Successfully Copied

रमाइलो बालसंसार

बढ्दो आम्दानी तथा विदेश घुमफिरका कारण अहिलेका अभिभावकहरू बालबालिकालाई अभावमा राख्न चाहँदैनन् । संसारका सारा खुसी आफ्ना बालबालिकालाई दिऊँ भन्ने चाहना हरेक अभिभावकमा हुन्छ । सोही चाहनाअनुरूप आमाबाबु आफ्ना छोराछोरीलाई सकेसम्म सुखसुविधामा राख्न चाहन्छन् । विगत २–४ वर्षयता नेपाली बजारमा बालबालिकाको मागलाई बुझेर

अभिभावकका लागि सन्तान अमूल्य हुन्छन् । सन्तानका लागि अभिभावक जस्तोसुकै मूल्य चुकाउन पछि पर्दैनन् । अहिले सन्तानप्रति अभिभावकहरूको लगानी अझ चुलिँदै गएको छ । अहिले थोरै सन्तान जन्माउने तर उनीहरूलाई सारा सुख उपलब्ध गराउनुपर्छ भन्ने मान्यता विकसित हुँदै गएको छ । कसका लागि कमाउने अथवा कमाएको बालबालिकाहरूकै लागि त हो नि भन्ने सोच पनि धेरैमा पाइन्छ । केही वर्षयताका बालबालिकाहरू लक्जरियस लाइफ बिताउँदैछन् ।

बढ्दो आम्दानी तथा विदेश घुमफिरका कारण अहिलेका अभिभावकहरू बालबालिकालाई अभावमा राख्न चाहँदैनन् । संसारका सारा खुसी आफ्ना बालबालिकालाई दिऊँ भन्ने चाहना हरेक अभिभावकमा हुन्छ । सोही चाहनाअनुरूप आमाबाबु आफ्ना छोराछोरीलाई सकेसम्म सुखसुविधामा राख्न चाहन्छन् । विगत २–४ वर्षयता नेपाली बजारमा बालबालिकाको मागलाई बुझेर नवीन र पृथक् सामग्री भित्रिन थालेका छन् ।

अभिभावकहरू पनि आफ्ना सन्तानलाई स्मार्ट बनाउन तथा उनीहरूमा अलग छवि निर्माण गर्न चाहन्छन् । उनीहरूलाई नयाँ स्थान घुमाउने, नयाँ खाना ख्वाउने, नयाँं–नयांँ क्रियाकलापमा सहभागी गराएर नयाँ अनुभव बटुल्न सघाउने कुरामा समेत अभिभावकहरू अघि देखिँदै गएका छन् । फलस्वरूप नेपाली बजारमा पनि केही समययता बालबालिकासँग सम्बन्धित लत्ताकपडा मात्र होइन, खेलौना, गाडी, साइकल–मोटरसाइकल भित्रिने क्रम तीव्र छ ।

बालबालिकाका लागि प्रख्यात भारतीय ब्रान्ड जिनी एन्ड जोनीले नेपालमा कारोवार सुरु गरेको ९ वर्षध पूरा भैसकेको छ । ब्रान्ड कन्सियसलगायत अन्य विविध कुराले गर्दा आधा दशकअघिसम्म पनि यसको कारोवार सुस्त नै थियो तर पछिल्ला केही वर्षयता यो ब्रान्डको बिक्री ह्वात्तै बढेको छ ।

काठमाडौंका हरेक मललगायत, हेटौंडा, धरान, इटहरी, पोखरा आदि स्थानमा शाखा भएको जिनी एन्ड जोनीमा किड्स वेयर तथा एसेसरिजहरू उपलब्ध छन् । भर्खरै जन्मिएका शिशुदेखि १६ वर्षसम्मका बालबालिकालाई आवश्यक सम्पूर्ण सामान उपलब्ध हुने जिनी एन्ड जोनीका पहिरन विशुद्ध कटनबाट निर्मित तथा स्किन फ्रेन्डली छन् । जिनी एन्ड जोनीका प्रबन्ध निर्देशक मुकेशकुमार शाह भन्छन्–हाम्रा सामानमा वारेन्टी–ग्यारेन्टीको व्यवस्था छ । कलर जाने वा उड्ने समस्या हुँदैन । मूल्यसँग गुणस्तर तुलनै गर्न सकिँदैन ।

