रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।

नेपाली औषधि बजारमा म्याग्नस फर्माले मधुमेहका बिरामीका लागि नयाँ औषधि बजारमा ल्याएको छ । यसले विश्वव्यापी रूपमै नयाँ तथा प्रभावकारी मानिएको इम्पाग्लिफ्लोजिन नामक मधुमेहको औषधि बजारमा ल्याएको हो ।
यसले औषधिको ब्रान्ड नाम ग्लिफाज राखेको छ । कम्पनीका अनुसार इम्पाग्लिफ्लोजिन संसारभर नै मधुमेहका बिरामीका लागि प्रभावकारी मानिएको औषधि हो । अरू मधुमेहका औषधिले प्यांक्रियाजमा गएर काम गर्ने र इन्सुलिनको मात्रा बढाउने काम गर्छन् तर ग्लिफाजले भने मिर्गौलामा हुने ग्लुकोजको मात्रा घटाई शरीरमा भएको अतिरिक्त ग्लुकोजलाई पिसाबमार्फत बाहिर पठाउँछ ।
बाहिरको औषधिभन्दा यो सस्तो पनि छ । म्याग्नस फर्माले नयाँ–नयाँ औषधि उत्पादन गर्दै आएको छ । म्याग्नसले यसअघि पहिलोपटक मस्तिष्कघात एवं छारे रोगका बिरामीका लागि पनि औषधि उत्पादन गरिसकेको छ ।