जाडोका पहिरन
स्मार्ट र एलिगेन्ट देखिन चाहनेहरूका लागि ब्लेजर, लाइक्रा, ऊलन आदि फेब्रिकमा लङ कोटहरू धेरैको रोजाइमा पर्छन् । कामकाजी महिलाहरू लक्षित वेस्टर्न डिजाइनमा डिजाइनर कोटहरू स्कर्ट डिजाइन, लेयर डिजाइन, सर्ट कोटहरू उपलब्ध छन् । यिनको मूल्य ६ हजारदेखि १५ हजार रुपैयाँसम्म पर्छ ।