Successfully Copied

जसलाई जन्मायो यो वर्षले

०७४ सालको मध्यतिर रजतपटमा देखा परेकी अर्की अभिनेतृ हुन्–अदिति बुढाथोकी । चलचित्र ‘कृ’ मार्फत ठूलोपर्दामा अवतरण गरेकी बुढाथोकीले सुरुमै लोकप्रिय अभिनेता अनमोल केसीसँग रोमान्स गरिन् । केही समय मुम्बई बसेर बलिउड तथा दक्षिण भारतीय चलचित्रमा अवसरको खोजी गरेकी अदितिको उपस्थिति पहिलो चलचित्रबाटै बलियो

वर्षको लगभग सुरुतिरै चर्चामा रहन सफल भइन् अभिनेतृ दीपिका प्रसाईं । चलचित्र ऐश्वर्यमार्फत ०७४ सालमा डेब्यु गरेकी यी अभिनेतृको चर्चा लामो समय भने टिक्न सकिनन् । कला यात्राको सुरुमै अभिनेता रमेश उप्रेतीसँग स्क्रिन सेयर गर्ने सौभाग्य पाएकी प्रसाईंको चर्चा ऐश्वर्य चलचित्र हलमा रहँदासम्म रह्यो । ‘बलिउड फ्लेवर’को अनुहार भएकी दीपिकाले यो चलचित्रबाट राम्रै प्रतिक्रिया पाइन् । यद्यपि त्यसपछि उनले अध्ययन पूरा गर्ने भन्दै कुनै नयाँ चलचित्र हातमा लिइनन् ।

सिने उद्योगमा भित्रिने रहरसहित स्नातक अध्ययनरत दीपिकालाई केही वर्षअघि नै अभिनयको अफर आए पनि पढाइकै कारण उनले कुनै प्रस्ताव स्वीकार गरिनन् । एक वर्षपछि पुन: त्यही चलचित्रबाट अफर आएपछि ऐश्वर्यमा महिला केन्द्रित तथा बोल्ड चरित्रमा प्रस्तुत भएकी दीपिकाले थुप्रै चलचित्रबाट प्रस्ताव भने पाइरहेकी छिन् ।

०७४ सालको मध्यतिर रजतपटमा देखा परेकी अर्की अभिनेतृ हुन्–अदिति बुढाथोकी । चलचित्र ‘कृ’ मार्फत ठूलोपर्दामा अवतरण गरेकी बुढाथोकीले सुरुमै लोकप्रिय अभिनेता अनमोल केसीसँग रोमान्स गरिन् । केही समय मुम्बई बसेर बलिउड तथा दक्षिण भारतीय चलचित्रमा अवसरको खोजी गरेकी अदितिको उपस्थिति पहिलो चलचित्रबाटै बलियो देखियो । त्यसो त ठूलो ब्रान्डमार्फत डेब्यु गर्ने सौभाग्य कमै कलाकारले मात्र प्राप्त गर्छन् । उनले त्यो सौभाग्य प्राप्त गरिन् । सामाजिक सञ्जालमा समेत लोकप्रिय अदिति ५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर हुँदै ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनले टीभीसी तथा पेपर एडहरूमा अवसर पाइरहिन् । चलचित्रमा आउनुअघि केही म्युजिक भिडियोमा अभिनय गरेकी अदितिले केही हिन्दी गीतका म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । चलचित्र ‘कृ’ पछि उनले अन्य चलचित्रमा भने काम गरेकी छैनन् ।

