आकर्षक भित्ताले घरको सुन्दरतामा सुगन्ध संचार गर्छ। आफ्नो सपनाको संसारमा नयाँ तरिकाले निखार ल्याउन केही स्मार्ट वाल डेकोरेटिभ आइडिया अपनाउन सकिन्छ।
मिरर : भित्तालाई सजाउन मिरर अर्थात् आकर्षक ऐनाभन्दा राम्रो अर्को कुनै विकल्प छैन। ठूलो फ्रेम भएको मिरर वाल डेकोरेसनमा त काम आउँछ नै, त्यसको प्रयोगले सानो कोठालाई पनि ठूलो देखाउन सकिन्छ।
डेकोरेटिभ टिप्स
- ठूलो आकारको मिरर छनोट गर्नुपर्छ।
- मिररको प्रयोग विशेषगरी लिभिङ र डाइनिङ रुमको भित्ता सजाउन गर्नुपर्छ।
सिनरी : वाल डेकोरेसनका लागि ठूलो र ब्राइट सिनरिज पनि उत्तम उपाय हो। यसले भित्तालाई सजाउनुका साथै प्राकृतिक सौन्दर्य पनि झल्काउँछ।
डेकोरेटिभ टिप्स
- डाइनिङ रुमको वाल डेकोरका लागि फ्रुट्स र भेजिटेबल सिनरिजलाई प्राथमिकता दिनुपर्छ।
- लिभिङ रुमका लागि नेचुरल सिनरिज जस्तै गार्डेन, माउन्टेन, झरना, नदी आदिका दृश्य छनोट गर्नुपर्छ।
वालपेपर : वाल डेकोरेसनमा वालपेपरको प्रयोग सबैभन्दा सहज उपाय हो। आवश्यकता मात्र सही छनोटको हो।
डेकोरेटिभ टिप्स
- थिमअनुसार वालपेपर छनोट गर्नुपर्छ। कोठालाई फ्लोरल थिम दिने चाहना छ भने फूलको डिजाइनयुक्त वालपेपर छनोट गर्नुपर्छ।
- फर्निचर वा फ्लोरिङसित म्याच हुने वालपेपर प्रयोग गर्नुपर्छ। यसबाट कोठाको सुन्दरता वृद्धिमा सहयोग पुग्छ।
ह्याङ्गिङ् डेकोर आइटम्स : वाल ह्याङ्गिङ् डेकोरेटिभ आइटम्सबाट पनि भित्ता सजाउन सकिन्छ। बजारमा यसका अनेकौं रेन्ज उपलब्ध छन्।
डेकोरेटिभ टिप्स
- ह्याङगिङ क्यान्डल वाल स्ट्यान्डले भित्ता सजाउनुपर्छ। यसले घरको सुन्दरतामा निखार ल्याउनुका साथै घरमा उज्यालो छर्ने काम पनि गर्छ।
- पूजाघरको भित्ताका लागि भगवान्को प्रतिमा वा स्वस्तिक, ओमजस्ता शुभ प्रतीक मानिने ह्याङगिङ्स उपयुक्त हुन्छन्।
अल्फाबेटिकल वाल डेकोरेटिभ : बजारमा अल्फाबेट्सयुक्त वाल डेकोरेटिभ आइटम्स पनि पाइन्छन्। जस्तै ठूलो साइजको ए, बी, सी, डी। यसैगरी ठूल्ठूला फ्रेममा म्यासेज पनि उपलब्ध हुन्छन्।
डेकोरेटिभ टिप्स
- अल्फाबेटिकल्स वाल डेकोर आइटम्स बालबालिकाको कोठाका लागि बढी सुहाउँदो हुन्छ।
- यसैगरी म्यासेज लेखिएको फ्रेम पनि लिविङ रुमका लागि उपयुक्त हुन्छ।
सर्टिफिकेट्स : आफ्नो उपलब्धि अर्थात् सर्टिफिकेट्सबाट पनि घरको वाल डेकोर गर्न सकिन्छ। ती सर्टिफिकेटहरूलाई फ्रेम गरी भित्तामा सजाउन सकिन्छ।
डेकोरेटिभ टिप्स
- सर्टिफिकेट्सका लागि आकर्षक फ्रेम छनोट गर्नुपर्छ, जसबाट तिनको सुन्दरता अझ बढ्छ।
- सर्टिफिकेट्सको फ्रेम वालमा झुन्ड्याउन मिल्ने गरी बनाएर भित्तामा सजाउनुपर्छ। सबैभन्दा पहिले ठूलो साइजको फ्रेम राख्नुपर्छ। त्यसपछि त्यो भन्दा सानो र अन्त्यमा सबैभन्दा सानो साइजको फ्रेमलाई स्थान दिनुपर्छ।
मुखुन्डो : भित्तालाई विशेष तरिकाले सजाउन मुखुन्डो पनि प्रयोग गर्न सकिन्छ।
डेकोरेटिभ टिप्स
- घरलाई एन्टिक लुक प्रदान गर्न जनावरका मुखुन्डो छनोट गर्न सकिन्छ।
- ड्रामाटिक लुकका लागि हाँसेको-रोएको नाटकीय मुखुन्डो प्रयोग गर्नुपर्छ।
पेन्टिङ्स : पेन्टिङ्सको माध्यमबाट पनि वाल डेकोर गर्न सकिन्छ। यसले घरलाई आर्टिस्टिक लुक प्रदान गर्छ।
डेकोरेटिभ टिप्स
- लाइट सेडको भित्तामा डार्क सेड वा डार्क सेडको भित्तामा लाइट सेडको पेन्टिङ लगाउनुपर्छ। यसबाट कोठालाई आकर्षक लुक प्राप्त हुन्छ।
