स्वास्थ्य परीक्षणमा डिजिटल उपकरण
पछिल्लो समय डिजिटल उपकरणहरूको प्रयोग बढ्दै गएको छ । बिरामीहरूका लागि घरमै आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन यी उपकरणहरू उपयोगी छन् ।
अहिले नेपालीहरू ब्रान्ड कन्सियस हुँदैछन् । धेरैजसोमा कम तर ब्रान्डेड सामग्री नै खरिद गर्ने मनस्थिति विकसित हुँदैछ । ब्रान्ड भ्यालु, व्यक्तित्व उँचो बनाउने, टिकाउ हुने तथा फरक लुक्स आउने आदि कारणले मानिसहरू ब्रान्डेड सामानतर्फ आकर्षित भएका हुन् । काठमाडौंमा मात्र होइन मुलुकका अन्य प्रमुख सहरहरूमा ब्रान्डेड शोरुमको संख्या बढ्दो छ ।
विशेषगरी काठमाडौंका प्राय: सबै मल ब्रान्डेड शोरुमले भरिएका छन् भने मुख्य–मुख्य स्थान दरबारमार्ग, कुमारीपाटी, नक्साल, बालुवाटार, महाराजगञ्ज आदि पनि ब्रान्डेड शोरुममय देखिन्छन् । नेपालीहरूमा मल र सुपर मार्केट धाउने प्रचलनसमेत ह्वात्तै बढेको छ । सिभिल मल, काठमाडौं मल, रञ्जना मल, स्टार मल, सिटी सेन्टर, लबिम मल, शेर्पा मल, राइजिङ मल, सीटीसी मल, टाइम्स स्क्वायर मल, युनाइटेड बल्र्ड ट्रेड सेन्टर, पिपुल्स प्लाजा, ब्ल्युबर्ड मल, केएल टावरजस्ता ठूला मल तथा सपिङ सेन्टरहरू ब्रान्डेड शोरुमले ढाकिएका छन् ।
दरबारमार्गस्थित एडिडासको शोरुममा अहिले सिजन इन्डिङ सेल लागिरहेको छ । सेल्स एक्ज्युकेटिभ सञ्जय महर्जन भन्छन्–यसबाट ग्राहकले ठूलो फाइदा उठाउन सक्छन् । अरु बेला भारी मूल्य पर्ने सामान यतिबेला ५० प्रतिशतभन्दा कम मूल्यमा प्राप्त गर्न सकिन्छ ।
महर्जन भन्छन्–मिडिलदेखि हाइक्लाससम्मका लागि मूल्य समायोजन गरी सोहीअनुरूप सामान उपलब्ध गराउँदै आएका छौं । सर्वाधिक रुचाइएको ब्रान्ड एडिडासको अन्य कुराभन्दा पनि ब्रान्ड भ्यालु हेर्ने कस्टमर बढी छन् । जर्मनीको ब्रान्ड एडिडास संसारका हरेक मुलुकमा उपलब्ध छ । विशेषत: स्पोर्टस् सामग्री बिक्री गर्दै आएको एडिडास नेपाल भित्रिएको पनि लामो समय भैसकेको छ । एडिडासका खेलकुदसँग सम्बन्धित जर्सी, फुटबल, जुत्ता, अन्य स्पोर्टस् वेयरलगायत खेलकुदका सामग्री विश्वप्रख्यात छन् । एडिडासका सामग्री बढी टिकाउ र लगाउँदा निकै सहज हुने महर्जन बताउँछन् ।
एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विमान थापा, २५ नाइकका फलोअर हुन् । उनी पहिले एडिडासका फलोअर थिए । थापा भन्छन्–म क्रिस्टियानो रोनाल्डोको फ्यान हुँ । रोनाल्डोले नाइक ब्रान्ड मात्र प्रयोग गर्न थालेपछि मैले जापानबाट १९ हजार पर्ने नाइकको जुत्ता मगाएँ । रोनाल्डोले आफ्ना हरेक पहिरन तथा एसेसरिज नाइककै लगाउने भएकाले म पनि विस्तारै नाइककै फलोअर बन्न पुगें । मुख्यत: नाइकका सामग्री अत्यन्तै सहज हुन्छन् । म राम्रै पैसा तिर्छु र नाइक नै किन्छु ।
