व्यावसायिक मार्केटमा महिला
स्वउद्यम एवं स्वरोजगारीले मानिसलाई स्वावलम्बी बनाउँछ, आत्मनिर्भर हुन र आफूमा निर्णय क्षमता वृद्धि गर्न मात्र नभई आजको प्रतिस्पर्धात्मक समयमा आफूलाई अपडेट गर्न पनि महिलाहरू कामकाजी हुनु जरुरी छ ।
हुन्डाईका दुई कार
हुन्डाईले प्रिमियम ह्याचब्याक ‘इलाइट आई २०’ र क्रसओभर ‘आई २० एक्टिभ’ लाई नेपाली बजारमा उपलब्ध गराउन थालेको छ । इलाइट आई २० आकर्षक, स्पोर्टी र परिस्कृत डिजाइनयुक्त छ । जर्मनीको रुसलसेमस्थित हुन्डाईको डिजाइन सेन्टरमा डिजाइन गरिएको यो गाडी फ्लुइडिक स्कल्प्चर २.० फिलोसोफीमा निर्माण गरिएको छ । यात्रुको सुविधालाई ध्यानमा राखेर तयार पारिएको उत्कृष्ट आन्तरिक एवं बाह्य बनावट, हार्मोनियस र स्पोर्टी दृश्यले हुन्डाईको डिजाइन विशेषतालाई झल्काउँछ ।
स्पोर्टी र ह्याचब्याकको संगम चाहनेहरूलाई लक्षित गरी आई २० एक्टिभको डिजाइन गरिएको कम्पनीको दाबी छ । यसले गाडीको गुणस्तर, डिजाइन, सवारी चलाउँदाको अनुभूति र अन्य प्राविधिक विशेषतालाई समेटेको छ । यो कार उच्च आकांक्षा भएका क्रियाशील जीवनशैली चाहनेहरूका लागि उपयुक्त छ ।