पम्पल सोलुसन सिरम र पिम्पल चारकोल क्ले प्याक
चारकोल प्याकले स्किन टाइटनिंक तथा ब्राइटनिंगको काम गर्छ । पिम्पल सलुसन सिरम भने एकपटक डन्डिफोर आइसकेको छालामा प्रयोग गर्दा पुनः डन्डिफोर आउन दिँदैन ।
वल्र्ड मार्ट युनिक सोलुसनले फेमिलियर ब्रान्डका उत्पादन बजारमा ल्याएको छ । कम्पनीले स्वदेशी आयुर्वेदिक जडीबुटीबाट उत्पादित एन्टी पिम्पल, एन्टी पिगमेन्टेसन, एन्टी रिङ्कल कम्बो सेटहरूमा लेस ट्वान्टी फेसप्याक, फेसटोन, सन ब्लक, सेभेन इफेक्ट सदाबहार क्रिम, रस गुलवा जेल, जडी प्लस जेल, केशका लागि हेयर ट्रिटमेन्ट कम्बो सेट, केशामृत सेभेन इफेक्ट स्याम्पु, केशामृत हेयर केयर आयलजस्ता उत्पादनको बजारीकरण गरिरहेको छ । कम्पनीले काठमाडौं उपत्यकाका १७ वटा क्षेत्रमा तालिमप्राप्त सुपरिवेक्षकमार्फत १ सय ७० वटा अनलाइन आउटलेट, ३ सय वटा अनलाइन डिस्प्ले गरी दसौं हजार वितरकमार्फत आफ्ना उत्पादनको जानकारी दिँदै आएको छ ।