लोटसको प्रोब्राइट
लोटस हर्बलले भारतकै पहिलो छालाको स्याहार गर्ने प्रोबायोटिक ब्रान्ड उपलब्ध गराएको छ । यसमा छालाको स्याहारका लागि सात प्रकारका समयानुकूल उत्पादन समावेश छन् ।

बहुराष्ट्रिय ब्रान्डका गुणस्तरीय सौन्दर्य सामग्री उत्पादन गर्दै आएको लोटस हर्बलले नेपालमा बेबी प्लसका सामग्री भित्र्याएको छ । कम्पनीले शिशुलाई स्वस्थ राख्न मात्र नभएर छालाजन्य रोगबाट जोगाउने यी विभिन्न सामग्री भित्र्याएको हो । नेपालमा लामो समयदेखि कस्मेटिक सामग्रीको बजार लिएको लोटसले साइड इफेक्ट नहुने हर्बल प्रोडक्ट भित्र्याएको दाबी लोटस हर्बल नेपालका प्रतिनिधि ऋषि अधिकारीको छ ।
उनका अनुसार बेबी प्लसमा बेबी सोप, बेबी स्याम्पु, बडी लोसन, बेबी क्रिम, बेबी र्यासेज, मसाज तेल उपलब्ध हुन्छ । नेपालका गाउँदेखि सहरी क्षेत्रसम्मका आमाहरूले लोटस हर्बलका बेबी प्लसका सामग्री प्रयोग गर्न सक्ने कम्पनी अध्यक्ष सतीशप्रसाद मलहोत्राले जानकारी दिए ।