खुल्यो एपी फुट वेयर एण्ड एसोसोरिज
युवा वर्गलाई लक्षित गरी सञ्चालनमा आएको यो स्टोरमा विशेष गरी आधुनिक डिजाइनका ब्राण्डेड लेडिज जुत्ता, पर्स, अफिसियल ब्याग लगायत ट्रली ब्यागहरु खरिद गर्न सकिने छ ।

फार्मासी ब्रान्ड विश्वबजारमा चर्चित नाम हो । १ सय २३ देशमा रुचाइएका फार्मासीका उत्पादन सोल डिस्ट्रिब्युटर एभेन्यू ट्रेन्ड कन्र्सन तथा कस्मेटिक ट्रेडले संयुक्त रूपमा नेपाल भित्र्याएका हुन् । उच्च गुणस्तरीय फार्मासीका प्रोडक्टले सबै वर्ग एवं उमेर समूहका महिलालाई लक्षित गरी मूल्यमा समेत समायोजन गरेको छ । अहिले यसले लिपिस्टिक, फाउन्डेसन, आइलाइनर, नेलपोलिस, नेलपोलिस रिमुभर आदि नेपाली बजारमा ल्याएको छ । फार्मासीका नयाँ प्रोडक्टहरू चाँडै नेपाली बजारमा ल्याइने नेपालका कम्पनी डाइरेक्टर विभोरकुमार अग्रवाल बताउँछन् ।