छरितो बन्दै घरधन्दाको काम
चाडपर्वलाई लक्षित गरी विभिन्न ‘होम एप्लाइन्सेन्स’ ले छुट तथा अफर बजारमा ल्याएको छ । एलजी, टीएसएल, गोदरेज, साओमी, बाल्ट्रा, बेको, केन्टले नयाँ तथा पुराना उत्पादनमा नगद छुट र उपहार योजना ल्याएको छ ।
देशमा मोटोपनले ल्याएका विभिन्न समस्या अन्त्य गर्ने प्रतिबद्धता जाहेर गर्दै एक दशकभन्दा लामो अनुभब बटुलेको हेल्दी होम एन्ड नेचुरल हेल्थ केयरले बौद्धमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ ।
नयाँ शाखाको उद्घाटन गत महिना यसका संचालक अध्यक्ष डा. कृष्ण भण्डारी तथा म्यानेजिङ डाइरेक्टर मोहन भुसालले संयुक्त रूपमा गरेका थिए ।
हेल्दी होमले उपत्यकाभित्र जमल, बानेश्वर, जाउलाखेल, महाराजगंज, बौद्ध एवं उपत्यकाबाहिर धरान, भैरहवा, पोखरा, नारायणघाट र बुटवल गरी १० वटा शाखामार्फत आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ ।