नेपाली बजारमा बेल्ला
कम्पनीको हेयर केयर, हेयर स्टाइलिङ तथा हेयर कलर ब्रान्ड बेल्ला प्रोफेसनल्सका साथमा कोटी इङ्क नेपाली बजारमा प्रवेश गरेको हो । व्यापारिक समूह विशाल ग्रुप नेपालका लागि बेल्ला प्रोफेसनल्सको वितरक साझेदार हो ।

कोभिड–१९ का कारण नेपाली बजारमा स्यानिटाइजरको माग बढ्दो छ । यही अवस्थालाई मध्यनजर गर्दै जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले विभिन्न जडीबुटी मिश्रित सुगन्धित स्यानिटाइजर बजारमा ल्याएको छ । कम्पनीका अनुसार उक्त स्यानिटाइजरले छालालाई कुनै असर गर्दैन र नरम बनाइराख्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्ड र औषधि व्यवस्था विभागको स्वीकृत लिएर उक्त स्यानिटाइजर बनाइएको हो ।