Successfully Copied

बजारको ट्रेन्ड चेन्ज गर्न खोजेका छौं

नेपालमा अनलाइन व्यापारको कुरा उठ्दा निकिता आचार्यलाई नचिन्ने कमै होलान् । किरण तिमिल्सिनासँग मिलेर ६ वर्षदेखि अनलाइन व्यापार गर्दै आएकी  निकिता आचार्यले सन् २०१२ उक्त व्यापार सुरु गरेकी हुन् । त्यतिबेला उनी बीबीएस तेस्रो वर्षमा अध्ययनरत थिइन् । निकिताका अनुसार जुन कुराको धेरै विकास भएको छैन

नेपालमा अनलाइन व्यापारको कुरा उठ्दा निकिता आचार्यलाई नचिन्ने कमै होलान् । किरण तिमिल्सिनासँग मिलेर ६ वर्षदेखि अनलाइन व्यापार गर्दै आएकी  निकिता आचार्यले सन् २०१२ उक्त व्यापार सुरु गरेकी हुन् । त्यतिबेला उनी बीबीएस तेस्रो वर्षमा अध्ययनरत थिइन् । निकिताका अनुसार जुन कुराको धेरै विकास भएको छैन त्यहाँ चान्स धेरै हुन्छ । त्यतिबेला भर्खर इकमर्स सुरु भएको थियो र काममा चुनौती पनि थियो तर उनले कहिल्यै हरेस खाइनन् । जब अर्वन गर्ल थियो इकमर्स राम्रै चलिरहेको थियो । त्यसमै सन्तुष्ट भएर बसेको भए युजी केक आउँदैनथ्यो होला । युजी केकमै सन्तुष्ट भएर बसेको भए युजी चक्लेट आउँदैनथ्यो । अहिले जे छ जसरी चलिरहेको छ, राम्रै चलिरहेको छ । अझ धेरै अगाडि जानु छ ।

उनले यो काम सुरु गर्दा उनका धेरैजसो साथी उच्च शिक्षाका लागि विदेश गैसकेका थिए । त्यति मात्र होइन घरमा पनि उनी भन्दा सिनियर दाजु, दिदीहरू विदेशमै थिए । म भने यतै काममा लागें । निकिता भन्दा जुनियर भाइ–बहिनीहरू किन तपाईं बाहिर नजाने ? भन्ने प्रश्न गर्छन् । उनलाई यसरी युवापुस्ता बिदेसिनुमा पुरानो पुस्ताले आफ्नो खुसीका लागि पहिलेदेखि ब्रेन वास गर्ने संस्कारलाई जिम्मेवार मान्छिन् । नेपालमा जसले जे गर्‍यो त्यसकै पछि लाग्ने भन्दा रिसर्च गरी नयाँ कन्सेप्टमा काम गर्नुपर्ने उनको मान्यता छ । अर्वन गर्लले पहिले एसेसरिजको अनलाइन व्यापार गर्थ्यो । केही समयपछि नै एसेसरिजका त्यस्ता धेरै अनलाइन सप खुलेपछि उनी केक, बेकरीको बाटोमा लागिन् । त्यो पनि धेरैले गरिरहेका छन् । आइडिया कपी गर्नुभन्दा आफ्नै नयाँ केही गर्‍यो भने नाम र दाम दुवै मिल्ने निकिताले बताइन् । 

निकिताले पहिले पकेट मनीबाट सुरु गरेको व्यवसायमा अहिले ४५ जनालाई रोजगारी दिइरहेकी छिन् । निकिताको एउटै सोच छ, यो व्यवसायलाई कसरी ठूलो बनाउँदै लाने ? अहिलेका युवाहरूले पुरानै पेसामै आबद्ध भएर बस्नुपर्छ भन्ने छैन । सम्भावनाका थुप्रै ढोका छन्, खोल्न जान्नुपर्छ । अवश्य सफल भइन्छ ।

नेपालमै काम गरी विदेशमा 

म आफ्नै देशमा काम गर्नुपर्छ भन्ने सोच राख्ने युवा हुँ । देशमा पहिलो नागरिककै रूपमा बस्नुजस्तो आनन्द अरु केहीमा छैन । मैले नेपालमै इकमर्स व्यवसायमार्फत युवापुस्ताको प्रतिनिधित्व गरिरहेकी छु । गत वर्ष म स्पिकरका रूपमा यूरोप, लन्डन, टर्की आदि ५ वटा देश पुगेकी छु साथै विभिन्न कलेजमा पनि युवा महिला उद्यमी भनेर अतिथि लेक्चररका रूपमा बोलाइन्छ । मैले नेपालमै बसेर विदेशबाट निम्ता पाइरहेकी छु, यो चानचुने कुरा हो र ? 

स्कोप आफै खोज्नुपर्छ 

स्कोप के–के हुनसक्छ आफैले आफ्नो क्षमता, इच्छाले खोज्ने हो । पाकेको खाना खान सजिलो छ तर चामल, दाल, तरकारी व्यवस्था गरी पकाएर खान चाहिँ कठिन छ । आफैले रिसर्च गरी नयाँ खालका काम गर्ने हो भने अवश्य सफल भइन्छ । 

 Image