Successfully Copied

कसरी बच्ने उपभोक्ता धोकाधडीबाट

अहिले बजारको कुनै ठेगान छैन। सामानहरू खरिद गर्दा ठगीमा परिने त छँदैछ आफूले सोचेभन्दा कम गुणस्तरका सामानमा पैसा खेर पनि जान्छ।

अहिले बजारको कुनै ठेगान छैन। सामानहरू खरिद गर्दा ठगीमा परिने त छँदैछ आफूले सोचेभन्दा कम गुणस्तरका सामानमा पैसा खेर पनि जान्छ। यसबाट आफूलाई पर्ने जाने घाटाको आफै भागिदार बन्नुपर्छ। यस्तो धोकाबाजीबाट केवल पैसामात्र बर्बाद हुँदैन यसले स्वास्थ्यमा पनि हानी पुर्‍याउँछ। हिजोआज सामान नक्कली पर्नु, सोचेभन्दा अलग पर्नु सामान्यजस्तै बन्दै गएको छ।

महिनाको दुईपटक पार्लर जाने रोशनी लामाले एकपटक सेहनाजको फेसियल भनेर तिरेको फेसियलको परिणाम राम्रो नआएपछि गुनासो गरिन्। प्रयोग गरिएको क्रिम कुन हो भनेर देखाउन जिद्दी गरेपछि बल्ल उक्त फेसियल क्रिम गुणस्तरहीन भएको कुरा थाहा भयो र उनलाई निकै रिस पनि उठ्यो। यस्तो ठगीको सिकार रोशनी मात्र होइन असंख्य महिला हुन्छन्। औषधि पसलमा डेट एक्सपायर औषधि मिति केरमेट गरी बिक्री गरिन्छ। कतिपय अवस्थामा सामग्री खरिद गरिसकेपछि आफूले भनेजस्तो सेवा प्राप्त गर्न सकिँदैन। कहिलेकाहीँ अस्पतालहरूले पनि राम्रो सेवा दिँदैनन्। आफ्नो उत्पादनको गलत जानकारी दिएर सामान बिक्री गरिन्छ। यस्ता अनेकौं समस्या ग्राहकहरूले भोग्नुपर्छ। यस्ता समस्याका लागि ग्राहकहरूले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ। यो परिवर्तन हामी आफैले सुरु गर्नुपर्छ। हुन त अहिले ग्राहक तथा उनीहरूको अधिकारका लागि विभिन्न विज्ञापन पनि गरिन्छ। यद्यपि आफूलाई परेको समस्याबाट पार पाउन आफैबाट सुरुवात गर्नुपर्छ। पसलेहरूले लेवल तथा स्टिकर लगाएर बढी मूल्यमा सामान बेच्छन्। यस्ता अनेकौं उपायबाट उपभोक्ताहरूको अधिकारको हनन भैरहेको छ।

सामान खरिद गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुुपर्छ ः

-  एगमार्क लगाइएको सामान खरिद गर्नुपर्छ।

-  सामान खरिद गर्दा लट नम्बर याद गर्नुपर्छ।

-  प्याकिङमा मिति, उत्पादनको तौल, एक्सपायर डेट आदि हेर्नुपर्छ।

-  उत्पादकको नाम तथा ठेगाना हेर्नुपर्छ।

-  सामान खरिद गरेपछि भ्याट बिल लिनुपर्छ।

-  विज्ञापनको मात्र भर परेर सामान खरिद गर्नुभन्दा गुणस्तरमा ध्यान पुर्‍याउनुपर्छ।

-  तौलमा ध्यान पुर्‍याउनुपर्छ।

 Image