दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।

घरपालुवाका रूपमा अहिले कछुवा पाल्ने चलन निकै बढेको छ । अरूभन्दा फरक प्रकारको घरपालुवा हो कछुवा । कछुवा पृथ्वीमा करिब १० करोड वर्षदेखि अस्तित्वमा रहेको अनुमान छ । यो सबैभन्दा बढी बाँच्ने जनावर पनि हो ।
घरपालुवा कछुवा विभिन्न थरिका हुन्छन् जस्तै सुल्काटा, रेडफुट, एलो फुट, ग्रिक, रसियन, हरमन तथा इन्डियन स्टार । कछुवा पाल्नुअघि यसका प्रजातिका बारेमा जानकारी लिनु आवश्यक हुन्छ । कछुवा ३० देखि १ सय वर्षसम्म बाँच्ने हुँदा धेरै कुरा विचार गरेर मात्र यसलाई घरमा ल्याउनुपर्छ ।
कछुवाको आहारा
कछुवाको खाना पनि त्यसको प्रजातिमा निर्भर गर्छ । कछुवा ८० प्रतिशतभन्दा बढी सागसब्जी तथा फलफूलमा निर्भर हुन्छ । यसलाई बजारको तयारी खानासमेत दिन सकिन्छ जसमा पर्याप्त मात्रामा प्रोटिन तथा मिनरल हुन्छ । क्याल्सियम तथा भिटामिन घरको खाना (सागपात) मा मिसाएर खुवाउन सकिन्छ ।
कछुवामा लाग्न सक्ने रोगहरू
घरपालुवा कछुवामा प्रायः भिटामिन एको कमी, फोक्सोसम्बन्धी रोग तथा सेल भाँचिने समस्या देखा पर्छ । भिटामिन एको कमीले इपिडर्मिस (सेलको बाहिरी परत) मा परिवर्तन आउँछ । सुख्खापन तथा परत निस्किनु त्यसको प्रमुख लक्षण हो । कछुवामा भिटामिन एको कमी हुँदा खाना नखाने, सुस्त हुने, आँखा सुन्निने आदि समस्या देखा पर्छ ।
श्वासप्रश्वासको संक्रमण ब्याक्टेरियाले हुन्छ जसमा भिटामिनको कमीले समेत सहयोग पुर्याउँछ । नाकबाट सिंगान बग्नु, आँखामा कचेरा लाग्नु, खाना नखानु, मुख खोलेरै श्वास लिनु त्यसको प्रमुख लक्षण हो । कछुवाको सेल (बाहिर कवच) फुट्नु सबैभन्दा ठूलो समस्या हो । यसबाट जोगाउन कछुवालाई जमिनमाथि टेबल तथा अन्य उचाइमा राख्नु हुँदैन । बालबालिकाहरूले बोक्दा, खेल्दा ध्यान दिनु तथा सम्भावित अरु खतरा हुने ठाउँमा जान नदिनु नै उत्तम उपाय हो ।
बिरामी कछुवाको पहिचान
खाना नखाने, आँखामा संक्रमण हुने, राम्रोसँग श्वास लिन नसक्ने, हिँडडुल नगर्ने, शरीरमा मासु पलाउन, खोलका परतहरू निस्कने आदि समस्यामा जतिसक्दो चाँडो पशुचिकित्सकको सल्लाहमा उपचार गराई कछुवालाई निरोगी बनाउन सकिन्छ ।
एडभान्सड पेट हस्पिटल, विशालनगर