Successfully Copied

राम्रो होइन स्मार्टफोनको लत

स्मार्टफोनमा कुनै एउटा म्यासेज आएन भने हामी उदास हुन्छौं, अझ क्षणभरका लागि फोन बिग्रियो भने त हामीलाई संसारै डुबेको महसुस हुन्छ । फोनमा ब्यालेन्स सकियो वा इन्टरनेटको स्पिड सुस्त भयो भने हाम्रो तनाव उत्कर्षमा पुग्न थाल्छ ।

स्मार्टफोन हामी सबैको जीवनको अटुट हिस्सा बनिसकेको छ । बिहान उठेदेखि राति नसुतेसम्म हामी यसमै निर्भर रहन्छौं । चाहे मर्निङ वाक होस् वा अनलाइन पेमेन्ट, सपिङ होस् वा दिक्क लागेका बेला गीत सुन्न होस्, म्यासेन्जर, भाइबर, इमो, इमेल आदि हरेक कुरा चेक गर्न हामी फोनकै सहारा लिन्छौं । सारा संसार स्मार्टफोनलाई नै बनाइरहेको यो अवस्थामा हामी के सोच्दैनौं भने यो सानो उपकरणले हाम्रो स्वास्थ्यमा कस्तो र कति असर पुर्‍याइरहेको छ ? स्मार्टफोनमा कुनै एउटा म्यासेज आएन भने हामी उदास हुन्छौं, अझ क्षणभरका लागि फोन बिग्रियो भने त हामीलाई संसारै डुबेको महसुस हुन्छ । फोनमा ब्यालेन्स सकियो वा इन्टरनेटको स्पिड सुस्त भयो भने हाम्रो तनाव उत्कर्षमा पुग्न थाल्छ । 

फेसबुक वा अन्य सोसियल साइटमा आफ्नो स्टेटस अपडेट गर्न सकिएन वा अरूको पढ्न पाइएन भने बेचैनी बढ्दै जान्छ । यसका अतिरिक्त कतिपयमा आफ्नो फोन हराउला कि भन्ने डर हमेसा रहन्छ । फोन एक मिनेटका लागि पनि आफ्नो आँखाबाट टाढा भयो भने तनाव सुरु हुन्छ । फोनका कारण के–कस्ता समस्या निम्तिन्छन् जानी राखौं ।

नोमोफोयिबा

लोवा स्टेट युनिभर्सिटीको एक शोधअनुसार स्मार्टफोनले मानिसमा नोमोफोयिबा नामक नयाँ रोग निम्त्याइरहेको छ । यो रोगका कारण मानिसमा हरेक क्षण मोबाइल हराउँछ कि भन्ने भय रहन्छ । अझ मानिसमा यस्तो बानी हावी हुँदै जान्छ कि उनीहरू ट्वाइलेट जाँदा पनि फोन साथमै बोकिरहन्छन् र दैनिक ३० भन्दा बढी पटक फोन साथमा छ कि छैन भनेर जाँच गरिरहन्छन् । फोन घरमै वा अन्यत्र कतै छुट्यो भने जरुरी कल र म्यासेज छुट्यो होला भन्ने डर हुन्छ जसको असर मानिसको व्यक्तिगत व्यवहार एवं व्यक्तित्वमा समेत पर्दै जान्छ । यस्ता मानिसलाई फोनबिनाको जिन्दगी अधूरो–अपूरो लाग्छ । 

उपचार के हो ?

स्मार्टफोनले जीवनलाई स्मार्ट एवं अपडेटेड बनाउँछ जुन नकार्न नसकिने कुरा हो । यद्यपि अर्को के कुरामा ध्यान पुर्‍याउनुपर्छ भने यसले आफ्ना लागि सुविधा उपलब्ध गराउँछ कि यो दिक्दारीको कारण बन्छ ? मोबाइल फोनको यो लतबाट आफूलाई बाहिर निकाल्न आफ्नो जीवनको कुनै ठोस लक्ष्य बनाउनुपर्छ ।

आफूलाई मनपर्ने रुचितर्फ ढाल्नुपर्छ । अफिसमा काम गर्दा फोनलाई इयरप्लेन वा साइलेन्स मोडमा राख्न सकिन्छ । यसो गर्दा अनावश्यक म्यासेज र कलबाट मुक्त हुन सकिन्छ । आफ्ना सबै सोसलमिडिया नोटिफिकेसन बन्द गर्ने तथा फोनमा अनावश्यक एप्स नराख्ने ।

जसले गर्दा फोनमै निर्भर रहनबाट जोगिन सकिन्छ । भच्र्युअल वल्र्डबाट सम्बन्ध निर्वाह गर्नुको साटो वास्तविक जीवनमा साथीभाइ, इष्टमित्र एवं आफन्तका साथ समय बिताउनुपर्छ । जति सकिन्छ फोनबाट आफूलाई टाढा राख्ने प्रयास गर्नुपर्छ । अनुशासित रूपमा यो नियम पालन गर्ने हो भने यो लतबाट मुक्त हुन सकिन्छ ।

 Image