Successfully Copied

ग्याजेट्स थरीथरी

ग्याजेट आधुनिक युवाका लागि व्यक्तित्व झल्काउने सामग्री हो । अहिले युवाहरू राम्रो पहिरन, राम्रो सवारी साधन मात्र होइन राम्रो ब्रान्डको ग्याजेट्स बोक्नुपर्छ भन्ने मान्यता राख्छन् । नोकिया, मोटोरोला, लेनेभो, हुवावे, सामसुङ, ओप्पो आदि कम्पनी पृथक् शैलीका ग्याजेट्स उत्पादनमा सक्रिय छन् ।

ग्याजेट आधुनिक युवाका लागि व्यक्तित्व झल्काउने सामग्री हो । अहिले युवाहरू राम्रो पहिरन, राम्रो सवारी साधन मात्र होइन राम्रो ब्रान्डको ग्याजेट्स बोक्नुपर्छ भन्ने मान्यता राख्छन् । नोकिया, मोटोरोला, लेनेभो, हुवावे, सामसुङ, ओप्पो आदि कम्पनी पृथक् शैलीका ग्याजेट्स उत्पादनमा सक्रिय छन् । मोबाइल अहिले हरेकसँग हुने कमन ग्याजेट्स हो भने आइप्याड, नोटप्याड, ट्याब, स्मार्टवाचजस्ता सामग्री पनि फेसनमा छन् । कसले कस्तो र कुन कम्पनीको मोबाइल वा ट्याव बोक्छ त्यसबाट मानिसको सम्पूर्ण व्यक्तित्व र स्टाटस आँकलन गर्ने परिपाटी पनि सुरु भैसकेको छ । ग्लोबल कलेजकी सुनीता थापा कलेजका लागि अभिभावकले दिएको टिफिन जोगाएर राम्रो मोबाइल सेट किनेको बताउँदै भन्छिन्–‘जब मोबाइल हात पर्‍यो म धेरै फराकिलो भएकी छु । मेरो सोच र ज्ञानको दायरा बढेको छ । मोबाइलको सहायताले संसारसँग साक्षात्कार हुन्छ । संसार यही मोबाइलभित्र छ । समय कटाउन होस् वा केही कुरा सिक्न वाइफाई अन गर्‍यो अनि यसैभित्र चहार्‍यो । युवाहरू संसार बुझ्न र नयाँ कुरा सिक्न उत्सुक हुने भएकाले पनि ग्याजेट्स उनीहरूको प्रिय सामग्री बनेको हो ।’

प्यारामाउन्ट इलेक्ट्रोनिक्स नोकिया ब्रान्डको नेपालस्थित आधिकारिक बिक्रेता हो । प्यारामाउन्टका निर्देशक आशिष जिन्दल भन्छन्–एन्ड्रोइड र आइओएसमा युवाहरूको बढी आकर्षण छ । मोबाइलमा आइओएस लोकप्रिय भए पनि सस्तोमा ह्यान्डसेट उपलब्ध नभएका कारण एन्ड्रोइड नै बढी प्रचलनमा छ । विभिन्न ब्रान्डका ४ हजारदेखि १ लाखसम्मका ह्यान्डसेट नेपालमा उपलब्ध छन् । मोबाइलमै सम्पूर्ण ग्याजेट्सका सुविधा उपलब्ध हुने थालेपछि अहिले यो प्राइम ग्याजेट्स बनेको छ । मोबाइलविना जीवन अधूरो लाग्न थालेको छ धेरैलाई । जिन्दलका अनुसार नोकियाले नेपाली उपभोक्तालाई ध्यानमा राखी १५ देखि २५ हजारसम्मको मोबाइल बिक्री गरिरहेको छ । ह्यान्डसेट नोकिया–२ अक्टोबरको अन्तिमसम्म नेपाल ल्याउने योजना छ जसको मूल्य ११ देखि १२ हजार पर्नेछ ।

प्रिमियम ह्यान्डसेट नोकिया–८ छिट्टै बजारमा आउँदैछ र यसको मूल्य ६५ देखि ६७ को बीचमा रहने अनुमान गरिएको छ । ड्युएल क्यामेरा, टु के स्क्रिन, लेटेस्ट प्रोसेसर (कोलकम ८३५), ४ जिबी र्‍याम, ६४ जिबी मेमोरी तथा सेन्सरमा ब्यारोमिटर यसका विशेषता हुन् ।

