Successfully Copied

सौन्दर्य स्वास्थ्य

यहाँ अनुहारको चायाँ-पोतो हटाउने, पेट घटाउने, फेस लिफ्ट आदि सबै उपचार गरिन्छ। गालामा डिम्पल बनाइन्छ भने अनुहारको कोठी पनि हटाइन्छ।

डा. निर्वाणा थापा, कस्मेड

कस्मेडमा कस्तो उपचार गरिन्छ ?

यहाँ अनुहारको चायाँ-पोतो हटाउने, पेट घटाउने, फेस लिफ्ट आदि सबै उपचार गरिन्छ। गालामा डिम्पल बनाइन्छ भने अनुहारको कोठी पनि हटाइन्छ।

सबै उपचार सर्जरीबाटै गरिन्छ ?

यहाँ सर्जिकल तथा नन सर्जिकल दुवै विधिबाट उपचार गरिन्छ।

सर्जिकल तथा नन सर्जिकल विधिबाट कुन-कुन उपचार गर्न सकिन्छ ?

सर्जिकलबाट स्तन सानो-ठूलो बनाउने, अनावश्यक 'ठूलो' पेट घटाउने आदि काम गरिन्छ भने नन सर्जिकलबाट निधार तथा आँखा वरिपरिको चाउरी एवं अनुहारको डन्डिफोर हटाउने गरिन्छ।

डिम्पल राख्न कुन उमेरका बढी आउँछन् ?

२०-२२ वर्षका युवती बढी मात्रामा आउँछन्।

बोटोक्स भनेको के हो ?

निधार तथा आँखा वरिपरिको चाउरी हटाउने प्रक्रियालाई बोटोक्स भनिन्छ।

कस्मेडको उपचार कत्तिको सुलभ छ ?

यहाँ आउने ग्राहकको आवश्यकताअनुसार उपचार गरिन्छ। ग्राहकको रुचिअनुसार के गर्ने त्यसैमा भर पर्छ। यहाँ उपचार गरेर गएका ग्राहकसँग हाम्रो सेवाका सम्बन्धमा फोन गरेर जानकारी लिइन्छ।

महिला र पुरुषमध्ये को बढी आउँछन् ?

दुवैको संख्या बराबरजस्तो छ। केश पातलो भएका, अनावश्यक रूपमा स्तन बढेका पुरुषहरू उपचार गराउन आउँछन्। यसैगरी शिशु जन्मिएपछि पेट ठूलो भएका, स्तन घटाउने वा बढाउने मन भएका, नमिलेको नाक तथा आँखा मिलाउन पनि महिलाहरू आउँछन्।  

ईन्टेरियर

सपना भुसाल, इन्टेरियर डिजाइनर

घर पुरानो मोडलको छ, कोठाहरू पनि स-साना छन् भने त्यसमा नयाँ फ्लोरिङ कसरी गर्न सकिन्छ ?

धेरै किसिमले गर्न सकिन्छ। सबैभन्दा पहिले आफू बस्ने ठाउँको मौसमलाई ध्यान राख्नुपर्छ। कोठा सानो भएकाले एउटै किसिमको फ्लोरिङ गराउँदा कोठाका फ्लोरमा ब्रेकडाउन देखिँदैन भने कोठा पनि ठूलो देखिन्छ। फ्लोरिङ गर्दा किचेनमा मार्बल वा ठूल्ठूला साइजका टायल प्रयोग गर्नु राम्रो हुन्छ।

नयाँ घरको फर्निचर र स्पेस कसरी मिलाउने ?

कोठाको आकारलाई मध्यनजर गरी फर्निचरको साइज निर्धारण गर्नुपर्छ। फर्निचर राख्दा हिँड्ने प्यासेजलाई कसरी मिलाउने भन्न्ने कुरा महत्त्वपूर्ण हुन्छ। कोठाको प्रत्येक कुनालाई राम्रोसँग प्रयोगमा ल्याउनुपर्छ अन्यथा डेड स्पेस रहनसक्छ, जसले कोठाको लुक नै बिगार्छ।

फेमिली रुम र स्टेयरको छेउमा सानो ठाउँ निस्किएको छ। उक्त ठाउँमा न त सोफा राख्न मिल्छ न त कोठा नै बनाउन सकिन्छ भने त्यो खाली ठाउँमा के गर्न सकिन्छ ?

