पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।
पहिलो संस्करणको कास्की सुपर स्टार–२०७५ को नृत्यतर्फको उपाधि सीमा पुनले जितेकी छिन् ।
पोखरा उद्योग वाणिज्य संघको हल गैरापाटन, पोखरामा सम्पन्न फाइनल प्रतियोगितामा सहभागी १९ जनामध्ये पुन उत्कृष्ट घोषित भएकी हुन् भने सुशान्त पुन फस्ट रनर्सअप, शर्मिला परियार सेकेन्ड रनर्सअप, खुसी गुरुङ थर्ड रनर्सअप भए ।
यसैगरी गायन विधातर्फको उपाधि सुवास तामाङले हात पारे । गायन विधाको अन्तिम प्रतिस्पर्धामा ९ जना सहभागी थिए जसको फस्ट रनर्सअप सन्तोष पुन तथा सेकेन्ड रनर्सअप शर्मिला गुरुङ भए ।