अनौठो सपना
घरघरमा डरलाग्दो मातृसत्ता हावी भएको, नारीहरू शक्तिशाली भएका, दम्भ र अहंकारले आँखा नदेख्ने भएका, सही–गलत छुट्याउन नसकेर घर–घरमा कलह र अशान्ति मडारिएको, सबै चिच्याइरहेका, कराइरहेका, चारैतिर अस्तव्यस्त ।

वान पिस साडीको चलन
ब्राइडल साडीमा सबैभन्दा ठूलो परिवर्तन भनेको वान पिस साडीको बढ्दो चलन हो । वान पिस साडी अर्थात् त्यस्ता साडी जुन ड्रेप नगरी लगाउन सकिन्छ । छिटो–छरितो, लगाउन सजिलो र आरामदायक पनि भएकाले वान पिस साडीको आकर्षण बढेको जानकारहरूको भनाइ छ । यस्तो साडी जिप अप गरेर सजिलै लगाउन सकिन्छ ।
कलर्स
यसपटक साडीमा नयाँ रंगहरूको रेन्ज अनुभव गर्न पाइँदैछ । अहिले बजारको मागसँगै परम्परागत रंगहरूमै फरक–फरक सेड्स प्रयोग भएको पाइन्छ । डिजाइनहरूका अनुसार यो सिजनका रंगहरूमा हट पिन्क, ओरेन्ज, ट्याङ्गरिङ रेडका साथमा भाइब्रेन्ट कलरसँगै रानी, पिन्क, ओरेन्ज र तिनका साथमा रोयल ब्लुको जोडामा प्योर जर्जेटमा रेशम वर्क, आरी वर्क, जरदोजी, गोटा वर्क गरिएको साडीको माग बढ्दो छ । मेटालिक टोन्समा भने सिल्भर, ग्रे तथा गोल्ड प्रचलित छन् ।
फेब्रिक
साडीमा एउटा फेब्रिकको साटो जर्जेट, सिफन, ब्रासो, सिमर, नेट आदि विविध फेब्रिक प्रयोग भएको पाइन्छ । यसबाट साडीको तौल कम हुन्छ । ट्रेडिसनल सिल्क, चँदेरी, लहरिया, जर्जेट, सिफनबाहेक नेट फेब्रिकको प्रयोग पनि बढ्दो छ ।
वर्क
रंगबाहेक साडीको वर्क र तौलमा समेत परिवर्तन आएको छ । प्राय: ब्राइडल वेयर हेभी वेट र हेभी वर्क हुन्छ तर यसपटक वर्कका साथै साडीको तौल पनि कम होस् भन्ने कुरामा ध्यान पुर्याइएको पाइन्छ । यसबाहेक रेगुलर बोर्डरका साथमा सम्पूर्ण साडीमा वर्क गरिएको छ । यसको फाइदा के हुन्छ भने साडीमा गरिएको वर्कलाई केही समयपछि अन्य पहिरनमा समेत प्रयोग गर्न सकिन्छ ।
चोलीमा प्रयोग बढ्दो
नयाँ डिजाइनको माग चोलीमा पनि भएको पाइन्छ । डिजाइनरहरूका अनुसार यसपटक सबैभन्दा बढी स्टाइलिङ चोलीमै भएको छ । त्यसैले साडी र लेहेंगाका साथ जरदोजी, मिरर वर्क, थ्रीडी वर्क गरिएका ब्लाउजको माग बढ्दो छ । पहिले साडी र लेहेंगासित सुहाउँदो फेब्रिकको ब्लाउज लोकप्रिय थियो भने अहिले फेसन स्टेटमेन्ट बदलिएको छ ।
कलर्स
फेसन डिजाइनरहरूका अनुसार यसपटक ब्लाउजमा रंग, साडीमा फेब्रिक, लेहेंगामा कन्ट्रास्ट खोजिँदैछ अर्थात् साडी वा लेहेंगा पहेंलो छ भने ब्लाउज पिन्क, साडी रातो वा हरियो छ भने चोलीको रंग सिल्भर ।
फेब्रिक
साडी नेटको छ भने ब्लाउज साटनको । लेहेंगा जर्जेटको छ भने चोलीको फेब्रिक नेट वा कटनको । यसो गर्दा चोलीमा साडीसित म्याचिङ बोर्डर लगाउनुपर्छ ।
कट्स
चोलीको रंग र फेब्रिकमा मात्र होइन कट्समा पनि पर्याप्त परिवर्तन आएको पाइन्छ । डिजाइनरहरूका अनुसार हिजोआज चोलीमा सबैभन्दा बढी एक्सपेरिमेन्ट गरिँदैछ । अहिले ब्लाउजको स्थानमा डिजाइनर चोलीको माग बढ्दो छ ।
वर्क
चोलीमा प्राय: राजस्थानी स्टाइल मिरर वर्क, गोल्ड वर्क, थ्रेड वर्क, जरदोजी, स्वरोस्की आदि गराइएको पाइन्छ ।
नेकलाइन
यसमा हल्टरदेखि वन सोल्डर, अफ सोल्डर, बस्टियर, बटरफ्लाई, चाइनिज कोलर सबै प्रकारको नेकलाइन प्रयोग भएका छन् । त्यसबाहेक चोलीमा ब्याक डिटेलिङ पनि विशेष पाइन्छ । यिनमा स्ट्रिङ स्टाइल बोट नेकलाइन, स्लिप स्ट्रिप वा विज्वेल्ड चेन डिजाइन पनि गरिन्छ । चोलीको स्लिभमा पनि प्रयोग हुँदै आएको छ । स्लिभलेस, क्वाटर स्लिभ, फ्लप्ड स्लिभ्स आदि । सी थ्रु ज्याकेट स्टाइल चोली पनि अहिले चल्तीमा छ ।
लेहेंगा पनि चलनचल्तीमा
अल्टरनेटिभ ब्राइडल वेयरमा लेहेंगाको प्रयोग बढ्दो छ । यसमा लङ स्टाइल इन छ । त्यसबाहेक घेरादार लेहेंगा, स्ट्रेट कट, फिस कट लेहेंगा पनि यो सिजनमा हिट भएको छ । अहिले सिफनका साथमा सिमर र बनारसीको कम्बिनेसन नयाँ ट्रेन्डका रूपमा विकसित भएको छ भने ब्रोकेड र सिफनको कम्बिनेसन पनि चलनचल्तीमा छ । बनारसी, कांजीवरम वा सिल्क आदि फेब्रिकमा ब्राइडल लेहेंगा तयार पार्ने चलन पनि उत्तिकै छ । अहिले अनारकलीदेखि मस्तानी स्टाइलको चलन बढेको देख्न सकिन्छ ।