फेमस स्टिलको ‘लाइफ टाइम’ ग्यारेन्टी
फेमस स्टिल इन्डस्ट्रिज नेपालको एक स्वदेशी स्टिल उद्योग हो । नेपालमा पहिलोपटक पातार्य र पतलरी सामग्रीको उत्पादन गर्ने उद्योगका रूपमा फेमस स्टिल स्थापित भएको छ ।
वल्र्ड मार्ट युनिक सोलुसनले फेमिलियर ब्रान्डका उत्पादन बजारमा ल्याएको छ । कम्पनीले स्वदेशी आयुर्वेदिक जडीबुटीबाट उत्पादित एन्टी पिम्पल, एन्टी पिगमेन्टेसन, एन्टी रिङ्कल कम्बो सेटहरूमा लेस ट्वान्टी फेसप्याक, फेसटोन, सन ब्लक, सेभेन इफेक्ट सदाबहार क्रिम, रस गुलवा जेल, जडी प्लस जेल, केशका लागि हेयर ट्रिटमेन्ट कम्बो सेट, केशामृत सेभेन इफेक्ट स्याम्पु, केशामृत हेयर केयर आयलजस्ता उत्पादनको बजारीकरण गरिरहेको छ । कम्पनीले काठमाडौं उपत्यकाका १७ वटा क्षेत्रमा तालिमप्राप्त सुपरिवेक्षकमार्फत १ सय ७० वटा अनलाइन आउटलेट, ३ सय वटा अनलाइन डिस्प्ले गरी दसौं हजार वितरकमार्फत आफ्ना उत्पादनको जानकारी दिँदै आएको छ ।