Successfully Copied

रौनक रोयल फर्निचरको

केही समययता मानिसहरू क्लासी लुक्सबाट लोभिन थालेका छन् । रोयल लुक्स दिने जुनसुकै चीज हुन् आधुनिक मानिसहरू सजावटका रूपमा सुरक्षित राख्न चाहन्छन् । पहिरन, मेकअप, जुत्ता–ब्याग मात्र होइन खानपान एवं जीवनशैलीमा समेत क्लासी लुक्स देखापर्न थालेको छ ।

केही समययता मानिसहरू क्लासी लुक्सबाट लोभिन थालेका छन् । रोयल लुक्स दिने जुनसुकै चीज हुन् आधुनिक मानिसहरू सजावटका रूपमा सुरक्षित राख्न चाहन्छन् । पहिरन, मेकअप, जुत्ता–ब्याग मात्र होइन खानपान एवं जीवनशैलीमा समेत क्लासी लुक्स देखापर्न थालेको छ । मध्यरातसम्म जागै रहने वर्ग पनि अहिले बेलैमा खाएर एकछिन जगिङ गरी छिट्टै सुत्न थालेको छ, कारण स्वास्थ्यप्रतिको सजगता । मानिस जति जानकार हुँदै जान्छ उति हरेक कुरामा सचेत एवं सजग हुँदै जाने हो ।

मानिसहरू पुराना सामग्री संकलनमा समेत रमाउन थालेका छन् भने गृह सजावट र त्यसमा प्रयोग हुने सामग्री पनि रोयल तथा क्लासी नै छनोटमा पर्ने गरेका छन् । अहिले विवाह, व्रतबन्ध तथा पार्टीहरूमा समेत त्यसको झलक देखिन्छ । विवाहमा प्रयोग हुने सामग्रीहरू तामाका गाग्री, खड्कुला आदिको स्थान क्लासिक फर्निचरले ओगट्न थालेका छन् । केही समययता विवाहमा छोरीलाई दिइने रोयल फर्निचर आकर्षणको केन्द्र बनेको सम्बन्धित व्यवसायीहरू बताउँछन् ।

शीतलमार्ग, बालुवाटारस्थित इम्पेरियल फर्निचरमा चित्ताकर्षक फर्निचर उपलब्ध छन् । क्लासिक र भिक्टोरियन डिजाइनका फर्निचरमा ख्याति कमाएको इम्पेरियल फर्निचरका सोफा बढी रुचाइएका छन् जुन निकै महँगा काठ तथा कपडाद्वारा निर्माण गरिएका हुन् । प्रनिता राणाका अनुसार मिडिल क्लासदेखि हाईक्लासका मानिसहरू इम्पेरियलका ग्राहक हुन् । काठमा सर्वोत्कृष्ट जंगली सिसौ प्रयोग गरी तयार पारिएका यहाँका फर्निचर मनै लोभ्याउने शैली एवं ढाँचाका छन् । राजसी शैलीका भिक्टोरियन लुक्स दिने फर्निचर इम्पेरियलका विशेषता हुन् । यहाँ निर्मित सम्पूर्ण फर्निचरमा महँगा राजसी भेल्भेट प्रयोग गरिन्छ ।

इम्पेरियल फर्निचरमा भएको एउटा शाही सोफामा अत्यन्तै महँगो कपडा प्रयोग गरिएको छ जुन एक कुनाबाट हेर्दा एउटा कलरको देखिन्छ भने अर्को कुनाबाट हेर्‍यो भने अर्कै । राणा भन्छिन्–हाम्रा सामग्रीको गुणस्तरमा कुनै शंका छैन । रह्यो मूल्यको कुरा, थोरै बढी नै भए पनि गुणस्तरका अगाडि मूल्य केही होइन । पैसाअनुसार ग्राहकलाई सन्तुष्ट बनाउन सकेका छौं । इम्पेरियल फर्निचर हाउसका डाइनिङ टेबल हुन् वा ल्याम्प टेबल सबैमा ट्ेरडिसनल बुट्टा र सोहीअनुरूप म्याचिङ कलर प्रयोग गरिएको छ ।