अमेरिकन ब्रान्ड नाइक मुख्यत: हाइक्लास उपभोक्ताहरूले प्रयोग गर्छन् । नाइकले नेपालस्थित आफ्नो शोरुममा पहिरनलगायत, जुत्ता, ब्याग तथा स्पोर्टका लागि आवश्यक सम्पूर्ण सामग्री बिक्री गर्दै आएको छ । मूल्यका हिसाबले हायर–रेन्ज देखिए पनि यसका सामग्री बलिया एवं आरामदायक छन् । मुख्यत: साथी–सर्कलका अगाडि आफ्नो व्यक्तित्व उचो राख्न ब्रान्ड रोज्ने प्रयोगकर्ताहरू बताउँछन् । भरतपुर मेडिकल कलेजमा बीबीएस अध्ययनरत विधान थापा, रोजर फेडेररका प्रशंसक हुन् । विद्यार्थी जीवनमै रहे पनि उनले प्रयोग गर्ने सबै सामग्री ब्रान्डेड नै हुन्छन् ।
नाइक ब्रान्डका फ्यान विधान सबै कुरा नाइककै लगाउँछन् । कलेज जीवनमा उनका साथीहरूले उनको निकनेम नै ब्रान्डेड राखिदिएका थिए । फोसिलको घडी लगाउने विधान नाइकका महँगा जुत्ता, टिसर्ट तथा क्याप लगाउँछन् । ब्रान्डले साथीभाइका अगाडि छुट्टै स्थान बनाउँछ–विधान भन्छन्–जब ब्रान्डेड लगाउन थालिन्छ अन्यमा मनै जाँदैन । बरु १० वटा किन्ने ठाउँमा एउटा सामान किन्ने तर ब्रान्डेड नै किन्ने ।
जारा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्रान्ड हो । दरबारमार्गस्थित जारा शोरुमका सेल्स म्यानेजर राजेश रायका अनुसार अहिले जाराको शोरुममा ५० प्रतिशत सेल लागिरहेको छ । यहाँ उपलब्ध कपडामा लागेको भारी छूटका कारण ग्राहकहरू पनि लाभान्वित छन् । स्पेनिस ब्रान्ड जाराका टिसर्ट, पाइन्ट, फर्मल कोट बढी बिक्री हुने सामग्री हुन्् । नेपालीहरूले किन्न सक्ने मूल्य तोकिएका जाराका सामग्री बलिया तथा गुणस्तरीय छन् । राजेश भन्छन्–रुचि र पर्सनालिटी मेन्टेनका कारण मानिसहरू ब्रान्डेडतर्फ आकर्षित छन् ।
थाइल्यान्डको मिटर्सबोन विस्तारै नेपालमा मन पराउन थालिएको ब्रान्ड हो । एसिया प्यासिफिक रिजनमा क्रमश: बर्चस्व जमाउँदै अघि बढिरहेको मिटर्सबर्ग पहिरनलगायत एसेसरिजहरूमा केन्द्रित छ । एसियन मुलुकका क्रेताहरूले यो ब्रान्डलाई निकै रुचाएका छन् ।
बालबालिकाका लुगा–जुत्ता, एसेसरिज आदि सामग्री बिक्री गर्दै आएको भारतीय ब्रान्ड जिनी एन्ड जोनीका काठमाडौंमा मात्र पाँच वटा आउटलेट छन् । लबिम मल, केएल टावर, सिटी सेन्टर आदि मलमा रहेका जिनी एन्ड जोनीका आउटलेटमा न्यू इयर–क्रिसमस सेल अझै चलिरहेको छ । अर्किड रिटेलका प्रबन्ध निर्देशक मुकेशकुमार शाह भन्छन्–हामी गुणस्तर र सहजतामा ध्यान दिन्छौं । त्यसपछि ब्रान्ड भ्यालु आफैं बढ्ने कुरा हो । जिनी एन्ड जोनीका सामग्री एकपटक प्रयोग गरिसकेपछि अन्य ब्रान्ड लगाउने चाहना क्रमश: कम हुँदै जान्छ । जुन फेब्रिकको गुणस्तर र डिजाइन आदिले तय गर्ने कुरा हो ।
हाइक्लाइम्बिङ तथा हिली स्टेशनका लागि उपयुक्त जुत्ता उत्पादनमा नाम कमाएको बेलायती ब्रान्ड टिम्बरल्यान्डका सुज बलिया, बढी टिकाउ तथा भरपर्दा मानिन्छन् । चिसो स्थानमा बस्ने, क्लाइम्बिङका सौखिन तथा हिउँमा रमाउनेहरूले टिम्बरल्यान्ड ब्रान्डका जुत्ता नै रोज्ने गरेका छन् । दरबारमार्ग, लबिम मललगायत सहरका अन्य मल तथा सपिङ सेन्टरमा समेत आउटलेट रहेको टिम्बरल्यान्डले फुटवेयर मात्र नभई लत्ताकपडा पनि बिक्री गर्न थालेको छ ।
