नयाँ सेनिटरी प्याड
डा. गरिमा श्रेष्ठले ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरेर पुन: प्रयोग गर्न सकिने सेनिटरी प्याड तयार पारेकी छिन् । यो सुलभ हुनुका साथै वातावरणमैत्री समेत छ । कपडा प्रयोग गरी निर्माण गरिएको यो सेनिटरी प्याड सुरक्षित पनि छ ।
अरूभन्दा पृथक डिजाइनको पहिरन लगाउने चाहना सबैको हुन्छ । यसै कुरालाई मध्यनजर गर्दै राजधानीको नयाँ बानेश्वरमा कान्तिपुर फेसन हाउस सञ्चालनमा आएको छ । कलाकार दीपाश्री निरौलाले उद्घाटन गरेको उक्त फेसन हाउस अन्जना बोहरा, सावित्री ढुंगाना तथा मिलन लामाले सञ्चालनमा ल्याएका हुन् । लेहेंगा तथा सर्टिङ सुटिङलाई प्राथमिकता दिइने गरी खुलेको उक्त फेसन हाउसमा सबै उमेरका लागि डिजाइनर पहिरन उपलब्ध हुने सञ्चालिका अन्जनाले बताइन् । डिजाइनर श्वेता धितालले फेसन हाउसमा युनिक पहिरन डिजाइन गर्ने बताइन् । ग्राहकको चाहनाबमोजिम कम मूल्यका पहिरन पनि फेसन हाउसमा उपलब्ध हुने अन्जनाले जानकारी दिइन् । पहिरनका अलावा फेसन हाउसमा एसेसरिज पनि राखिएको छ ।