उत्तरढोकास्थित मेट्रोपार्कमा अवस्थित इन्डेक्स फर्निचर ल्याभिस लाइफस्टायल बिताउन चाहनेहरूको गन्तव्य हो । थाइल्यान्डको इन्डेक्स लिभिङ मलको आधिकारिक बिक्रेता इन्डेक्स फर्निचर सन् २०१२ मा नेपालमा स्थापना भएको हो । मोर्डन कन्टेम्परोरी लुक्स दिने फर्निचर इन्डेक्सका विशेषता हुन् भने बढी बिक्री हुने फर्निचरसोफालगायत लिभिङरुममा प्रयोग हुने सामग्री नै हुन् । आउटडोर फर्निचरसमेत बेच्ने इन्डेक्सले होम डेकोरेटिभ आइटमहरू जस्तै ल्याम्प, क्रकरी सेट, फ्लावर भास, स्टेच्यु, कुसन, बेडिङ आइटम तथा एसेसरिज आदि पनि उपलब्ध गराउँछ । यहाँबाट स–साना पार्टस् किनेर घरका साना कर्नर वा थोरै स्पेस भएका ठाउँमा आफैं इन्स्टल वा फिटिङ गर्न सकिन्छ । इन्डेक्सकी असिस्टेन्ट मार्केटिङ म्यानेजर प्रियांका राजभण्डारी भन्छिन्–मिडियम टु अपर क्लास हाम्रा लक्षित क्रेता हुन् । अन्तर्राष्ट्रिय आइएसओ सर्टिफिकेसन प्राप्त सामान भएकाले यसको गुणस्तरमा शंका गर्नु पर्दैन ।

३५ हजारदेखि १ लाख ३० हजारसम्म पर्ने पलङ, ३९ हजारदेखि ४ लाखसम्मका सोफा, ४६ हजारदेखि १ लाख ९९ हजारसम्म पर्ने दराज आदि सामग्री बढी बेच्ने इन्डेक्स फर्निचरले विवाह स्पेशल प्याकेजमा निश्चित छुट प्रदान गर्छ । इन्डेक्समा क्लासी सोफा, आर्मलेस चियर, रोयल लुक्स दिने बेडसेट रोम्यान्टिक सेन्सेसन सिरिजअन्तर्गत ह्वाइट बेस्ड्स फर्निचर राखिएका छन् जसलाई यङ कपलहरूले निकै रुचाउँछन् । गोल्ड र सिल्भर कलरका एसेसरिजले भेल्भेटयुक्त आर्मलेस चियरलाई डेकोरेट गर्दा हाइली रोयल तथा क्लासी लुक्स आउने राजभण्डारीले बताइन् । करुणा फर्निचर गैरीधारामा मोर्डन फर्निचर बिक्री गरिन्छ ।

करुणाका प्रबन्ध निर्देशक देवराज मिश्रका अनुसार विवाहको सिजनमा अहिले विवाह सेटभन्दा पनि छुट्टाछुट्टै बेड, सोफा अथवा दराज मात्र बिक्री हुन्छ जसको कारण विवाहपछि बिदेसिनु हो । सोफा, बेड, डाइनिङ, दराज आदि बढी बिक्ने करुणा फर्निचरमा सिसौका काठ तथा ए ग्रेडका प्लाईबाट तयार पारिएका बलिया फर्निचर मात्र बिक्री गरिने मिश्र बताउँछन् । यहाँ शून्य ब्याजदरमा फाइनान्सको सुविधासमेत उपलब्ध छ । मिश्र भन्छन्–हाम्रा सामानमा लाइफलङ मेन्टेनेन्सको सुविधा छ । चाडपर्व र विवाह सिजनका लागि करुणाले १५ प्रतिशत छुट उपलब्ध गराउँदै आएको छ ।

बिरा फर्निचरका प्रबन्ध निर्देशक सुरेश श्रेष्ठ भन्छन्–हामीकहाँ कार्भिङ बेड बढी बिक्री हुन्छन् जुन रोयल लुक्स दिने खालका छन् । हामीहरू ग्राहकले ल्याएको डिजाइन वा हाम्रै डिजाइनअनुसार घरमै गएर फर्निचर बनाइदिने काम गर्छौं भने यहीँ बनाएर घरमा इन्स्टलेसन तथा फिटिङ पनि गरिदिन्छौं । सिसौका काठद्वारा तयार पारिने हाम्रा फर्निचर निकै बलिया छन् । बिरामा रहेका फर्निचरमा रिपेयरिङ वारेन्टीसमेत उपलब्ध छ । कार्भिङ कलायुक्त फर्निचरका लागि कहलिएको बिराका फर्निचरमा नेपाल तथा भारतका कालिगढको हाते कला चित्ताकर्षक देखिन्छ । बिरामा बढी मात्रामा सोफासेट तथा बेडसेट बिक्री हुन्छन् । १२ हजार पर सिटबाट सुरु हुने यहाँका सोफा मनै लोभ्याउने खालका छन् । सुकाएका काठ, गुणस्तरीय फोम, राम्रा क्वालिटीका कपडा तथा रेग्जिनद्वारा तयार पारिने बिरामा होम डेलिभरीको व्यवस्थासमेत छ ।