त्यसमा सानो कोणसोफा राखेर त्यसमाथि फ्लावर भास, मूर्ति आदि राख्न सकिन्छ। कोणसोफाको पछाडि प्रोपरसन मिल्ने गरी ऐना राख्दा ठाउँ पनि ठूलो एवं आकर्षक देखिन्छ।

लिभिङ रुम साह्रै ठूलो छ भने इन्टेरियर र स्पेस कसरी मिलाउने ?

त्यस्तो छ भने ब्रेक डाउन गर्नुपर्छ। सोफाको अलग-अलग डिजाइन, प्यार्टन सेटअप गर्न, रुमको सेन्टर मिलाएर बीचको खाली ठाउँलाई ध्यान दिएर कुनै कम चौडाइ भएको डेकोरेसन ट्रान्सप्यारेन्ट उड, जाली वा ग्लास पार्टेसन गर्ने, भित्तामा डार्क टेक्सचर कलर वा वालपेपरले हाइलाइट गर्ने।

खानपान

शकुन्तला दाहाल, साप्तिक फुड

जाडो र गर्मी महिनाको अचार फरक-फरक हुन्छ ?

अचार पनि कृषिसँग सम्बन्धित भएकाले सिजनअनुसार फरक हुन्छ तर सामान्यतया सिसीमा प्याक गरेर राखिने अचार वर्षभरि नै खान सकिन्छ। जाडोमा मसलेदार तथा पिरो अचार धेरैले रुचाउँछन्।

बट्टामा बन्द गरी राखिने अचारलाई कसरी सुरक्षित राख्ने ?

तुलनात्मक रूपमा जाडोमा बनाइने अचार बढी समय रहन्छ। यद्यपि यसरी लामो समयसम्म खानयोग्य अचार बनाउँदा पोषण र सुरक्षालाई ध्यान दिनुपर्छ। त्यसैले पहिले बोतललाई नै बढी प्राथमिकता दिनुपर्छ। सिसाको बोतलमा अचार राख्ने हो भने भाँडामा पानीसँगै बोतल राखेर १० मिनेटसम्म उमाल्ने। त्यसपछि झिकेर सुकाउने र बट्टामा अचार हालेर लेदोमाथि लपक्कै तेल हालेर बन्द गर्नुपर्छ।

प्लास्टिकको बट्टामा अचार भरेर राख्ने हो भने के गर्नुपर्छ ?

प्लास्टिकको बट्टामा अचार राख्ने हो भने केएमसी केमिकललाई पानीमा हालेर बट्टालाई आधा घन्टासम्म डुबाउने। त्यसपछि पुछपाछ गरेर घाममा सुकाउने। सुकेको २ घन्टाभित्र अचारलाई उक्त बट्टामा प्याक गरिसक्नुपर्छ।

अचारलाई घाममा राख्नु कत्तिको उपयुक्त छ ?

सिसीको अचारलाई घाममा बोतल खोलेर राख्ने चलन छ। जुन स्वास्थ्यका लागि हानिकारक छ। त्यसो गर्दा अचारको रंग पनि उड्छ। सिसीमा राखिएको अचारलाई कोठाको तापक्रममा त्यत्तिकै राख्नु राम्रो हुन्छ।

सिसी प्याक गर्ने विधि केहो ?

सफा गरिएको बोतलमा तयारी अचार हाली तेलले लपक्क छोपेर टाइट हुने गरी बन्द गर्नुपर्छ।  

सिसीको अचार बनाएको कति समयभित्र खान सकिन्छ ?

यो कुरा अचारमा भर पर्छ। मुलाको अचार हो भने १० दिनभित्र खान सकिन्छ। काँक्राको भए १ हप्ता, कागतीको अचार १ महिनासम्म गलाउनुपर्छ।

सिसी खोलेर कति समयसम्म त्यो अचार खान योग्य हुन्छ ?