जिनी एन्ड जोनी विश्वका थुप्रै मुलुकमा फैलिएको ब्रान्ड हो जसले बालबालिकालाई आवश्यक सम्पूर्ण सामान उपलब्ध गराउँदै आएको छ । काठमाडौंमा रहेका यसका ६ वटा आउटलेटमा अहिले २० प्रतिशत फ्ल्याट डिस्काउन्ट चलिरहेको छ जुन चाडपर्वलाई लक्षित गरी ल्याइएको स्किम हो । अभिभावकहरूको आम्दानी बढ्दै जानु, आफ्ना बालबालिकाप्रतिको अट्याचमेन्टका साथै कम सन्तान जन्माएर उनीहरूलाई हरेक सुख–सुविधा उपलब्ध गराउनुपर्छ भन्ने धारणाका कारण अहिले अभिभावकहरूले आफ्ना सन्तानमा बढी खर्च गर्न थालेको जिनी एन्ड जोनीका राजेशले बताए । आफ्ना ३ वटा मन्त्र मिट, ग्रिट एन्ट स्माइलका कारण हरेक ग्राहक खुसी हुने पनि उनको दाबी छ । जिनी एन्ड जोनीको जुनसुकै आउटलेट छिर्दा पनि १ मिनेटभित्र पाइने कस्टमर केयरले जोकसैलाई उत्प्रेरित गर्छ । यहाँ राखिएको सेल्फी कर्नरले पनि धेरै क्रेतालाई तानेको छ ।

पुरानोबानेश्वर हुँदै भीमसेनगोलातर्फ जाँदा बाटैमा पर्ने कलेक्टिभ फेमिली स्टोरभित्र पसेपछि बालबालिकाका लागि आवश्यक अनेकौं सामग्री एउटै छानामुनि उपलब्ध हुन्छन् । स्टोरका म्यानेजर माधव घिमिरेका अनुसार कलेक्टिभ फेमिली स्टोरमा बालबालिकाका लागिपहिरनदेखि टोयज, साइकल, मोटरसाइकल, कार, एसेसरिज, बेबी वाकरदेखिलिएर डायपर तथा बेबी न्यापीसम्म राखिएका छन् । कोरिया, मलेसिया, थाइल्यान्ड तथा चीनबाट आयातीत यहाँका सामग्री चित्ताकर्षक हुनुका साथै बलिया पनि छन् । पछिल्लो एक महिनामा ५ सय पिस साइकल–मोटरसाइकल तथा स्कुटर बेच्न सफल यो स्टोरमा सबैभन्दा बढी बिक्ने सामग्री स्पोर्टी मोटरसाइकल तथा क्युट स्कुटर हुन् ।

साधारणदेखि सम्भ्रान्तसम्मका लागि उही रेन्जका सामग्री पाइने यो स्टोरमा २९ हजार पर्ने कार निकै बिक्री भैरहेको छ । स्पोर्टी मोटरसाइकलको मूल्य १६ हजार ६ सय, स्कुटरको ८ हजार ८ सय तथा ५ सयदेखि ५५ सय पर्ने विभिन्न प्रकारका डल पनि यहाँनिकै बिक्री हुन्छन् । घिमिरेका अनुसार बालबालिकाहरूका लागि ड्रम, पियानो, गितार, स्नुकर पनि निकै रुचाइएका सामग्री हुन् । चस्मा, ब्याग, हाते छाता, रेनकोट, साना नानीहरूका लागि क्लिप, हेयरब्यान्ड, इयररिङ निरन्तर उही रूपमा बिक्री भैरहने सामग्री हुन् ।

कलेक्टिभ फेमिली स्टोरमा बाल–बालिकाका लागि आवश्यक साना बेड, बेडसिट, पिलो–कुसनदेखि लिएर चिटिक्क परेका ब्ल्याङ्केटसम्म उपलब्ध छन् ।

कोरियन ब्रान्डका यस्ता ब्ल्याङ्केट हेर्दा सुन्दर र बलिया पनि छन् । त्यति मात्र होइन यदि कसैलाई आफ्ना बालबालिकाका लागि घरैमा स्वीमिङ पुलको सुविधा गराउन मन छ भने यहाँ स्वीमिङपुल ट्युब तथा स्वीमिङकस्ट्युम र त्यसका लागि चाहिने अन्य एसेसरिज पनि पाइन्छन् । अहिले सम्भ्रान्त अभिभावकहरूको ध्यान बालबालिकाहरूको लक्जरियस लाइफतर्फ केन्द्रित हुन थालेको छ–घिमिरे भन्छन्–कतिपयले त बालबालिकाहरूलाई मात्र होइनडेकोरेसनका लागि समेत यस्ता सामग्री किन्न थालेका छन् जसले घरको शोभा त बढाउँछन् नै पृथक् रौनकसमेत प्रदान गर्छन् ।