बेस्ट इन्टेरियर नयाँबानेश्वरमा नेपाली तथा चाइनिज फर्निचर बराबर मात्रामा बिक्री गरिन्छ । यहाँ भएका देवान, कुसन, बालिष्ठा राजसी लुक्स दिने खालका छन् । मखमलका कपडाले मोरिएका यी सामग्री आँखालाई शान्त पार्ने अनि मनलाई फुरुङ्ग बनाउने किसिमका छन् । बेस्ट इन्टेरियरका प्रबन्ध निर्देशक हीरा महर्जन भन्छन्–लामो समय भयो फर्निचर बेच्दै आएको पहिले–पहिले मानिसहरू हेभी देखिने फर्निचर खोज्थे । बीचमा स्टिल दराज निकै चल्यो तर अहिले मानिसहरूको चाहना क्लासिकल फर्निचरमा छ । परम्परागत देखिने यस्ता फर्निचरले घरको रौनक बढाउँछन् । क्लासिक लुक्स आउने फर्निचरले सजाइएका घरभित्र पस्नेबित्तिकै मन शीतल हुन्छ । बेस्ट इन्टेरियरमा अहिले रोयल लुक्स दिने फर्निचरलाई प्राथमिकतामा राख्न थालिएको हीराले बताए, चाहे ती मास्टर बेडरुम हुन् वा सोफा ।

भर्खरै मात्र टर्कीको ब्रान्ड इस्तइकवाललाई नेपाल भित्र्याएको त्रिपुरेश्वरस्थित हातिलका प्रबन्ध निर्देशक अर्पित चापागाईंका अनुसार इस्तइकवालप्रिमियम क्वालिटीको फर्निचर ब्रान्ड हो । सोफा, दराज, बेड, डाइनिङ, ओपन र्‍याक आदि यहाँका बढी बिक्ने सामग्री हुन् । रेडओक काठ प्रयोग गरिएका यहाँका फर्निचर ट्ेरडिसनल लुक्स दिने खालका छन् । सर्वाधारणदेखि सम्भ्रान्तसम्मयहाँका शुद्ध काठका डाइनिङ टेबलप्रति आकर्षित छन् । डार्क, ब्राउन तथा लाइट कलरमध्ये ब्राउन डाइनिङ टेबल बढी बिक्ने जानकारी दिँदै चापागाईं भन्छन्–सुलभ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउनु हाम्रो उद्देश्य हो, जसका कारण ग्राहक हामीसँग सन्तुष्ट छन् ।

कुनाल फर्निचरका प्रबन्ध निर्देशक कुनाल अग्रवालका अनुसार अहिले भारत तथा थाइल्यान्डबाट आयातीत रोयल लुक्स दिने पर्दाका कपडाको माग बढी छ । विशेषत: मरुन तथा ब्लड रेडमा ब्ल्याक कलर मिसिएका पर्दाका कपडा क्लासिक डिजाइनका लागि बढी खोजिने अग्रवालले बताए । रोयल शैलीका फर्निचरद्वारा इन्टेरियर गरिएका स्थानमा यस्ता पर्दा, सोहीअनुरूपका कुसनलगायत बालिष्ठा बढी प्रयोग गरिन्छन् । कुनाल भन्छन्–हामीकहाँ उपलब्ध पर्दा, कार्पेट, कुसन, बेडसेट आदि इन्टेरियर एसेसरिज क्लासिक देखिने शैलीमै बढी बिक्री हुन्छन् ।

फर्निचरमा रोयल लुक्स नै किन ?

    हिजोआज कतिपय मानिस मोर्डनाइजेसनलाई कम मान्न थालेका छन् ।

    अहिलेका मानिसहरू केही पृथक् चाहन्छन् ।

    जीवनशैलीलाई आमबाट खास बनाउन आफूले प्रयोग गर्ने सामग्रीमा पनि उनीहरू फरकपन चाहन्छन् ।

    हिजोआजका मानिसहरू काठ, फलाम वा केही वर्षयता बाक्लिँदै गएको बेत–बाँसका साधारण फर्निचरभन्दा पनि फ्युजन वा ककटेल गरी तयार पारिएका क्लासी तथा रोयल फर्निचरतर्फ आकर्षित भएको पाइन्छ ।

    रोयल फर्निचर पाहुनालाई छुट्टै प्रभाव पार्ने मात्र नभई मानिसको क्लास क्रिएट एवं मेन्टेन गर्नसमेत सहयोगीसिद्ध हुन्छन् ।

    क्लासी लुक्सका फर्निचरले घरलाई मन बस्ने स्थानमा परिणत गर्छन् ।

             प्रनिता राणा, एक्ज्युकेटिभ डाइरेक्टर, इम्पेरियल फर्निचर

 Image