भान्सामा सिसाको जादु
सहरदेखि गाउँगाउँमा समेत सिसाका गिलास, जार, बोतल, प्लेट र डेकोरेटिभ कन्टेनर भान्सामा प्रयोग हुन थालेका छन् । वातावरणमैत्री सिसाका भाँडाको माग बढ्दै गएको व्यापारी बताउँछन् ।
स्विफटन नेपाल प्रा.लि.ले स्विफटन ब्रान्डका १ देखि ५ मुखेसम्मका इलेक्ट्रिक इन्डक्सन हब चुल्हो बजारमा ल्याएको छ । कम्पनीका अनुसार उच्च गुणस्तरीय प्रविधिबाट निर्मित उक्त चुल्हो आकर्षक डिजाइन तथा बिल्ट इन हब र सामान्य टेबलटप झैं प्रयोग गर्न सकिन्छ । कम्पनीले २ हजार देखि ६ हजार ५ सय वाट सम्मका इन्डक्सन हब चुल्हो १ वर्षे वारेन्टीका साथ बजारमा ल्याएको जानकारी कम्पनीका प्रबन्धक निर्देशक दिपेश आचार्यले दिए । यो चुल्हो ओकेदाम डटकम, दराज अनलाइन, ग्यापु डटकम आदि तथा सिधै कम्पनी मार्फत पनि खरिद गर्न सकिन्छ ।