क्वाइन क्लिन प्रो
आधुनिक तरिकाले लुगा धुने एउटा नयाँ प्रविधि नेपाल भित्रिएको छ । राजधानीमा देखिएको पानीको समस्यालाई मध्यनजर गर्दै स्वीडेनबाट उक्त मेसिन आयात गरिएको हो । यो प्रविधिमार्फत कपडा धुँदा पानी एकदमै कम प्रयोग हुने बताइएको छ ।

आस्तावेरी कम्पनीले प्रोफेसनल गोल्ड ग्लाम फेसियल किट नेपाली बजारमा भित्र्याएको छ । यो गोल्ड ग्लाम किटले फेसियल गर्दा अनुहारको छाला लामो समयसम्म मुलायम, चम्किलो एवं गोरो रहन्छ । आस्तावेरीले फेसयल किटमा स्क्रव चेन्ज इन्टु क्रिम टेक्नोलोजीका साथै अन्य सुविधा उपलब्ध गराइएको नेपालका लागि अधिकृत विक्रेता डेल्टा मार्केटिङका हेमन्त निरौला बताउँछन् । निरौला भन्छन्, ‘ग्लाम फेसियल किटमा अनुहारको छालाका लागि आवश्यक प्राकृतिक तत्व प्रदान गर्ने क्षमता छ ।’