जाडोमा उपयोगी उपकरण
अनामनगरकी विमला कार्कीले जाडोमा इलेक्ट्रिक म्याट प्रयोग गर्न थालेको धेरै भयो । जाडोमा यसको प्रयोग गर्न उनलाई सहज लाग्छ । म्याटले बस्न र शरीर तताउन निकै सहज हुने उनले बताइन् ।

झट प्याकेजिङ हेर्दा हम्मेसि कसैले यो नेपालमा बनेको भनी आँकलन गर्न सक्दैन । आकर्षक प्याकेजिङ तथा चकलेटको स्वरुप हेर्दा यसले विदेशी झल्को दिन्छ। नेपाली लोक्ता कागज तथा यहीका कामदारहरूले बनाएका आकर्षक प्याकहरूमा चकलेट प्याक गरिन्छ। चाड पर्वको रौनकलाई मध्यनजर गरी प्याकेजिङमा विभिन्न सामग्रीहरूको संयोजन गरी चकलेट तयार गरिन्छ । बालबालिकाहरूको जन्मदिनका लागि पनि अर्डरअनुसार विशेष प्रकारको प्याकेजिङ गरिन्छ । उत्सव तथा चाडपर्वको महत्वलाई हेरीकन चकलट तयार गरिन्छ । चकलेटको आकार तथा संख्या अनुसार यसको हरेक प्याकको दर फरक–फरक छन् । विशेष गरी ३ सयदेखिका प्याकहरूका चकलेट खरिद गर्न सकिन्छ । मिल्क कम्पाउन्ड, डार्क कम्पाउन्ड, व्हाइट कम्पाउन्ड, अरेन्ज, कफी, क्यारेमल, बटर स्कच, स्ट्रवेरी लगायतका फलेवर तथा विभिन्न आकारमा यसका चकलेट तयार हुन्छन्। अर्डरअनुसार ललीपप पनि तयार गरिन्छ । यी चकलेटलाई फ्रिजमा राखेर लामो समयसम्म प्रयोग गर्न सकिन्छ। यसका कुनै प्रकारको अप्राकृति रंगको प्रयोग गरिएको छैन। बालबालिकाहरूले यसलाई निर्धक्क प्रयोग गर्न सक्छन्।