- कोठाको मात्र एउटा भित्तामा पेन्टिङ झुन्डाउनुपर्छ। यसबाट सबैको ध्यान त्यो भित्तामा जान्छ।
वाल क्लक : कोठाको भित्ता सजाउन वाल क्लक पनि राम्रो विकल्प हो। यसले आवश्यक कुरा पूरा हुनुका साथै भित्ताको सौन्दर्य पनि बढाउँछ।
डेकोरेटिभ टिप्स
- कोठालाई स्टाइलिस लुक दिन चाहने हो भने ठूलो साइजको वाल क्लक छनोट गर्नुपर्छ।
- एन्टिक लुकका लागि बेलयुक्त ठूलो खालको वाल क्लक प्रयोग गर्न सकिन्छ।
फोटो फ्रेम : जीवनका विशेष क्षणलाई सुन्दर तथा आकर्षक फ्रेममा कैद गरेर पनि भित्ता सजाउन सकिन्छ। यसका लागि फोटो फ्रेम्सबाट भित्ता सजाउन वा कुनै एउटा ठूलो फोटो फ्रेममा थुप्रै फोटोग्राफ्स लगाउन सकिन्छ।
डेकोरेटिभ टिप्स
- बेडरुमको भित्तालाई व्यक्तिगत तस्बिरहरूले सजाउनुपर्छ।
- लिभिङ रुमका लागि फेमिली फोटोग्राफ्स छनोट गर्नुपर्छ।
- इच्छानुसार ब्ल्याक एण्ड व्हाइट फोटोग्राफ्स पनि छनोट गर्न सकिन्छ।
वर्षामा ध्यान दिनुपर्ने कुराहरू
- सपना सापकोटा भुसाल
इन्टेरियर डिजाइनर
घरको भित्ता र छानामा हुने चुहावट : वर्षा सुरु हुनेबित्तिकै घरको भित्ता र छाना रसाउँछ कि भनेर ध्यान पुर्याउनुपर्छ। रसाउँछ भने वाटरप्रुफ कोटिङ प्रयोग गरी रिपेयर गर्नुपर्छ। चिराहरू छन् भने टाल्नुपर्छ। कौसीमा लुज टायल वा मिसिङ टायल भए बदल्नुपर्छ। छतको पानी निकास हुने पाइपको मुख खोल्न बिर्सनुहुँदैन।
भेन्टिलेटरको प्रयोग : घरको जुन भित्तामा ओस लाग्छ त्यस्ता ठाउँमा भेन्टिलेटर बनाउनुपर्छ। यसले ओस कम हुनुका साथै ताजा हावा पास हुन सहयोग पुग्छ। ताजा हावाले ओसिलो भित्तालाई सुक्न मद्दत पुर्याउँछ।
इलेक्टि्रकल कुरा चेक गर्ने : वर्षामा विशेष गरी घरबाहिरका एक्सपोज्ड बिजुलीका स्विच चेक जाँच गर्नुपर्छ र तुरुन्तै कभर गर्नुपर्छ। विशेष इलेक्टि्रक रुममा कुनै सिपेज छ कि जाँच्नुपर्छ। समस्या देखिए तुरुन्तै इलेक्टि्रसियनसँग सल्लाह लिनुपर्छ। सिपेज हुने भित्तामा इलेक्टि्रक बोर्डहरू परे विशेष हेरचाह गर्नुका साथै उक्त समस्या समाधान गर्नुपर्छ।
कीरा-धमिराको आतंक : वर्षामा हुने चिसो तथा ओसका कारण धमिरा लाग्नु स्वाभाविक हो। यस्ता कीराबाट जोगिन रसायनयुक्त स्प्रे प्रयोग गर्नुपर्छ।
वुडन फ्लोरिङको हेरचाह : पानी पर्ने सिजनमा वुडन फ्लोरिङमा ढुसी आउनसक्छ। त्यसैले यो मौसममा फ्लोरिङमा विशेष ध्यान पुर्याउनुपर्छ। चिसोका कारण फ्लोरिङको सेप र क्वालिटी बिग्रन्छ। विशेष पालिस वा वाक्स पालिसको प्रयोगबाट फ्लोरिङ सुरक्षित रहन्छ।
काठको दराज र घर्रा : वर्षामा काठका दराज र घर्राहरूमा पनि एक किसिमको कीरा लाग्छ। त्यसैले कपडाको सुरक्षाका लागि कपूर, निमको पात, ल्वाङ आदि राख्नु राम्रो हुन्छ।
घर रिनोभेट गर्नुहुँदैन : रिनोभेट भन्नासाथ वाल पेन्टिङ, वाटर प्रुफिङ आदि कुरा आउँछन् जसलाई सूर्यको किरण आवश्यक हुन्छ र यो आफैंमा चिसो भएका कारण वर्षामा सुक्न गाह्रो हुनुका साथै यसले ओस पनि बढाउँछ।
आइरन फर्निचर : आइरन फर्निचर भन्नासाथ आउटडोर फर्निचरका साथै मौसम सुहाउँदो भन्ने बुझिन्छ। त्यसैले यस्ता फर्निचर वर्षाअघि नै एन्टिरस्ट पेन्ट कोटिङ गर्नुपर्छ। त्यसमा वासना नआउने हेयर कलर पनि प्रयोग गर्न सकिन्छ जसले फर्निचर रस्टिङ हुन दिँदैन।