Successfully Copied

स्कार्फबाट बनौं फेसनेबल

आफ्नो लुक परिवर्तन गर्न डिजाइनर कपडा वा महँगा पहिरन लगाउनु मात्र अप्सन होइन। प्लेस ड्रेसलाई एसेसरिज प्रयोगका माध्यमबाट

आफ्नो लुक परिवर्तन गर्न डिजाइनर कपडा वा महँगा पहिरन लगाउनु मात्र अप्सन होइन। प्लेस ड्रेसलाई एसेसरिज प्रयोगका माध्यमबाट आकर्षक बनाउन सकिन्छ तर त्यसका लागि केही क्रिएटिभ हुनु आवश्यक छ। हुन त फेसन संसारमा एसेसरिजका अनेकौं विकल्प उपलब्ध छन्। जस्तै-डैंगलर्स, क्लच, ट्याटु, थ्रेड ज्वेलरी, थ्रेड क्लच, थ्रेड स्रग्स, एम्ब्रोइडरी भएका बेल्ट आदि। यिनै एसेसरिजको श्रेणीमा आउँछ-स्कार्फ। स्कार्फले पनि स्टाइल स्टेटमेन्टका साथमा गर्मी वा जाडोबाट जोगाउँछ। फेबि्रक जस्तै भए पनि स्कार्फको ड्रेपिङबाट आफ्नो अलग स्टाइल स्टेटमेन्ट बनाउन सकिन्छ।

पपुलर स्कार्फ प्याटर्न

स्कार्फ फेसनेबल हुन्छ र यसले पहिरनलाई कम्प्लिमेन्ट पनि गर्छ। त्यसैले स्कार्फको नयाँ-नयाँ ड्रेपिङ स्टाइल अपनाउनुपर्छ।

चोकर स्टाइल

स्कार्फलाई चोकरका रूपमा प्रयोग गर्ने स्टाइल धेरै पुरानो हो। स्कार्फलाई नेकमा फ्रन्ट नट बाँधेर वेस्टर्न पहिरनका साथ एलिगेन्ट लुक प्राप्त गर्न सकिन्छ।

हेड कवर स्टाइल

यो ड्रेपिङ स्टाइलअन्तर्गत स्कार्फलाई हेयर ब्यान्डका रूपमा बाँधिन्छ र स्कार्फको दुवै किनारलाई नटमा बो आकारमा लिएर टाउकाको किनारतिर पारिन्छ। स्कार्फलाई हेयर ब्यान्डका रूपमा लगाएपछि स्कार्फको दुवै किनारलाई घाँटी पछाडितर्फ हेयर पिनले बाँधिन्छ। भरसक स्कार्फको गाँठो देखाउनु हुँदैन। केशलाई खुल्ला छाडेर उक्त गाँठो लुकाउन सकिन्छ। यसलाई रेट्रो हेयर एसेसरिज स्टाइल पनि भनिन्छ।

सारंग स्कार्फ स्टाइल

 स्कार्फलाई शिर तथा घाँटीमा नभई कम्मरमा पनि बाँधिन्छ। यसमा स्कार्फको दुवै किनारबाट बनाएर कम्मरको एकातिर पारिन्छ। यो स्टाइल वेस्टर्न तथा इन्डो-वेस्टर्न स्टाइलमा निकै सुहाउँछ। गर्मीमा आफ्नो अलग स्टाइल स्टेटमेन्ट बनाउन लो वेस्ट जिन्स, लो वेस्ट क्रेपी, लो वेस्ट स्कर्ट वा लो वेस्ट सर्ट ड्रेसको लुपमा बेल्टको साटो स्कार्फ बाँध्न सकिन्छ।

ब्याग स्टाइल

स्कार्फ ड्रेपिङको यो स्टाइलका लागि स्कार्फ, ड्रेसको फेबि्रक वा प्याटर्नभन्दा कन्ट्रास्टिङ लिनुपर्छ। जियोमेटि्रकल, न्युजपेपर प्रिन्ट, टाइगर वा लेपर्ड प्रिन्ट हरेक पहिरनमा सुहाउँछ भने ग्ल्यामरस पनि देखिन्छ। स्कार्फलाई शरीरमा बाँध्नुको साटो ब्यागको ह्यान्डलमा नट बनाई बाँध्नुपर्छ।

