स्किन र हेयर केयर
प्रोफेसनल जमानामा बाहिर काम गर्नुपर्ने हुन्छ, त्यसका लागि टिपटप हुनैपर्यो । व्यक्तित्व सबल बनाउन पनि यो जरुरी छ । यसका लागि सहयोगी तत्व हुन्— स्वास्थ्य र सौन्दर्य ।

सुगन्धको सम्मोहनले सबैलाई तान्छ । त्यसैले धेरैजसो मानिस परफ्युम लगाउन मन पराउँछन् । महिला तथा पुरुष दुवैलाई लक्षित गरी भर्खरै बजारमा आएको भिटोरियो बेल्युसी परफ्युमको सुगन्ध निकै राम्रो छ । त्यसमा पनि पुरुषका लागि गोल्डेन म्यान, बन्जी जम्प, अक्वा गो मयान एक्सपर्ट उत्कृष्ट मानिएको छ भने महिलाका लागि मिस वल्र्ड, ब्लु स्काइ, क्विन, ह्याप्पिनेस तथा लामोर धेरैले मन पराएका छन् । लामो समयसम्म टिक्ने यसको मन्द सुवासले प्रयोगकर्ताका साथै वरिपरिको वातावरणलाई पनि सुगन्धित बनाउँछ । उत्कृष्ट प्याकेजिङयुक्त यो ब्रान्डका परफ्युम सहजै बजारमा उपलब्ध छन् । पोल्यान्डको यो ब्रान्ड विश्वमै लोकप्रिय ब्रान्डका रूपमा सुपरिचित छ ।