सनबेबी नामक भारतीय ब्रान्डका प्रबन्ध निर्देशक रोहित टिक्रीवालका अनुसार उनीकहाँ बेवी वाकर, स्टलर, बेबी चियर, कार, साइकल, मोटरसाइकल, गाडी आदि सामग्री बिक्रीमा छन् । सनबेबीमा भर्खर जन्मिएका शिशुदेखि ४ वर्षसम्मका बालबालिकालाई आवश्यक सामग्री उपलब्ध हुन्छन् । अनलाइन सपिङमा समेत अब्बल मानिएको सनबेबीका सामग्री उच्चगुणस्तरीय छन् भने सुलभ मूल्य यसको विशेषता हो । ४ हजारदेखि ५ हजारसम्मका वाकर तथा ८ देखि १४ हजारसम्मका स्टलर बढी बिक्ने रोहितले बताए । २० देखि २५ हजारसम्म पर्ने मोटरबाइक पनि डिमान्डमा छन् । अहिलेका अभिभावकहरूमोर्डन र प्यासोनेटिभ भएकाले यसको मार्केट

बढ्दो छ–रोहितले भने–सुविधाका हिसाबले यी सामग्री निकै उपयोगी छन् । यस्ता सामग्रीले पहिले जस्तो एउटा शिशुको गोठालोमा अर्को एकजना व्यक्ति लाग्नुपर्ने झन्झटबाट मुक्ति दिएका छन् । शेर्पा मलस्थित कुल किड्स शेर्पा मलकी नयन तारा तुलाधरका अनुसार पछिल्ला दिनमा अभिभावकहरू आफ्ना बालबालिकाहरूका लागि निकै सचेत छन् । लगाउने, खाने, बालबालिकाहरूलाई स्टाइलिस्ट देखाउने मामिलामा उनीहरू निकै अघि छन् ।

आफ्ना सन्तान अरूभन्दा पृथक् र खुसी देखिऊन्भन्ने चाहनु स्वाभाविक पनि हो। सन्तानको खुसीका लागि अभिभावकहरू जुनसुकै मूल्य चुकाउन तयार रहन्छन् । त्यसैको परिणामस्वरूप अहिले बालबालिकाहरूसँग सम्बन्धित सामग्री बेच्ने व्यवसायीहरू पनि उत्तिकै व्यस्त छन् । कुल किड्सले बालबालिकाहरूका लागि पहिरन उपलब्ध गराउंँदै आएको छ । नवजात शिशुदेखिका पहिरन पाइने कुल किड्समा ब्रान्डप्रति सचेत ग्राहकहरूको आवतजावत हुन्छ । तुलाधर भन्छिन्–ब्रान्डेड पहिरन लगाउँदा सहज र स्टाइलिस्ट त हुन्छन् नै त्यसका अतिरिक्त टिकाउ एवं कलर नजानु यसका विशेषता हुन् ।

यिनै कारणले बरु अलिकति बढी पैसा तिर्नेब्रान्डेड नै लगाउने भन्ने मानसिकता नेपालीहरूमा पनि विकास हुँदैछ । नेपालमा युएफओ, अलिबाबा, नेपाल किड्स आदिले बालबालिका लक्षित पहिरन, जुत्ता–चप्पल, खेलौना, कार, बाइक, स्कुटर आदिसामग्री बिक्री गर्दै आएका छन् । मुख्यत: नेपालमा बालबालिकाका लागि पहिरन तथा जुत्ता–चप्पलमै लक्षित व्यवसायीहरू बढी देखिन्छन् तैपनि एसेसरिज, कार, बाइक, स्कुटर तथा मनोरञ्जनका विविध सामग्री उपलब्ध गराउने होड पनि कम छैन ।

बालबालिकाका सामग्री किन्दा

 

- बालबालिकाका सामग्री खरिद गर्दा सर्वप्रथम उनीहरूको स्वास्थ्यको ख्याल गर्नुपर्छ ।

- खरिद गरिने सामग्री र बच्चाको उमेर तथा उसको हेल्थ स्टाटस के छ भन्ने कुरा अभिभावकलाई राम्रो जानकारी हुनुपर्छ ।

