Successfully Copied

सनग्लास

गगल्सले आँखालाई घामको चर्को किरणबाट जोगाउँछ भने यो अहिले फेसनको पर्याय पनि बनेको छ ।

गगल्सले आँखालाई घामको चर्को किरणबाट जोगाउँछ भने यो अहिले फेसनको पर्याय पनि बनेको छ । अहिले हरेक उमेरका महिलाले चस्मालाई आफ्नो फेसन स्टेटमेन्टका रूपमा लिने गरेका छन् । गगल्स पनि मानिसहरूको उमेर तथा अनुहारको आकारअनुसार फरक–फरक हुन्छ । अहिले बजारमा विविध आकार तथा रंगका गगल्स खरिद गर्न सकिन्छ । नेपाली बजारमा ब्रान्डेडदेखि ननब्रान्डेड सबैको माग उस्तै छ । दरबारमार्ग, कुमारीपाटी, न्युरोड तथा विभिन्न मलहरूमा ब्रान्डेड गगल्सका आधिकारिक शोरुमहरू छन् । नेपालमा गुची, रेबन, फुजी, ब्राडा, जारा, पुलिस आदि ब्रान्डका गगल्स लोकप्रिय छन् । 

चस्माको चयन 

अनुहारको आकार सानो छ भने ठूलो आकारको गगल्स लगाउनु हुँदैन । 

अहिले बजारमा रातो, कालो, साइनिङ तथा कोरियन सेपका चस्मा चल्तीमा छन् । 

ओभल फेस 

यस्तो अनुहारका लागि हरेक प्रकारको गगल्स सुहाउँछ । अझ चारपाटे तथा सफ्ट किनारा भएको सनग्लास सुहाउँछ । सनग्लास खरिद गर्दा त्यसको चौडाइ आफ्नो अनुहारसँग मिल्ने हुनुपर्छ । चस्माको आकारले आइब्रोलाई छेक्नु हुँदैन । 

राउन्ड फेस 

अनुहार गोलो छ भने सानो आकारको गगल्स  खरिद गर्नुपर्छ । यसले परफेक्ट लुक दिन्छ । गोलाकार अनुहार भएकाहरूले राउन्ड प्लेन फ्रेम लगाउनु हँुदैन । 

स्क्वायर फेस 

यस्तो अनुहारका लागि अण्डाकार वा गोलो फ्रेम सुहाउँछ । निधार ठूलो छ भने ओभल सेपको फ्रेम छनोट गर्नुपर्छ । 

रेक्टेंगुलर फेस 

यस्तो अनुहारलाई गोलो आकारको चस्मा सुहाउँछ । ठूलो फ्रेमयुक्त चस्मा लगाउनु हँुदैन । 

ट्रयांगुलर फेस 

यो सेपको अनुहारका लागि मेटल फ्रेम निकै सुहाउँछ । 

 Image