मोबाइल तथा ग्याजेट्सको क्षेत्रका पुराना खेलाडी मोटोरोलाका सुशील न्यौपाने भन्छन्–मोटोरोला ग्याजेट्सको दुनियाँमा कहलिएको कम्पनी हो । यसले अहिले साना र चिटिक्क परेका तथा एन्ड्रोइड र आइओएस भर्सन दुवै चल्ने विविध आकार–प्रकारका फोन सेट उपलब्ध गराउन थालेको छ । मोटोरोलाका हरेक उत्पादन गुणस्तरको तुलनामा सुलभ मूल्यमा उपलब्ध हुन्छन् ।

हरेक ब्रान्डका ग्याजेट्स पाइने एपेक्स डिजिटल स्टोरमा नोकिया, ओप्पो, सामसुङ, हुवावेदेखि लिएर एप्पलसम्मका ग्याजेट्स सजिएका छन् । स्टोरका पुष्कर घिमिरेका अनुसार केही समययता आएर विशेषत: युवाहरू खाने–लाउने कुराभन्दा पनि ग्याजेट्सतर्फ आकर्षित छन् । एउटै मोबाइलमा संसार अट्ने हुनाले उनीहरू ट्याव, आइप्याड, नोटप्याड वा स्मार्टवाच लिनुभन्दा पनि सम्पूर्ण सुविधा एउटै ठाउँमा पाइने मोबाइल सेट नै खरिद गर्न चाहन्छन् । घिमिरेले भने–मोबाइल अहिले युवापुस्ताका लागि मात्र नभएर हरेक उमेरका मानिसको अभिन्न अंग बनिसकेको छ । कतिपय युवा टिफिन खर्च वा लुगा किन्न दिएको पैसा जोगाएर भए पनि ग्याजेट्स खरिद गर्छन् ।

हुवावेका आधिकारिक बिक्रेता सुमित प्रधानाङ्ग भन्छन्–ग्याजेट्समा मुख्यत: ब्रान्ड नै हेरिन्छ । यो व्यक्तिको सिम्बोल अफ स्टाटस बन्ने हुनाले कुन ब्रान्डको कति मूल्य जाने ग्याजेट बोक्यो भन्ने कुरा नोटिस हुन्छ । त्यसैले अहिलेका ग्याजेट्सप्रेमीहरू ब्रान्ड कन्सियस छन् । हामीसँग भएको एन्ड्रोइड भर्सन वाई ६ आईआई ह्यान्डसेट निकै चलेको छ । १७ हजार ९ सय ९९ मूल्य पर्ने यो मोबाइल सुलभ त छ नै सेवा र सुविधाका हिसाबले पनि उत्तम छ ।

अहिले निकै चर्चामा रहेको र क्रमश: लोकप्रिय बन्दै गएको ब्रान्ड हो–ओप्पो । ओप्पोले छोटो समयमै संसारभर ख्याति कमाउँदैछ । नेपालस्थित ओप्पोका आधिकारिक बिक्रेता पुष्कल खतिवडाका अनुसार यसले पछिल्लो समयमा नयाँ ढाँचा र शैलीका आकर्षक उत्पादन बजारमा पठाएको छ । ग्याजेट्सको दुनियाँमा बर्चस्व जमाउँदै गएको ओप्पो ब्रान्डका १५ हजारदेखि ५४ हजारसम्म पर्ने मोबाइल सेट नेपाली बजारमा उपलब्ध छन् । स्मार्ट प्रविधिका साथै स्लिम सेटमा ध्यान दिँदै त्यस्तै प्रकृतिका उत्पादनमा जोड दिइरहेको यो ब्रान्डका ह्यान्डसेटलाई ६ इन्च एचडी स्क्रिन, ४ जिबी माथिका र्‍याम, ६४ जिबी रोम, ४ हजार एमएएच नन रिमुभएबल ब्याट्रीजस्ता फिचर्सले विशेष बनाएका छन् ।

आजभन्दा २ वर्षअघिसम्म पनि आइप्याड, ट्याव, नोटप्याड तथा स्मार्टवाच बोक्दा आफूलाई पृथक् र स्मार्ट मान्नेहरू अहिले ती सबै सुविधा एउटै मोबाइलमा सँगै लिएर हिँड्दा आफू अझ अपडेटेड भएको महसुस गर्न थालेका छन् । जिन्दल भन्छन्–ट्याव, आई वा नोटप्याड नबिक्ने होइनन् बिक्छन् तर पछिल्ला दिनमा मोबाइल नै प्रिमियम ग्याजेट्स साबित हुन पुगेको छ जसमा ती सबै सामग्रीमा पाइने सम्पूर्ण सुविधा उपलब्ध हुन्छन् । हिजोआज महिलाहरू पनि लेडिज कलर मात्र नभै अफ बिट कलरमा जान थालेका छन् जसले उनीहरूलाई अझ स्टाइलिस्ट तथा कन्फिडेन्ट देखिन सघाउँछ ।

 Image