अश्लेषा ठकुरी सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै ०७४ सालमै रंगीन दुनियाँमा देखा परेकी अभिनेतृ हुन् । चलचित्र ‘प्रेमगीत–२’ मार्फत रजतपटमा उदाएकी अश्लेषाले कला यात्राको सुरुवातमै राम्रो चर्चा कमाइन् । प्लस टुमा विज्ञान पढेपछि टीयुमा ब्याचलर इन डेन्टल सर्जरीमा नाम निकालेर डेन्टिस्ट बन्ने सपना बोकेकी अश्लेषाको कला यात्रा भने ‘डेन्टिस्ट’को सपना बीचमै रोकिएपछि तय भएको पाइन्छ । कैलालीकी अश्लेषाको सपनाको बाटो त्यतिबेला मोडियो, जति बेला उनी एउटा सडक दुर्घटनामा परिन् । सडक दुर्घटनापछि अध्ययन बीचैमा छोडेकी अश्लेषाको चर्चा हिन्दी चलचित्रबाट अफर आएको भनेर पनि गरियो । ‘प्रेम गीत–२’ बाट राम्रै प्रशंसा पाएकी यी नायिका अहिले भने चलचित्रविहीन छिन् ।

निखिल उप्रेतीको चलचित्र ‘रुद्र’ मार्फत सिने क्षेत्रमा प्रवेश गरेकी अभिनेतृ सारा शिर्पालीले भने निखिलकै अर्को चलचित्र ‘पिँजडा व्याक अगेन’मा पनि काम गरिन् । चार्टर्ड एकाउन्टकी छात्रा साराले केही समय लन्डनमा अध्ययन गरेकी थिइन् । साराले चलचित्रका अतिरिक्त केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । सारा पछिल्लो सञ्चारकर्मी सुव्रतराज आचार्यले निर्देशन गरिरहेको चलचित्र ‘सुश्री सम्पत्ति’ मा व्यस्त रहिन् ।

आउने तयारीमा

अघिल्लो वर्ष तरकारीवालीको नामले विश्वव्यापी चर्चामा आएकी कुसुम श्रेष्ठ यो वर्षको सुरुवातसँगै सिने उद्योगमा भित्रने तयारीमा छिन् । गोरखा, भुम्लिचोककी कुसुम चितवन तथा गोरखाबीचको त्रिशूली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेको आफ्नो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि एकाएक चर्चामा आएकी थिइन् ।

तरकारीवाली कुसुमलाई डेब्यु गराउने चलचित्र ‘लम्फु’ यही वैशाख २८ गते प्रदर्शनमा आउँदैछ । चलचित्र ‘द ब्रेकअप’ मार्फत रंगीन दुनियाँमा डेब्यु गर्ने तयारीमा रहेकी अर्की सुन्दरी हुन्–इच्छा कार्की ।

सुबिन भट्टराईको चर्चित उपन्यास समर लभमा आधारित चलचित्रबाट नेपाली मूलकी भारतीय अभिनेतृ रेवती क्षेत्री पनि यही वर्ष ठूलोपर्दामा पदार्पण गर्दैछिन् जसमा उनले सायाको भूमिका निर्वाह गरेको बताइन्छ ।  

नेपाली चलचित्रमा यो वर्ष देखापर्ने अर्की नव अभिनेतृ हुन्–जसिता गुरुङ । वर्षको अन्त्यमा प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ मार्फत काँचको पर्दामा डेब्यु गरेकी गुरुङ बेलायतका नेपाली युवतीहरूबीच संचालित नृत्य प्रतियोगिताकी विजेतासमेत हुन् । मेकअप आर्टिस्ट तथा ब्युटी ब्लगर जसिताले ट्राभल एन्ड टुरिज्ममा डिप्लोमा गरेकी छिन् । पोखराकी स्थायी बासिन्दा जसिता भूपू ब्रिटिस गोर्खा परिवारकी एक्ली छोरी हुन् । राम्रै चर्चासहित सिने उद्योगमा भित्रिएकी जसिताको डेब्यु चलचित्र अहिले प्रदर्शनरत छ ।

चलचित्र ‘सायद–२’ मार्फत वर्षको सुरुमै सिने उद्योगमा उदाएका अभिनेतृ स्यारोन श्रेष्ठ तथा निशा कार्की उक्त चलचित्रको असफलतासँगै हराइसकेका छन् । मोडलिङमा परिचित ओशिमा बानुले पनि यही वर्ष चलचित्र रोमियो एन्ड मुनामार्फत डेब्यु गरे पनि कुनै चमत्कार भने देखाउन सकिनन् ।

 

 Image