एअर कन्डिसनरले कुनैपनि वातावरणको हावालाइ समय अनुकुलित बनाउछ । यसले जाडोकालागि तातो वातावरण बनाउछ भने गर्मीकालागि वातावरण चिसो बनाउछ । रेफ्रिजरेसन सिस्टमको आधारमा यसले कार्य गर्छ । एअर कन्डिसनरको अवधारणा इजिप्ट बाट शुरु भएको हो । कोठाको वातावरणलाइ उपयुक्त बनाउन यसको प्रयोग गरिन्थ्यो । एसी खरीद गर्दा कस्तो ठाउकालागि खरीद गर्ने त्यो निर्योल गर्नुपर्छ । ठूलो स्पेशकालागि ठूला एसी तथा सानो स्पेसकालागि सानो ठाउ उपयुक्त हुन्छ । अहिले बजारमा पोर्टेवल , साना तथा ठूला आकारमा एसी खरीद गर्न सकिन्छ । त्यसैगरी घुमाउन मिल्ने , स्टयाण्ड भएको लगायतका बिभीन्न तरिकाले प्रयोग गर्न सकिने एसीका मोडेल पनि बजारमा छन । नेपाली बजारमा ग्री , सीजी , एल्जी , स्यामसुगं , चिगो , आइएफबी ब्राण्डका एसी लोकप्रिय मानिएका छन । यसमध्य प्रायको आफनै औपचारीक शोरुम पनि रहेको छ । एसी अरु सामग्रीहरु भन्दा केहि महंगो भएकाले यसलाइ खरीद गर्दा निकै बिचार पुरयाउनु पर्छ । एसीले बिशेषगरी कोठामा रहेको दुषित हावालाय स्वच्छ बनाउन सहयोग पुरयाउछ । यसले हावाको हुमिटिडी कम गराउछ जसले सास फेर्न सजिलो तुल्याउछ ।
एसी खरीद गर्दा :
यसले बिजुली कत्ति खपत गराउछ ।
यसलाइ दोहोरो हिसावले प्रयोग गर्न सकिन्छ की सकीदैन ।
यसको अपरेशन मुल्य कस्तो छ ।
चलाउदा कत्तिको सुरक्षित छ ।