Successfully Copied

स्वास्थ्य

जुनसुकै उमेरमा दाँत सफा गर्न सकिन्छ। सामान्यतया युवावस्थादेखि दाँत सफा गराउनुपर्छ। साना शिशुको दाँत फोहोर छ र गिजा सुन्निएको छ

डा. शुभेच्छा कार्की, अर्थोडेन्टल क्लिनिक

कति वर्षको उमेरदेखि दाँत सफा गर्नु उचित हुन्छ ?

जुनसुकै उमेरमा दाँत सफा गर्न सकिन्छ। सामान्यतया युवावस्थादेखि दाँत सफा गराउनुपर्छ। साना शिशुको दाँत फोहोर छ र गिजा सुन्निएको छ भने पनि सफा गर्न सकिन्छ। बालबालिकादेखि युवा एवं वृद्धवृद्धासम्म सबैले दाँत सफा गर्नु आवश्यक छ।

दाँत कति महिनाको फरकमा सफा गराउनपर्छ ?

सामान्यतः ६-६ महिनाको फरकमा सफा गराउनुपर्छ। यसबाट दाँतमा रहेको फोहोर निस्केर दाँत सफा हुन्छ। सामान्य जाँचपछि दाँत सफा गर्नुपर्ने-नपर्ने कुरा तय गर्न सकिन्छ।

दाँत सफा गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ कि पर्दैन ?

कतिपय मानिसमा दाँत सफा गर्दा सिरिङ्ग भयो भन्ने धारणा पाइन्छ। लामो समयसम्म सफा नगराउँदा दाँतमा धेरै नै फोहोर अड्किएको हुन्छ। त्यसले गर्दा गिजा वरिपरिको भाग संवेदनशील हुन्छ। यसले गर्दा सिरिङ्ग हुन्छ तर त्यो क्षणिक हुन्छ। दाँत सफा गराउँदा स्वास्थ्यमा नकारात्मक असर पर्दैन। दाँतमा भएको फोहोर बाहिर निस्केर दाँत र गिजा अझ स्वस्थ तथा स्वच्छ हुन्छ।

दाँत सफा गरेपछि के-कस्ता कुरामा ध्यान दिनुपर्छ ?

खासै ध्यान दिनुपर्दैन। दाँत सफा गरेको एक-दुई घन्टासम्म केही खानुहुँदैन। सफा गरेको दिन धेरै चिसो वा धेरै तातो खानेकुरा खानुहुँदैन। इन्टर डेन्टल ब्रस तथा डेन्टल फ्लसिङ गर्नुपर्छ। नियमित रूपमा बिहान-बेलुकी ब्रस गर्नुपर्छ।

सास किन गन्हाउँछ ?

राम्रोसँग दाँत सफा नगर्दा खानेकुरा जम्मा भएर सास गन्हाउँछ। कुल्ला गर्दा पनि दाँतमा राम्रोसँग पानी छिर्न सक्दैन। कतिपय मानिसमा पेटको रोग भए पनि सास गन्हाउने समस्या हुन्छ। त्यसैले दाँत सफा गराउनु आवश्यक छ।

सौन्दर्य

विष्णु ठाकुर

मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस्ट

केशको प्रकार अनुरूप कलर गर्ने विधि फरक हुन्छ  ?

केश जम्मा ३ प्रकारको हुन्छ, नरम, फिन र ड्राइ। नरम केशमा जहिले पनि वान स्टेप हाई गर्नुपर्छ। फिजी हेयर छिटो बस्छ र ड्यामेज हेयरमा कलर गर्दा पहिले हेयर स्पा गर्ने र त्यसपछि कलर गर्ने। कलर गरेपछि जहिले पनि स्याम्पु गर्नुपर्छ। त्यसपछि हेयर स्पा लगाई एकछिन राखेर पखाल्नुपर्छ।

कसैकसैको कलर गर्दा भित्र बढी र बाहिर कम बसेको पाइन्छ नि ?

कलरका बारेमा थाहा नभएर त्यस्तो भएको हो। केशको बाहिरी भागको अनुपातमा भित्री भागमा हिट बढी हुन्छ र कलर मिक्स गर्दा डेभ्लपर पनि मिक्स गरिन्छ। डेभ्लपर पहिले नै हिट हुन्छ। टाउकाको हिट र डेभ्लपरको हिट दुवै मिलेपछि बढी नै हिट हुन्छ। त्यसैले कलर लगाउँदा जराभन्दा २ इन्च छाडेर लगाउनुपर्छ। २५ मिनेटपछि भोलुम मिक्स गरेर जरामा कलर लगाई १० मिनेटपछि पखाल्नुपर्छ।

कुन-कुन कलर केशमा बस्दैन ?

एसियन कलर, सेड कलर ब्ल्याक, नेचुरल ब्ल्याक छ भने फेसन रिफ्लेक्ट कलर बस्दैन। जस्तैः गोल्डेन, कपर, चेस्ट गोल्ड कलर। मेहन्दी लगाएको केशमा पनि फेसन रिफ्लेक्ट कलर बस्दैन।   

कलरले केश ड्यामेज गर्छ भनिन्छ नि ?

कलरमा जति पनि अमोनिया फ्री भनिए पनि पूरै फ्री हुँदैन। त्यसैले कलर गर्नुभन्दा पहिले अमोनिया केयर वा हेयर मास्क प्रयोग गर्ने। कलरका लागि लोरियलको छुट्टै स्याम्पु पाइन्छ। कलरपछि केशमा कम केमिकल भएको स्याम्म्पु प्रयोग गर्ने। कन्डिसनरको सट्टामा हेयर स्पा प्रयोग गर्ने। सकेसम्म जरामा नछुने।

हाइलाइट गराउँदा केश ड्यामेज हुने कुरा कत्तिको सत्य हो ?

हाइलाइट गराउँदा पहिले हेयर स्पा गर्ने अनि मात्र हाइलाइट गर्ने। हाइलाइटपछि हेयर स्पा लगाएर पखाल्ने जसले गर्दा सुख्खापन कम हुन्छ।

 Image