युवापुस्तामाझ निकै लोकप्रिय ब्रान्ड कन्भर्स सन् १९०८ मा बास्केटबल सुज उत्पादन गर्दै व्यापारको दुनियाँमा प्रवेश गरेको हो । अमेरिकन ब्रान्ड कन्सर्भ स्टाइलिस्ट युनिसेक्स जुत्ता तथा जिन्स उत्पादनमा नम्बर वान मानिन्छ । सन् १९७० को दशकमा आएर कन्सर्भको मार्केट खस्कियो, जसको कारण थियो एउटै स्टाइलका जुत्ता उत्पादन गरिरहनु । उक्त कुरा मनन गर्दै यो ब्रान्डले पृथक् डिजाइनमा आफ्ना उत्पादन क्रान्तिकारी ढंगले बजारमा ल्याउन थाल्यो । त्यसपछि भने उसले पछाडि फर्केर हेर्नुपरेको छैन । नेपालमा पनि कन्सर्भका फलोअर्सहरूको ठूलो संख्या छ ।
अत्यन्तै चिसो स्थान अर्थात् हिमाली क्षेत्रका लागि लक्षित सामग्री उत्पादन गर्ने कम्पनी द नर्थ फेसलाई न्यानो उपनामले समेत चिनिन्छ । जति धेरै चिसोतर्फ अघि बढ्दै गयो नर्थ फेस ज्याकेटको मोटाइ उति फुल्दै जान्छ र यसले बढी न्यानो प्रदान गर्छ । गुणस्तरका हिसाबले अब्बल द नर्थ फेसका ज्याकेट, जुत्ता तथा स्लिपिङ ब्याग बढी रुचाइएका छन् । नर्थ फेसले ट्रेकिङका लागि आवश्यक एसेसरिजसमेत बिक्री गर्दै आएको छ ।
जर्जियो अरमानीको एक्स्क्ल्युसिभ शोरुम कमलपोखरीस्थित सिटी सेन्टरमा छ । सन् १९८१ मा स्थापित इटालियन ब्रान्ड जर्जियो अरमानीले रेडी–टु–वेयर, एसेसरिज, जुत्ता, घडी, लत्ताकपडा, कस्मेटिक्स, आइवेयर, ज्वेलरी आदि सामग्री संसारभर बिक्री गर्छ । विशेषत: यसका जिन्स तथा जुत्ता लोकप्रिय मानिन्छन् । मूल्यमा सम्झौता नगर्ने र ब्रान्ड क्रेज भएका ग्राहक त्यहाँ पुग्ने गरेका छन् । अरमानीका पहिरन आरामदायक एवं स्टाइलिस्ट लुक्स दिने मात्र होइन व्यक्तित्व सुहाउँदो खालका समेत हुन्छन् ।
विशुद्ध छालाका सामग्री बिक्री गर्ने बेन्टली संसारकै उत्कृष्ट ब्रान्डमध्ये एक हो । एकपटक बेन्टलीका उत्पादन प्रयोग गरेपछि अन्यमा जान कठिन हुने यसका प्रयोगकर्ताहरू बताउँछन् । लगाउँदा निकै सजिला तथा हेर्दा आकर्षक बेन्टलीका जुत्ता धेरैको रोजाइमा पर्ने गरेका छन् । अमेरिकाको बु्रकलिन हाइटमा मुख्य कारखाना रहेको बेन्टलीका फुटवेयर संसारभर प्रख्यात छन् । नेपाली संभ्रान्तहरूमा लोकप्रिय बेन्टलीका जुत्ता तथा ब्याग विभिन्न कलर एवं डिजाइनमा उपलब्ध हुन्छन् ।
नेपालस्थित प्रचलित ब्रान्डेड शोरुम
* एडिडास (दरबारमार्ग, सिभिल मल)
* नाइके (दरबारमार्ग)
* जारा (दरबारमार्ग, सिटी सेन्टर)
* बेन्टली (दरबारमार्ग)
* युएफओ (न्यूरोड, कुमारीपाटी, सिभिल मल)
* मिटर्सबर्ग (दरबारमार्ग)
* ट्याग ह्युगर
* टिम्बरल्यान्ड (दरबारमार्ग, लबिम मल)
* कन्भर्स
* द नर्थ फेस
* जिनी एन्ड जोनी
* बिग एप्पल
* डियोर
* लिभाइज