Successfully Copied

बाह्रौं सेलिब्रेटिङ वुमनहुड

सकारात्मक सोच र प्रयासमा आधारित 'सेलिब्रेटिङ वुमनहुड नवदेवी सम्मान' आगामी फागुन १६ गते हुँदैछ। १२ औं वर्षमा प्रवेश गरेको यो कार्यक्रम नारीभित्र रहेका आन्तरिक शक्ति, आत्मविश्वास, दूरदर्शी दृष्टिकोण, सकारात्मक परिवर्तन ल्याउने सोचजस्ता बहुआयामिक पक्ष समेटेर अघि बढ्ने प्रयासका रूपमा परिचित छ। सेलिब्रेटिङ वुमनहुड

सकारात्मक सोच र प्रयासमा आधारित 'सेलिब्रेटिङ वुमनहुड नवदेवी सम्मान' आगामी फागुन १६ गते हुँदैछ। १२ औं वर्षमा प्रवेश गरेको यो कार्यक्रम नारीभित्र रहेका आन्तरिक शक्ति, आत्मविश्वास, दूरदर्शी दृष्टिकोण, सकारात्मक परिवर्तन ल्याउने सोचजस्ता बहुआयामिक पक्ष समेटेर अघि बढ्ने प्रयासका रूपमा परिचित छ। सेलिब्रेटिङ वुमनहुड बर्जर नवदेवी सम्मानको बाह्रौं संस्करण विगतको तुलनामा विशेष हुने आयोजक पक्षको दाबी छ।

वाषिर्क रूपमा प्रस्तुत हुने यो कार्यक्रमले शिक्षा, कला, सामाजिक सेवा, संचार, स्वास्थ्य, खेलकुद, निजामती, वातावरण तथा व्यवसायी महिलाहरूलाई समेटेर उनीहरूको सत्प्रयासलाई सम्मान गर्छ।

लैङकि हिंसा न्यूनीकरणका लागि खोज पत्रकारिता

संचारमाध्यमले निरन्तर रूपमा महिला हिंसाका समाचार तथा लेखहरू प्रकाशन एवं प्रसारण सके लैङ्गकि हिंसा न्यून हुने वरिष्ठ पत्रकार मोहन मैनालीले बताएका छन्। पत्रकारहरूमा विषय उठान गरेर छोड्ने प्रवृत्ति रहेकाले आगामी दिनमा खोजी पत्रकारिता गर्नुपर्ने खाँचो मैनालीले औंल्याए। सञ्चारिका समूहको आयोजनामा लैङ्गकि हिंसा न्यूनीकरणका लागि खोज पत्रकारिता अभिमुखीकरण तालिम तथा समीक्षा कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्। यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले महिलाको विषय सामाजिक मात्र नभै राजनीतिक विषय पनि भएकाले यलाई पनि संचारमाध्यममा स्थान दिन जरुरी रहेको बताए। त्यसैगरी कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापाले विगतको तुलनामा अहिले महिलासम्बन्धी समाचार बढी आउन थालेको जानकारी दिँदै अझै पनि स्थिति सन्तोषजनक भने नरहेको बताए। उनले हाम्रो समाजमा संस्कृति तथा परम्पराका नाममा महिला हिंसा भैरहेकाले त्यस्ता विषयमा पत्रकारहरूको ध्यान जान जरुरी रहेको बताए। उज्यालो नेटवर्कका प्रमुख कार्यकारी अधिकृत गोपाल गुरागाईंले नेपालको पत्रकारिता नै संक्रमणकालबाट अघि बढिरहेको बताउँदै नेपालको संचारमाध्यम तथा समाचारकक्षहरूलाई लैङ्गकिमैत्री बनाउन जरुरी रहेको तथा पुरुष पत्रकारलाई पनि लैङ्गकिताका विषयमा संवेदनशील बनाउनुपर्ने सुझाव दिए। कार्यक्रमको उद्देश्यका सम्बन्धमा जानकारी गराउँदै सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले महिला हिंसाका समाचार घटनापरक रूपमा मात्र आउने गरेको बताइन्।