- बालबालिकाका लागि सामान किन्दा उनीहरूको आवश्यकता र उपयोगितामा विचार पुर्‍याई प्रयोगमा आउने सामग्री मात्र रोज्नुपर्छ ।

- बालबालिकाहरू अलि डराउने वा अन्तर्मुखी स्वभावका छन् भने ठूलो आवाज आउने खेलौना वा हुइँकिने हेलिकप्टर, गाडीको साटो सुमधुर र मीठो धुन बज्ने पियानो, हार्मोनियम आदि किनिदिनुपर्छ ।

- अलि निस्क्रिय किसिमका बालबालिकालाई सक्रिय बनाउन विभिन्न किसिमका गुडिया, म्युजिक बज्ने खेलौना वा अध्ययनसँग सम्बन्धित उपयोगी सामग्रीहरू खरिद गर्नुपर्छ ।

-  बालबालिकाहरूको स्वभाव जे देखे पनि जिद्दी गर्ने खालको हुन्छ । यतिबेला प्राथमिकता र रुचिका कुरामा जोड दिनुपर्छ ताकि उनीहरूले उक्त सामग्रीबाट केही न केही सिक्न सकून् ।

                                              - माधव घिमिरे, म्यानेजर, कलेक्टिभ फेमिली स्टोर

नेपालमा बालबालिकाहरूका सामग्रीको मार्केट उचाइमा पुग्नुको कारण के हो ?

अभिभावकहरू देश–विदेश घुम्छन्, त्यहाँअनेक कुरा देख्छन्–सुन्छन् । विगतको तुलनामा अहिले नेपालीहरूको एक्सपोजर समेत बढ्दो छ । त्यसबाहेक नेपालमा बढ्दो व्यावसायिकता र कम सन्तान जन्माउने लहडका कारण पनि उनीहरू आफ्ना बालबालिकाहरूले चाहेका कुरा पुर्‍याइदिऊँ भन्ने मानसिकता राख्छन् । यिनै कारणले अहिले बालबालिकाका लागि विविध प्रकारका सामग्रीको बजार उचाइमा पुगेको हो ।

बालबालिकाहरूका लागि ब्रान्डले कस्तो अर्थ राख्छ ?

पहिलो त ब्रान्ड भ्यालुको कुरा आउँछ अर्को भनेको ब्रान्डेड सामानमा वेयर–टियर तथा रंग उड्ने र खुइलिने समस्या हुँदैन । ब्रान्डेड लगाउनुुको सहजता र लुक्समा भिन्नता अन्य सामग्रीले दिँदैनन् । बालबालिकाको छाला संवेदनशील हुने हुँदा ब्रान्डेड पहिरन यस्तै कुरालाई ध्यानमा राखी स्वास्थ्यका दृष्टिकोणले पनि महत्वका साथ उत्पादन गरिन्छ ।

नेपालमा बालबालिकाका लागि अत्यधिक बिक्री हुने सामग्री के–के हुन् ?

विशेषत: लत्ताकपडा र जुत्ता नै हुन् किनभने यी नभई नहुने सामग्री हुन् । लुगा नै त्यस्तो चीज हो जसले व्यक्तित्व निर्माणमा अग्रणी भूमिका खेल्छ । बालबालिकाको रोजाइ टोयज वा कार, मोटरसाइकलमा भए पनि अभिभावकहरूले तिनका लागि पैसा हाल्ने पहिलो सामान भनेका लुगाफाटा नै हुन् ।

अहिले बालबालिकाहरू पनि फेसन कन्सियस देखिनुको कारण के होला ?

मुख्यत: टिभी, फिल्म तथा पत्रपत्रिका नै हुन् । हलिउड–बलिउड वा नेपाली मुभीमा बालबालिकाहरू कस्तो गेटअपमा हुन्छन् सोहीअनुसारका पहिरन चल्ने हुन् । हिजोआज आमाबाबु पनि आधुनिक र स्टाइलिस्ट पहिरनमा हुन्छन्, आफू फेसनेबल देखिने अनि शिशुलाई चाहिँ दिक्कलाग्दो बनाएर हिँड्ने भन्ने हुँदैन तसर्थ उनीहरू आफ्ना बालबालिकालाई पनि फेसनेबल लुक्स दिन र स्मार्ट देखाउन कमाइको केही हिस्सा खर्च गर्छन् ।

मुकेशकुमार शाह

प्रबन्ध निर्देशक, जिनी एन्ड जोनी

 Image