नेपाली बजारमा बेल्ला
कम्पनीको हेयर केयर, हेयर स्टाइलिङ तथा हेयर कलर ब्रान्ड बेल्ला प्रोफेसनल्सका साथमा कोटी इङ्क नेपाली बजारमा प्रवेश गरेको हो । व्यापारिक समूह विशाल ग्रुप नेपालका लागि बेल्ला प्रोफेसनल्सको वितरक साझेदार हो ।
भारतको राजहंस गु्रपले यसको प्रिमियम चकलेट ब्राण्ड स्मिटन र होपिट्स नेपालमा लन्च गरेको छ । नेपालका लागि आधिकारीक वितरक सयामी गु्रपले अन्तराष्ट्रिय सुपरस्टार प्रियका चोपडाद्वारा अनुमोदित स्मिटन लक्जरी चकलेटहरु सात प्रकारका विभिन्न स्वादमा उपलब्ध गराएको छ । इन्टेन्स डार्क, डार्क चक्लेट विथ रोस्टेड आलमन्ड, टुविस्ट अफ अरेन्ज, क्रिकी मिल्क चकलेट आदि चकलेटहरु ८० देखि १७० रुपैयाँमा पाइन्छन । यी चकलेटहरु ३५, ५० र ७० ग्रामका हुन्छन् । त्यसैगरी होपिट चकलेटहरु उत्कृष्ट चार स्वादमा पाइन्छन । यी चकलेट २५ र ४० ग्रामको बारमा उपलब्ध छन् । जसको मूल्य क्रमश: ५० र ८० पर्छ।