महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/Arjun-Karki--3--24102022104707.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/Arjun-Karki--3--24102022104707.jpg&w=1000&height=600)
उपवास वा व्रत बस्दा शरीरको पाचन प्रक्रियामा परिवर्तन आउँछ । मधुमेह भएका बिरामीलाई व्रतले नकारात्मक असर गर्न सक्छ । त्यसैले मधुमेहका बिरामीले पूर्ण व्रत बस्नु हुँदैन । तीजमा आफ्नो मन शान्तिका लागि व्रत बस्नुपरे सम्बन्धित चिकित्सकको सल्लाह लिन सकिन्छ । विशेषतः मधुमेहका बिरामीले इन्सुलिन वा औषधी लिने गरेका छन् भने व्रत बस्दा औषधीको मात्रा मिलाउनुपर्छ । यस्तो स्थितिमा औषधी घटाउनुपर्ने तथा कहिलेकाहीं औषधी नै सेवन नगर्नुपर्ने हुन सक्छ । खाली पेटमा इन्सुलिन लिए वा औषधी सेवन गरे रगतमा ग्लुकोजको मात्रा निकै घटेर बिरामी बेहोससमेत हुन सक्छन् ।
मिर्गौलाका बिरामीले पनि तीजको निराहार व्रत बस्नु हुँदैन । चिकित्सकको सल्लाह लिएर मात्र ब्रत बस्नु पर्छ । उच्च रक्तचापका बिरामीले व्रत लिँदा रिंगटा लागेर बेहोस हुन सक्ने भएकाले समय–समयमा ग्लुकोज पानी सेवन गरिरहनुपर्छ ।
कतिपय महिला तीजका बेला मन्दिरमा लाइन बस्दाबस्दै बेहोस हुन्छन् । बेहोस भएका व्रतालुलाई भीडभन्दा बाहिर खुल्ला ठाउँमा राख्नुपर्छ । व्रतालु बोल्न सक्ने अवस्थामा भए जीवनजल तथा ग्लुकोज पानी ख्वाउनुपर्छ । बोल्नै नसक्ने अवस्था छ भने सलाइन पानी नै दिनुपर्छ । यतिबेला ठाउँ–ठाउँमा स्वास्थ्य क्याम्प पनि राखिएको हुन्छ । त्यही लगेर सलाइन पानी दिन सकिन्छ । यस्ता बेहोस बिमारीको वरिपरि रमिता हेरेर भीड गर्नुहुँदैन ।
व्रत बस्ने अघिल्लो दिन वजनदार तथा चिल्ला खानेकुरा खाँदा बान्ता, डायरिया आदिका साथै डिहाइड्रेसन हुन सक्छ । त्यसैले अघिल्लो दिन हल्का खानेकुरा खानु उपयुक्त हुन्छ । व्रतको भोलिपल्ट पहिले कालो चिया सेवन गर्नुपर्छ भने त्यसपछि मात्र हल्का खानेकुरा खानुपर्छ ।