कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
नेपाली औषधि बजारमा म्याग्नस फर्माले मधुमेहका बिरामीका लागि नयाँ औषधि बजारमा ल्याएको छ । यसले विश्वव्यापी रूपमै नयाँ तथा प्रभावकारी मानिएको इम्पाग्लिफ्लोजिन नामक मधुमेहको औषधि बजारमा ल्याएको हो ।
यसले औषधिको ब्रान्ड नाम ग्लिफाज राखेको छ । कम्पनीका अनुसार इम्पाग्लिफ्लोजिन संसारभर नै मधुमेहका बिरामीका लागि प्रभावकारी मानिएको औषधि हो । अरू मधुमेहका औषधिले प्यांक्रियाजमा गएर काम गर्ने र इन्सुलिनको मात्रा बढाउने काम गर्छन् तर ग्लिफाजले भने मिर्गौलामा हुने ग्लुकोजको मात्रा घटाई शरीरमा भएको अतिरिक्त ग्लुकोजलाई पिसाबमार्फत बाहिर पठाउँछ ।
बाहिरको औषधिभन्दा यो सस्तो पनि छ । म्याग्नस फर्माले नयाँ–नयाँ औषधि उत्पादन गर्दै आएको छ । म्याग्नसले यसअघि पहिलोपटक मस्तिष्कघात एवं छारे रोगका बिरामीका लागि पनि औषधि उत्पादन गरिसकेको छ ।