पम्पल सोलुसन सिरम र पिम्पल चारकोल क्ले प्याक
चारकोल प्याकले स्किन टाइटनिंक तथा ब्राइटनिंगको काम गर्छ । पिम्पल सलुसन सिरम भने एकपटक डन्डिफोर आइसकेको छालामा प्रयोग गर्दा पुनः डन्डिफोर आउन दिँदैन ।
फार्मासी ब्रान्ड विश्वबजारमा चर्चित नाम हो । १ सय २३ देशमा रुचाइएका फार्मासीका उत्पादन सोल डिस्ट्रिब्युटर एभेन्यू ट्रेन्ड कन्र्सन तथा कस्मेटिक ट्रेडले संयुक्त रूपमा नेपाल भित्र्याएका हुन् । उच्च गुणस्तरीय फार्मासीका प्रोडक्टले सबै वर्ग एवं उमेर समूहका महिलालाई लक्षित गरी मूल्यमा समेत समायोजन गरेको छ । अहिले यसले लिपिस्टिक, फाउन्डेसन, आइलाइनर, नेलपोलिस, नेलपोलिस रिमुभर आदि नेपाली बजारमा ल्याएको छ । फार्मासीका नयाँ प्रोडक्टहरू चाँडै नेपाली बजारमा ल्याइने नेपालका कम्पनी डाइरेक्टर विभोरकुमार अग्रवाल बताउँछन् ।