Successfully Copied

बोनजोर

फ्रान्सबाट आयातीत कस्मेटिक्स तथा स्किन केयर प्रोडक्टको प्रमुख गन्तव्य दरबारमार्गमा हालसालै खुलेको बोनजोरमा फ्रान्सका उच्च गुणस्तरीय कस्मेटिक्स तथा सुगन्धित अत्तर उपलब्ध छन् ।

स्थान : टाइम्स स्क्वायर मल, दरबारमार्ग

विशेषता : फ्रान्सबाट आयातीत कस्मेटिक्स तथा स्किन केयर प्रोडक्टको प्रमुख गन्तव्य दरबारमार्गमा हालसालै खुलेको बोनजोरमा फ्रान्सका उच्च गुणस्तरीय कस्मेटिक्स तथा सुगन्धित अत्तर उपलब्ध छन् ।

बोनजोरमा म्याट ह्यामिल्टन ब्रान्डका परफ्युम तथा फेयर एन्ड ह्वाइट पेरिस एवं डेलिस पेरिस ब्रान्डका सौन्दर्य प्रसाधन खरिद गर्न सकिन्छ । मलेसिया, सिंगापुर, हङकङ, भियतनाम, कम्बोडिया, थाइल्यान्ड आदि मुलुकमा शाखाहरू रहेको बोनजोरको नेपालस्थित यो आउटलेटमा ८ सयदेखि १ हजार ५ सयसम्म पर्ने कस्मेटिक्स तथा परफ्युम उपलब्ध हुन्छन् ।

यहाँ बिक्रीमा राखिएका सम्पूर्ण प्रसाधन फ्रान्समै बनेका हुन् । बोनजोरमा उपलब्ध म्याट ह्यामिल्टन ब्रान्डका परफ्युम ४० वटा छुट्टाछुट्टै सुगन्धमा खरिद गर्न सकिन्छ । सुलभ मूल्यमा उच्च गुणस्तरीय प्रसाधन नेपाली बजारमा उपलब्ध गराउनु बोनजोरको उद्देश्य रहेको यसका बजार प्रबन्धक सुरज रायमाझी बताउँछन् ।

 Image