन्ड्स मात्रै भन्दा पनि आफूहरूबीचको सम्बन्ध सबैथोक हो भन्ने करुणा–विनोदको जोडीले पुरुषले महिलालाई आश्रय दिनुपर्ने उहिलेको प्रचलनलाई आफैंबाट परिवर्तन गर्न खोजेको प्रस्ट हुन्छ । त्यसैले विनोदले भने, ‘श्रीमान्–श्रीमती भनेको दाजुबहिनी वा दिदीभाइ जस्तो हुनु हुँदैन् किनभने दाजुभाइ दिदीबहिनी समान संस्कार, संस्कृति, खानपान र रीतिरिवाजमा हुर्किएका हुन्छन् तर श्रीमान्–श्रीमती यी सबैमा भिन्न हुन्छन् । तसर्थ एकले अर्कालाई बुझेर सोहीअनुसारको व्यवहार गर्नुपर्छ ।’