सिसी खोलेर १ महिनासम्म खान सकिन्छ।

जाडो महिनाका लागि कुन अचार उपयुक्त हुन्छ ?

कागती, लप्सी तथा मुलाको अचार।

सिसी खोलेको तीन-चार दिनमै अचार ढुसी पर्नुको कारण के होला ?

सिसी खोलेर अचार लिने बेला भिजेको चम्चा डुबाउँदा ढुसी पर्छ। त्यसैले चम्चा डुबाउँदा सफा रुमालले पुछेर मात्र अचार झिक्नुपर्छ।

मोटोपन कम गर्ने उपाय

मोहन भुसाल, हेल्दीहोम, बानेश्वर

अल्ट्रासोनिक उपचार कस्तो किसिमको उपचार हो ?

यो एक प्रकारको विद्युतीय उपचार विधि हो। यसको सहयोगले शरीरमा भएको अनावश्यक बोसो कम गरिन्छ। बीएमआई परीक्षण गरी त्यसका आधारमा उपचार हुन्छ।

बीएमआई टेस्टले के देखाउँछ ?

यसले शरीरमा भएको अनावश्यक बोसो, पानीको मात्रा, मासंपेशीको मापदण्ड तथा मोटोपनका सम्बन्धमा सूचना दिन्छ। यसबाट शरीरमा भएको हरेक तत्वको जानकारी प्राप्त हुन्छ।

महिलाहरूले मोटोपन किन कम गर्नुपर्छ ?

मोटोपनले उच्च रक्तचाप, डाइबिटिज, थायोराइड, कोलेस्ट्रोलजस्ता रोग निम्त्याउँछ। त्यसैगरी यसले महिलाहरूको शरीर अनाकर्षक पनि देखिन्छ। मोटोपन बढ्दा आफूले भनेअनुसार पहिरन लगाउन सकिँदैन। यसले कुरूपता जन्माउँछ।

शरीरमा खनिज कम भए के गर्नुपर्छ ?

डाइटिङ गर्दा शरीरमा खनिजको कमी हुन्छ। शरीरमा खनिजको लेबल १५ सय हुनुपर्छ। त्यो भन्दा कम भए चाँडै भोक लाग्छ। त्यसैले विभिन्न सप्लिमेन्ट आवश्यक हुन्छ।

अल्ट्रा सोनिक उपचार पद्धतिको साइड इफेक्ट कत्तिको हुन्छ ?

कुनै साइड इफेक्ट छैन। यसले शरीरलाई मेन्टेन गर्छ। त्यसैले यसको कुनै साइड इफेक्ट छैन। यसले शरीरमा भएको लेयरयुक्त बोसो घटाउँछ। शरीरलाई सन्तुलित बनाउँछ।

शरीरको मोटोपनमा के-कस्ता तत्वले असर गर्छन् ?

हाम्रो अनियमित खानपानले गर्दा मोटोपन बढ्छ। यसलाई मेन्टेन गर्नुपर्छ। जीवनशैली तथा जिनका कारण पनि मोटोपन देखिन्छ। महिलाहरूमा विवाह तथा शिशुको जन्मपछि मोटोपन देखिन्छ। यो हार्मोनको कारणले पनि हुनसक्छ।

शरीरलाई फिट राख्न के गर्नुपर्ला ?

शरीरलाई फिट राख्न एक त मानसिक रूपमा स्वस्थ रहनुपर्छ। खनिजलाई बढाउने,  कोलेस्ट्रोल कम गर्ने, बोसो घटाउने, तनाव कम लिने तथा मेटाबोलिज्म बढाउनुका साथै टाइम टेबलमा चल्नुपर्छ।

ओभर वेट कसरी मापन गरिन्छ ?

हाम्रो सर्टिफाइड मेसिनले मानिसको उमेर, उचाइ तथा शरीरको संरचना हेरी वेटको मापन गर्छ।

 Image