नयाँ सेनिटरी प्याड
डा. गरिमा श्रेष्ठले ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरेर पुन: प्रयोग गर्न सकिने सेनिटरी प्याड तयार पारेकी छिन् । यो सुलभ हुनुका साथै वातावरणमैत्री समेत छ । कपडा प्रयोग गरी निर्माण गरिएको यो सेनिटरी प्याड सुरक्षित पनि छ ।
फियट एभेञ्चुरा
इटालियन कम्पनी फियटको एभेन्चुरा कारलाई कन्टेम्पोररी अर्बन भेइकल (सीयूभी) भनिन्छ । १ दशमलव ४ लिटरको फुल्ली इन्टिग्रेटेड रोबोटाइज्ड इन्जिन (फायर)युक्त एभेञ्चुरा पेट्रोलबाट चल्छ । त्यस्तै, १ दशमलव ३ लिटरको मल्टी जेट टर्बोचार्जड इन्जिन जडान गरिएको एभेञ्चुरा डिजेलबाट चल्छ । एभेञ्चुरा एक्टिभ, डाइनामिक र इमोशन गरी तीन फरक भेरियण्टमा उपलब्ध छ । गाडीको पछाडि टायर राख्ने स्टाइलिस रियर माउन्टेड स्पेयरले यो कारलाई निकै आकर्षक लुक्स प्रदान गरेको छ । डुअल टोन बम्पर बडी क्लाइडिङ, फग लाइटको ठूला र आकर्षक हाउजिङले यो कारलाई पृथक् लूक्स दिएको छ । प्रोफेशनल महिलाहरुले रुचाएको यो कार आकर्षक त छ नै ज्यादा आरामदायक हुनु पनि यसको अर्को बिशेषता हो ।