दुई रंग स्टाइल

दुई रंगका स्कार्फलाई जोडेर यो स्टाइल निकालिन्छ। यो स्टाइलका लागि स्कार्फको नटलाई गर्दन पछाडि राखिन्छ र फ्रन्टमा दुवै स्कार्फको टुप्पोलाई टि्वस्ट गरी पिनले टक गरिन्छ अर्थात् दुवै स्कार्फको टुप्पोमा दायाँ स्कार्फको टुप्पोलाई बायाँ साइडको वेस्टमा र बायाँ स्कार्फको टुप्पोलाई दायाँ साइडको वेस्टमा टक गर्नुपर्छ। यो स्टाइल सिंगल सेडको टप वा सर्टमा सुहाउँछ।

स्टाइल

यो स्टाइलले टिसर्ट, जिन्समा पूर्ण लुक देखाउँदै पोजिटिभ एटिच्युड ल्याउँछ। यो स्टाइलमा स्कार्फलाई गोलाकार घुमाएर बेल्टजस्तै बाँधिन्छ।

लेन्थ स्कार्फ

लामो स्कार्फलाई अगाडिबाट पछाडितर्फ लगेर नट बाँध्ने वा स्कार्फलाई अगाडिबाट लिएर कम्मरमा घुमाएर बाँध्ने।

क्रोसिया वर्क

यतिबेला स्कार्फमा क्रोसिया वर्क तथा ह्याङ्गिङ् वर्क बढी प्रिय छन्। क्रोसिया वर्क वा ह्याङ्गिङ् वर्क फ्रन्ट साइडबाट देखिएको राम्रो हुन्छ। यसका लागि क्रोसिया वर्क वा ह्याङ्गिङ्बाट बनेका स्कार्फलाई लिएर त्यसलाई गर्दनमा बेरेर तलपट्ट िनट बाँध्नुपर्छ, जसबाट ह्याङ्गिङ् जस्तो देखिन्छ।

वाइड सोल्डर स्टाइल

यो स्टाइलमा स्कार्फ लगाउँदा रोयल टच प्राप्त हुन्छ। यसका लागि स्कार्फलाई पछाडिबाट ल्याएर अगाडिपट्ट िनट बाँधिन्छ।

सिम्पल स्टाइल

 यो सिम्पल स्टाइल हो। यसमा लामो स्कार्फलाई दुई फोल्डमा लिइन्छ। यसलाई घाँटीमा बेरेर तल्लो भागलाई भित्रबाट माथि निकालेर बाहिर ल्याइन्छ।

- रोजिन शाक्य

अस्वस्थकर  फेसन

टाइट जिन्स

स्वास्थ्य समस्या ः टाइट र स्किनी जिन्स फेसन स्टेटमेन्ट हो र युवापुस्ताको पहिलो रोजाइ पनि। यद्यपि टाइट र स्किनी जिन्सले छालालाई हानि पुर्‍याउँछ।

-    टाइट जिन्स लगाउँदा कम्फर्टेबल महसुस हुँदैन।

-    ब्लड सर्कुलेसन र नर्वस सिस्टम प्रभावित हुन्छ।

-    टाइट र स्किनी जिन्स लामो समयसम्म छालामा टाँसिएर रहन्छ जसका कारण पसिना प्राकृतिक रूपमा सोसिन पाउँदैन र छालामा इरिटेसन एवं फंगल इन्फेक्सन हुन सक्छ।

टाइट कोर्सेट

स्वास्थ्य समस्या ः डोरीयुक्त ट्रेन्डी कोर्सेट एकातिर जहाँ फेसनमा छ, त्यहीँ यो शारीरिक पीडाको कारण पनि बन्छ। टाइट कोर्सेट लगाउँदा छालासम्बन्धी समस्या बढ्छ।

-    कोर्सेटको डोरी टाइट बाँध्नाले श्वास-प्रश्वास बढ्छ र हिँडडुल गर्न समस्या हुन्छ।

-    असजिलो महसुस हुन्छ।

-    कतिपय महिलाले कोर्सेटको डोरी बढी नै टाइट बाँध्छन्, जसका कारण पिठ्युँमा ब्लड क्लट्स बन्न सक्छ।

