तीजमा सिर्जनशील महिला उद्यमी मेला
काठमाडौंमा हरितालिका तीजको अवसरमा पाँच दिने सिर्जनशील महिला उद्यमी मेला हुने भएको छ ।

लेखक तथा साहित्यकार भुवनहरी सिग्देलले पन्ध्रौं कृति ‘आमोई’ बजारमा ल्याएका छन् । नेपाली साहित्यको होड चलिरहेको बेला आमोइ नामक कृति नौंलो स्वाद बोकेर भर्खरैं बजारमा आएको हो । उपन्यासमा आफ्नो पतिको अनुहार समेत राम्ररी नदेखेकी र बालविधवाका रुपमा सिङ्गै जीवनको लामो बाटो तय गरेकी ती वीराङ्गनाको जीवनकथा छ ।
काठमाडौंका काँठमा जन्मिएकी नेपालकी छोरी मंैयाँले सिग्देल कुलकी गृहलक्ष्मी भएर आमोई बन्दासम्मको लामो कालावधिमा नियतिका कस्ता कस्ता क्रूर झम्टाहरु सहनुर्यो ? तिनको सङ्घर्ष–गाथाले पाठकलाई चिन्तनशील बनाउँछ ।
कहालीलाग्दो जीवनका जघन्य घटना र चूडान्त आँधी–हुरी खपेर पनि आफ्नो परिवारको कुलदीपलाई चम्किलो पारेर बाल्न सक्ने सामाथ्र्य भएकी एक्ली नारी आमोई र समाजमा दु:खको पराकाष्ठ भोगर पनि कत्ति विचलित नभई आदर्श जीवन यापन गर्न दत्तचित्त रहने न्याउरी जस्ता महनिय नारी पात्रको कथा हो आमोई । यसैगरी हाम्रो मौलिक नेपाली संस्कृतिप्रति आदर गर्दै आफ्नी ठुलीआमा र काकी(आमोई) प्रति श्रंद्धाञ्जलि समर्पण गरिएको प्रस्तुत जीवनगाथाले लेखक स्वयंमको संवेदनापूर्ण एवं सङ्घर्षमय जीवनकथालाई उपन्यासले छर्लङ देखाउँछ ।
अन्तत: आमोई नामक कृतिले नेपाली समाजका महिलाहरुको अवस्था के थियो र छ भन्ने कुरा प्रष्ट पार्छ । यसकारण, आमोई सबैले पढ्नै पर्ने पुस्तकका रुपमा स्विकार्न योग्य छ ।
तस्विर: नवराज वाग्ले