लोटस हर्बलको बेबी प्लस
बहुराष्ट्रिय ब्रान्डका गुणस्तरीय सौन्दर्य सामग्री उत्पादन गर्दै आएको लोटस हर्बलले नेपालमा बेबी प्लसका सामग्री भित्र्याएको छ । कम्पनीले शिशुलाई स्वस्थ राख्न मात्र नभएर छालाजन्य रोगबाट जोगाउने यी विभिन्न सामग्री भित्र्याएको हो ।

अरूभन्दा पृथक डिजाइनको पहिरन लगाउने चाहना सबैको हुन्छ । यसै कुरालाई मध्यनजर गर्दै राजधानीको नयाँ बानेश्वरमा कान्तिपुर फेसन हाउस सञ्चालनमा आएको छ । कलाकार दीपाश्री निरौलाले उद्घाटन गरेको उक्त फेसन हाउस अन्जना बोहरा, सावित्री ढुंगाना तथा मिलन लामाले सञ्चालनमा ल्याएका हुन् । लेहेंगा तथा सर्टिङ सुटिङलाई प्राथमिकता दिइने गरी खुलेको उक्त फेसन हाउसमा सबै उमेरका लागि डिजाइनर पहिरन उपलब्ध हुने सञ्चालिका अन्जनाले बताइन् । डिजाइनर श्वेता धितालले फेसन हाउसमा युनिक पहिरन डिजाइन गर्ने बताइन् । ग्राहकको चाहनाबमोजिम कम मूल्यका पहिरन पनि फेसन हाउसमा उपलब्ध हुने अन्जनाले जानकारी दिइन् । पहिरनका अलावा फेसन हाउसमा एसेसरिज पनि राखिएको छ ।