सजिलो विद्युतीय चुल्हो
प्रविधिको विकासले हरेक क्षेत्रमा परिवर्तनले तीव्रता पाएको छ । वर्षौंसम्म दाउरा, गुइँठा, मट्टीतेलले चुल्हो बाल्दै आएकाहरूले अहिले भान्सामा बिजुली चुल्हो भित्र्याउन थालेका छन् ।
काठमाडौंको मैतीदेवीमा गत शुक्रवार आरएस ब्युटी पार्लर एवं वुटिकको उद्घाटन भयो । मिस नेवा एलिसा बज्राचार्य र नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धर तथा लायन्स क्लबका अध्यक्ष भूगोल शेरचनद्वारा संयुक्त रुपमा उद्घाटित आरएसमा अत्याधुनिक डिजाइनका पहिरन तथा वर्तमान ट्रेन्ड अनुसारको मेकअप सामग्री उपलब्ध छन् । यहाँ लेहेंगा, पाकिस्तानी पहिरन, वान पिस, गाउनजस्ता पहिरन पाइनुका साथै सेहनाज, लोटस, न्यू लुक आदि ब्रान्डका कस्मेटिक क्रिमहरू समेत पाइने आरएसका निरा बज्राचार्य र रेणुका शाहले बताए । यो व्यवसायबाट कमाइ भएको ३० प्रतिशत रकम समाज सेवामा लगाइने शाह र बज्राचार्यले जानकारी दिए । आरएसमा एक हप्तासम्म ३० प्रतिशत छुटको व्यवस्था छ ।