Successfully Copied

अभिनेत्रीमा छानिएपछि मम्मीलाई गर्लम्म अंगालो मारेँ : क्रिस्टिना गुरुङ

२७ सय १४ युवतीलाई पछि पारेर चलचित्र ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीका लागि छानिएकी क्रिस्टिना गुरुङले अव चलचित्र क्षेत्रमै करिअर निर्माणमा केन्द्रित हुने बताएकी छिन् । नेपालको राम्रो निर्माण कम्पनी र चलचित्रबाट चलचित्रमा इन्ट्रि गर्न पाएकी क्रिस्टिनाले आगामी दिनमा कठोर मिहेनतका साथ

२७ सय १४ युवतीलाई पछि पारेर चलचित्र ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीका लागि छानिएकी क्रिस्टिना गुरुङले अव चलचित्र क्षेत्रमै करिअर निर्माणमा केन्द्रित हुने बताएकी छिन् । नेपालको राम्रो निर्माण कम्पनी र चलचित्रबाट चलचित्रमा इन्ट्रि गर्न पाएकी क्रिस्टिनाले आगामी दिनमा कठोर मिहेनतका साथ चलचित्र उद्योगमा काम गर्ने बताइन् । कान्तिपुरका रामजी ज्ञवालीले उनै क्रिस्टिनासँग छोटो–छोटो कुराकानी गरेका छन् ।

चलचित्रमा छानिनुअघि के सोच्नुभएको थियो ?

धेरै प्रतिस्पर्धी हुनुहुन्थ्यो । सोहि कारण सम्भावना र आशासँगै खुवै डर लागिरहेको थियो ।

चलचित्रमा सेलेक्ट भएपछि कस्तो लाग्यो ?

निकै खुसी नि ! अब कसरी उत्कृष्ट काम गर्ने भन्ने विषयमा ध्यान दिएकी छु ।

चलचित्रमा छानिएको कसरी थाहा पाउनुभयो ?

मलाई चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेन सरले फोन गरेर वधाई दिनुभयो । अनि खुसीको सिमानै रहेन ।

उक्त कुरा सुनिसकेपछि सुरुमा के गर्नुभयो ?

म फोन चलाइरहेकी थिएँ । उक्त कुरा सुनेपछि सुरुमा मम्मीलाई अंगालो 'मज्जा' ले अंगालो मारेर खुसी शेयर गरेँ ।

प्रेमगीत–३’ मा अडिसन दिने सोच कसरी आएको थियो ?

यसअघि मैले अलमोडा राना उप्रेती र योगेश लिम्बूको निर्देशनमा बनेका दुईवटा म्युजिक भिडियोमा पनि काम गरेकी छु । ‘प्रेमगीत–३’ को अडिसन खुलेपछि कोसिस गरौँ न भन्ने सोचेर आवेदन दिएँ ।

हिरोइन हुने रहर सानैदेखिको थियो ?

हो । ठुलो भएपछि पनि विभिन्न चलचित्रका अफर त आएका थिए, तर राम्रो चलचित्र र ब्यानर कुरिरहेकी थिएँ ।

तपाईले यो चलचित्रका अभिनेता प्रदीप खड्कासँग भेटघाट गर्नुभएको छ ?

अहिलेसम्म उहाँसँग भेट भएको छैन । अब चाँडै भेट हुनेवाला छ । भेटनका लागि उत्साहित छु ।

अहिले वर्कशपमा ब्यस्त हुनुहुन्छ ?

चलचित्रका लागि महत्वपुर्ण कोष छ, ‘हर्ष राइडिङ’ । त्यसको प्रशिक्षण चलिरहेको छ । अरु, वर्कशपको काममा केहि समयपछि ज्वाइन हुने कुरा भैरहेको छ ।

अमेरिकामा बसेर के गर्दै हुनुहुन्थ्यो ?

५ वर्षदेखि अमेरिकामा छु । म्यारिल्यान्डस्थित युएमबिसी कलेजमा आइटी पढिरहेकी छु ।

यो चलचित्रपछि के गर्नुहुन्छ ?

अब चलचित्रको छायांकन सकेपछि अमेरिका फर्कनेछु । पढाई सकेर नेपाल फर्किएपछि पुनः नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहने सोच छ ।

 Image