घर चम्काउन लिक्विड क्लिनर
ऐना र सिसा सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । ग्लास क्लिनरले सिसाको चमक उस्तै बनाउँछ र दाग पनि देखिँदैन । घाम लागेका बेला भने यसको प्रयोग गर्नु हुँदैन किनभने यो केमिकल सिसामा लाग्नेबित्तिकै सुकिहाल्छ ।
बहुराष्ट्रिय ब्रान्डका गुणस्तरीय सौन्दर्य सामग्री उत्पादन गर्दै आएको लोटस हर्बलले नेपालमा बेबी प्लसका सामग्री भित्र्याएको छ । कम्पनीले शिशुलाई स्वस्थ राख्न मात्र नभएर छालाजन्य रोगबाट जोगाउने यी विभिन्न सामग्री भित्र्याएको हो । नेपालमा लामो समयदेखि कस्मेटिक सामग्रीको बजार लिएको लोटसले साइड इफेक्ट नहुने हर्बल प्रोडक्ट भित्र्याएको दाबी लोटस हर्बल नेपालका प्रतिनिधि ऋषि अधिकारीको छ ।
उनका अनुसार बेबी प्लसमा बेबी सोप, बेबी स्याम्पु, बडी लोसन, बेबी क्रिम, बेबी र्यासेज, मसाज तेल उपलब्ध हुन्छ । नेपालका गाउँदेखि सहरी क्षेत्रसम्मका आमाहरूले लोटस हर्बलका बेबी प्लसका सामग्री प्रयोग गर्न सक्ने कम्पनी अध्यक्ष सतीशप्रसाद मलहोत्राले जानकारी दिए ।