सेनामा महिलामैत्री निर्देशिका

नेपाली सेनाले उच्चस्तरको अनुशासन र आचरण कायम राख्न तथा सुरक्षित, मर्यादित एवं समान वातावरण सिर्जना गर्न 'लैंगिक आचरणसम्बन्धी निर्देशिका-२०७०' तथा 'महिला सैनिक निर्देशिका २०७०' लागू गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयद्वारा गत महिना जारी विज्ञप्तिअनुसार लैंगिक आचरणसम्बन्धी निर्देशिकाले कार्यस्थलमा महिलामैत्री वातावरण सिर्जना गरी महिलाविरुद्ध हुनसक्ने कुनै पनि कार्यमा शून्य सहनशीलता नीतिको प्रभावकारी कार्यान्वयन गर्न मद्दत गर्नेछ। यसबाट सम्भावित लैङ्गकि विभेदको रोकथाम र आवश्यकताअनुसार उचित कारबाही एवं प्रभावकारी न्याय प्रदान गर्न पनि सहयोग पुग्नेछ। यसैगरी महिला सैनिक निर्देशिकामा सेनामा सेवारत महिलालाई तोकिएको समूहमा नियुक्ति भएर कामअनुसारको सेवा-सुविधा पाउने र वृत्तिविकासको सुनिश्चितता हुने कुरा जनाइएको छ। हाल नेपाली सेनामा साधारण तथा प्र्राविधिकतर्फ अधिकृत, पदिक तथा अन्य दर्जा गरी २ हजार २ सय ४६ जना महिला कार्यरत छन्।

गर्भवती महिला विषादीको उच्च जोखिममा

गत महिना कृषि, स्वास्थ्य तथा वातावरण परियोजनाका कृषि विज्ञ सुन्दर तिवारीले चितवन शिवघाट क्षेत्रका करिब ३० जना अगुवा कृषक महिला तथा पुरुष सम्मिलित भेलामा एग्रोभेट संचालकहरूले किसानहरूलाई समय गुजि्रसकेको विषादी बेच्ने गरेको डरलाग्दो तथ्य फेला परेको कुरा बताए। नेपाल जनस्वास्थ्य प्रतिष्ठानले २ सय ६६ किसान तथा करिब ३ दर्जन एग्रोभेटमा गरेको अध्ययनमा विभिन्न तथ्यसँगै उक्त जानकारी प्राप्त भएको बताइयो। भेलामा कृषि विज्ञ तिवारीले आफूहरूले गरेको २ सय ६६ घरको अध्ययनमा २ सय ५० घरमा महिलाहरू नै विषादी छर्न सक्रिय रहेको तथ्य औंल्याउँदै महिलाहरू त्यसमाथि गर्भवती महिला तथा बालबालिकाहरू विषादीको उच्च जोखिममा रहेको बताए। चेतनाको अभावमा आगो बाल्दा तिनै प्लास्टिक बाल्ने र ताप्ने, कतिपय अवस्थामा विषादी नघुलेर खाली हातले नै विषादी घोलिएको पनि भेलाका सहभाग महिलाहरूले बताए। जनचेतना र नीति-नियमको अभावले समुदायमा विषादीको विकराल स्थिति रहेको र उक्त क्षेत्रमा रहेका विभिन्न उद्योगले विषादीयुक्त प्लास्टिक जलाएर वातावरण प्रदूषण गर्दा पनि आफूहरू निरीह भएको किसानहरूले बताए।

कवितामा महिला हिंसाको विरोध

गत महिना काठमाडौंमा एकता फाउन्डेसन नेपाल तथा सेभ द चिल्ड्रेनको संयुक्त आयोजनामा महिला हिंसाविरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भयो। महिला हिंसाविरुद्धको १५ दिने अभियानको सन्दर्भ पारेर केहीअघि काभ्रेको बल्थलीमा संचालित तीन दिने सिर्जना यात्रामा २१ जना कवि-कवयित्रीबाट रचित कविताहरू वाचन गरिएका थिए। वाचन भएका अधिकांश कवितामा सर्जकहरूले महिलामाथि हुने हिंसाले समाजमा समस्या पारेको कुरा औंल्याए। डा. सञ्जीव उप्रेतीले पाठ गरिएका कविताहरूको समीक्षा गर्दै महिला हिंसा न्यूनीकरण गर्न कविताहरू पुरुषविरोधी नभै पुरुषवाद विरोधी भएकोमा प्रशंसा गरे भने एकता फाउन्डेसनका अध्यक्ष रामहरि शाही समुद्रीले साहित्यले समाजमा रचनात्मक ढंगले विचार प्रवाह गर्न सघाउने भन्दै हिंसाविरुद्धको कविता वाचन प्रभावकारी रहेको उल्लेख गरे।

परामर्श गोष्ठी सम्पन्न

'आर्थिक, सामाजिक अधिकारप्रति प्रतिबद्धता ः न्यायमा महिलाको पहुँचको सुनिश्चितता' विषयक तीनदिने राष्ट्रिय परामर्श गोष्ठी गत महिना राजधानीमा सम्पन्न भयो। महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल तथा ओरेकको सहकार्यमा संचालित उक्त कार्यक्रममा महिलाको आर्थिक-सामाजिक अधिकार सुनिश्चित नभै महिलामाथि हुने हिंसा अन्त्य हुँदैन भन्ने कुरामा जोड दिइएको थियो। कार्यक्रममा ७५ जिल्लाका महिला मानव अधिकार रक्षक, संविधानसभाका नवनिर्वाचित केही सभासद्, संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, संचारकर्मीलगायत ३ सय जनाभन्दा बढीको सहभागिता थियो।

 Image