रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।

डेढ दशकअघिसम्म मोबाइल बोक्ने मानिस भनेका समाजका लब्ध प्रतिष्ठित र औंलामा गन्न सकिने मात्र हुन्थे । मोबाइलभन्दा अगाडि नेपाल भित्रिएको पेजर लिनेहरूको शान बेग्लै थियो । मोबाइल भित्रिएपछि संभ्रान्त पुरुषहरू छालाको पेटीमा छालाकै कभर भएको मोबाइल कम्मरमा झुन्ड्याएर हिँडेको देख्दा त्यो मानिससँग बोल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यतिबेला आगमन कलको पनि शुल्क लाग्ने हुँदा मोबाइल हुनेखानेहरूको मात्र पहुँचमा थियो ।
यद्यपि हिजोआज समय बदलिएको छ । दिनभरि ठेलागाडा धकेल्नेले पनि निधारको पसिना पुछ्दै मैलो सर्ट वा पाइन्टको खल्तीबाट मोबाइल निकालेर हेलो भन्छ । समयसँगै मोबाइल संस्कृतिले हाम्रा कामहरूलाई पनि सहज बनाइदिएको छ । घरमा काम गर्ने सहयोगीले पनि मोबाइलबाटै फोन गर्दै आज आउन अलि ढिला हुन्छ है भन्ने बेला आएको छ । युवाहरूमाझ लोकप्रिय एसएमएस संस्कृतिले कम खर्चमा सूचना मात्र होइन भावना आदान–प्रदान गर्न पनि सहज बनाइदिएको छ ।
लामो दूरीमा रहेका साथीभाइसँग कुराकानी गर्नुपर्यो भने मोबाइल च्याटिङ वरदान साबित भएको छ जसले समय र खर्च दुवै कम गरेको छ । पछिल्लो समयमा उपलब्ध थ्रि जी मोबाइलमा त्यस्ता कयौं सुविधा छन् जसले कम्प्युटरमा हुने सानातिना काम पनि गर्छन् । आइटी इन्जिनियरिङ अध्ययनरत दिवस भन्छन्–पहिले कुनै युवतीलाई प्रपोज गर्नुपर्यो भने दस पटक सोच्दा पनि भन्न सकिँदैनथ्यो । अझ उनलाई भेट्न धाएर टाढा पुगी समय खर्च गर्नु त छँदैछ तर आज एसएमएस, च्याट आदिले यस्ता कुरा सहज बनाइदिएका छन् ।
व्यक्तिगतबाहेक व्यवसायिक काम जस्तै आफ्नो बैंक ब्यालेन्स चेक गर्नुपरे मोबाइल नै काम आउँछ भने कार्डबाट पैसा निकालेको सूचना पनि मोबाइलमै प्राप्त हुन्छ । हिजोआज सार्वजनिक हितमा जारी सूचना पनि मोबाइलको एसएमएस बक्समा पढ्न पाइन्छ ।