दसंैको किनमेलमा पहिरनका साथै जुत्ता पनि खरिद गरिन्छ । त्यसैले जुत्ताको बिक्री पनि दसंैमा बढी हुन्छ । दसंैलाई लक्षित गरेर नयाँ–नयाँ शैलीका जुत्ता पनि बजारमा आउँछन् । दसंैमा जुत्तामा पनि सेल तथा छुटको अफर दिइन्छ । त्यसैले ग्राहकहरूले आफ्नो खल्तीको वास्ता नगरी सामान खरिद गर्छन् । जुत्ता खरिद गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ । सदैव राम्रो गुणस्तरको फुटवेयर खरिद गर्नुपर्छ । पैसा जोगाउने चक्करमा आफ्नो स्वास्थ्यप्रति खेलवाड गर्नु हुँदैन ।
फुटवेयर खरिद गर्दा पहिले सहजतालाई प्राथमिकता दिनुपर्छ । वर्क, जिम वर्कआउट र ग्रुप एक्सरसाइजका लागि लाइट र पातलो सोल भएको जुत्ता खरिद गर्नुपर्छ । तौल बढी छ भने मोटो सोल भएको फुटवेयर छनोट गर्नुपर्छ तर त्यो बढी गर्हौं हुनु हुँदैन । फुटवेयर सधै साँझ खरिद गर्नुपर्छ ।
आउटफिटअनुसार जुत्ता
पहिरनमा म्याच हुने खालको फुटवेयर लगाउनुपर्छ । ब्राइट प्याटर्नको पहिरन छ भने कालो वा न्युड रंगको हिल लगाउनुपर्छ । साँझ पार्टीमा जाँदा सिमरी टप लगाउनुपर्छ । यसमा न्युड रंगको हिल्सले पर्फेक्ट लुक दिन्छ । ब्लाक र ब्राउन रंगको पहिरन छ भने त्यसमा रातो रंगको हिल्स सुहाउँछ ।
एकै प्रकारको सेडको कपडा र फुटवेयर लगाउनु हुँदैन । गुलाबी रंगको परिधान र टप लगाइँदैछ भने रोज कलरको फुट वेयर लगाउनुपर्छ ।
वेस्टर्न फर्मल आउटफिटका साथ क्लोज्ड टो सुज लगाउनुपर्छ । ट्राउजर वा पाइन्टमा बेल्ट लगाइएको छ भने बेल्टको कलर सुजको कलरसँग म्याच हुनुपर्छ । भारतीय पहिरनमा सधै ओपन टो फुटवेयर लगाउनुपर्छ भने हाइहिल अभोइड गर्नुपर्छ । कुर्ती तथा लेगिन्जमा चप्पल वा जुती उपयुक्त हुन्छ । महिलाहरू अफिसमा जिन्स लगाउन मन पराउँछन् । यसमा क्लोज टोज फुटवेयर लगाउनुपर्छ । यसले प्रोफेसनल लुक दिन्छ ।
हिलको चयन
अग्लो देखिन हाइ हिल मात्र पर्याप्त हुँदैन । कुन पहिरनमा के लगाउने ध्यान पुर्याउनुपर्छ । स्टिलेटो हिल्स पेन्सिल स्कर्ट वा स्लिक पाइन्टका साथ म्याच गर्छ । किटने हिल्सले प्रोफेसनल लुकका साथै पार्टी लुकलाई पनि पूर्णता दिन्छ । खुट्टा सानो छ भने एकल स्टेप वा टी स्टेपवाला हिल लगाउनु हुँदैन । चार इन्चभन्दा अग्लो हिल लगाउनु हुँदैन । खुट्टा लामो छ र हिल लगाउने विचार छ भने ओवल सेप वा स्क्वायर सेपको टो हिल्स लगाउनुपर्छ । औपचारिक कार्यक्रमका लागि ओपन टो र क्लोज्ड टो हिल बेस्ट मानिन्छ । सेमी फर्मल फंक्सनका लागि स्टेपी हिल्स पर्फेक्ट मानिन्छ । नियमित लुक बुस्ट गर्न रेगुलर जिन्स र टाइट फिटेट टपका साथमा स्टिलेटो हिल लगाउन सकिन्छ ।
स्यान्डल
स्यान्डलले महिलाहरूलाई पूर्णरूपमा फेमिनिन लुक दिन्छ । त्यसैले प्राय: महिलाहरूले स्यान्डल लगाउँछन् । लो हिल स्यान्डल्सलाई कुनै पनि पाइन्ट वा स्कर्टमा लगाउन सकिन्छ । जुन हेर्दा स्टाइलिस तथा लगाउँदा सहज पनि हुनुपर्छ । हाइहिल स्यान्डलले खुट्टा लामो देखिन्छ । त्यसलाई कालो पहिरनका साथ टिम अप गर्न सकिन्छ । क्याजुअल लुकलाई थप स्टाइलिस बनाउन क्याजुअल डेनिम स्कर्ट र फिटेड टपका साथमा किटेन हिल लगाउनु उपयुक्त हुन्छ ।
फ्लाट
निलेन्थ पाइन्ट वा स्कर्टका अतिरिक्त क्रेपी पाइन्ट र बरमुडा पाइन्टका साथमा फ्लाट उपयुक्त मानिन्छ । छाला रंगको पाइन्टका साथमा फ्लाट लगाउनु हुँदैन ।