ज्वेलरी डिजाइनमा नैना
अमेरिकामा सम्पन्न ८० भन्दा बढी मुलुक सहभागी ‘प्रेस्टिजियस ज्वेलरी डिजाइन कम्पिटिसन’ मा टप फाइभमा परेकी काजलको ‘लोटस इन पोन्ड–रेनइसेन्स’ अर्थात् पोखरीमा तैरिरहेको कमलको फूलमा आधारित डिजाइनको औंठी संसारभरका मानिसले मन पराए ।
सन्ध्या पाण्डे
निर्देशक, पद्मश्री ज्वेलर्स, न्यूरोड
अहिले महिलाहरूले हीराको टप र सिंगल डायमण्ड फिंगर रिङ बढी मन पराएका छन् । दैनिक प्रयोगमा आउने स–साना डिजाइनका पेन्डेन्ट पनि अहिलेका महिलाहरूको रोजाइमा परेका छन् । सुलभ मूल्यमा उपलब्ध हुने हीराका गहनाको बिक्री बढिरहेको छ ।
अलिकति बढी पैसा परोस् तर स्टोनमा हीरा नै प्रयोग गरौं भन्ने सोच नेपाली महिलाहरूमा समेत बढिरहेको छ । महिलाहरू हीराप्रति आकर्षित हुनुको कारण यसको सुलभ मूल्य तथा हीराको महत्व बुझ्न थाल्नु नै हो । यो कहिल्यै नष्ट नहुने भएकाले जीवनभर रहिरहन्छ ।
सुन आगोले पग्लिन्छ, टुक्रिएर जान्छ तर हीरा जति राख्यो उति मूल्यवान् हुँदै जान्छ । यो अमूल्य र कहिल्यै नाश नहुने रत्न हो । रिसेल भ्यालु बढ्दै जाने मात्र होइन हीरा लगाउँदा क्लासी लुक्स पनि प्राप्त हुन्छ भने यसले स्ट्यान्डर्डसमेत मेन्टेन गर्छ । यी सबै कुरा बुझ्दै गएकाले अहिले नेपालमा हीराको माग बढिरहेको छ ।