-    धेरै टाइट कोर्सेट लगाउँदा स्किन डिसकलरेसन पनि हुन सक्छ।

हेभी इयररिङ

स्वास्थ्य समस्या ः हेभी इयररिङले पर्सनालिटीलाई मोर्डन र स्टाइलिस लुक प्रदान गर्छ तर यसबाट कान वरपरको छाला ड्यामेज हुन्छ।

-    छाला विशेषज्ञहरूका अनुसार हेभी इयररिङ लगाउँदा इयरलोबको (कानपछाडि) पीडा, सुन्निने तथा रेडनेसको समस्या हुन सक्छ।

लकानको प्वाल च्यातिन सक्छ।

-    उक्त प्वाल रिकन्स्ट्रक्सन गर्न र सही सेप दिन सर्जरी गराउनुपर्ने हुन्छ।

हाई हिल

स्वास्थ्य समस्या ः हिजोआज हाई हिल्स ट्रेन्डमा छ, तर खुट्टालाई सबैभन्दा बढी पीडा पनि हाई हिलबाटै हुन्छ।

लहाई हिल लगाउँदा शरीरको सन्तुलन बिग्रन्छ।

-    हाई हिल लगाउँदा शरीरको सम्पूर्ण तौल घुँडा र मेरुदण्डको हड्डीमा पर्छ, जसका कारण पिठ्युँको पीडा वा मेरुदण्डसम्बन्धी समस्या हुन सक्छ।

-    हाई हिलले घुँडा दुख्ने समस्या हुन्छ।

कन्टेक्ट लेन्स

स्वास्थ्य समस्या ः आँखाको सुन्दरता वृद्धि गर्न कन्टेक्ट लेन्स प्रयोग गर्ने हो भने यसको हेरचाह पनि जरुरी हुन्छ, होइन भने आँखामा इन्फेक्सन हुन सक्छ। कन्टेक्ट लेन्स लगाउँदा आँखामा संक्रमण हुने सम्भावना प्रबल हुन्छ।

-    आँखा सुन्निने वा पोल्ने हुनसक्छ।

-    आँखाबाट पानी बग्छ।

-    आँखा चिलाउने र रातो हुने समस्या देखा पर्नसक्छ।

ट्याटु

स्वास्थ्य समस्या ः युवावर्गमा ट्याटु क्रेज तीव्र गतिमा अघि बढेको पाइन्छ तर थोरै मात्र पनि गरिएको लापरबाहीले तिनलाई समस्यामा पार्ने सम्भावना हुन्छ। ट्याटु एक्सपर्टबाट बनाइएन भने छालासम्बन्धी थुप्रै समस्या उत्पन्न हुन सक्छन्।

लट्याटु बनाउन प्रयोग गरिने मसीमा अनेकौं केमिकल हुन्छन् जसले छालालाई हानि पुर्‍याउँछन्।

लट्याटु बनाउँदा प्रयोग गरिने उपकरण स्टेरलाइज्ड नहुँदा स्किन र्‍यासेज, रेडनेस, चिलाउने, एलर्जी, सुन्निने आदि समस्या देखापर्न सक्छन्।

-    ट्याटु बनाउँदा प्रयोग गरिने निडल स्टेरिलाइज्ड नहुँदा हेपाटाइटिस, टिभी तथा एचआइभी सर्ने खतरा पनि हुन्छ।

बडी पियर्सिङ

स्वास्थ्य समस्या ः त्यसो त पियर्सिङ शरीरको कुनै पनि भागमा गराउन सकिन्छ। जस्तै नेवल पियर्सिङ, माउथ पियर्सिङ, इयर पियर्सिङ, आइब्रो पियर्सिङ आदि। सुन्दरता बढाउने बडी पियर्सिङबाट सुन्निने, पीडा र छाला कालो हुने आदि संक्रमणको आशंका रहन्छ।

-    पियर्सिङका बेला प्रयोग गरिने उपकरण स्टेरिलाइज्ड नहुँदा एचआइभी हुने खतराका साथै छालासम्बन्धी गम्भीर संक्रमण हुन सक्छ।

-    बडी पियर्सिङबाट शरीरमा ब्याक्टेरियल इन्फेक्सन, ब्लिडिङ हुने, नसा ड्यामेज हुने, दाँत भाँचिने, जिब्रो सुन्निने एवं संक्रमण हुने तथा स्कार्स आदिको समस्या देखा पर्नसक्छ।

 Image